सामुदायिक वनमा जलवायु उत्थानशील दिगो वन व्यवस्थापन तथा जलवायु उत्थानशील भू-उपयोग योजनाहरू तर्जुमा गर्ने उद्देश्यका साथ बेलका नगरपालिकामा दुई दिने गोष्ठी सम्पन्न भएको छ। पौष २१ र २२ गते चाैदण्डगढि -९ भिमा स्थित भिम सामुदायिक वन उपभोक्ता समिति वनकाे भवनमा सम्पन्न भएको छ। गोष्ठीमा ४० जनाभन्दा बढीको सहभागिता रहेको थियो। गोष्ठीमा रानि पधेरा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो। स्थानीय समुदायमा अाधारित सङघ सस्थाहरुकाे क्षमता विकासकाे लागि गाेष्टिहरु अायाेजना गरिएको हाे।

चुरे उत्थानशील आयोजना प्रदेश व्यवस्थापन इकाइ, कोशी प्रदेश इटहरीको आयोजनामा सम्पन्न गोष्ठीमा परियोजनाका स्राेत व्यक्ति द्वय( एलआरपी )अमर श्रेष्ठ र रेनुका कार्कीले सहजीकरण गर्नुभएको थियो। गोष्ठीमा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इश्वरा पाेड्यालले चुरे संरक्षण वन समितिको प्रमुख दायित्व रहेको विषयमा जानकारी प्राप्त भएको बताउनुभयो। सचिव सबिना चाैधरिले वन डढेलो तथा अवैध फडानी नियन्त्रणमा गोष्ठी उपयोगी हुने धारणा व्यक्त गर्नुभयो। २ दिने गाेष्टिमा सहभागिकाे तर्फवाट महिलामा टीका गेलाल र पुरुषमा सत्यनारायण हुजदारले २ दिने तालिमले अाफुमा चुरेकाे नियन्त्रण र अावश्यतालाई छर्लङग पारेकाे बताए । गत वर्षकाे पाैष २८ गते निर्वाचित अध्यक्ष इश्वरा गेलाल अघिल्लो कार्यकाल सचिव पदमा रहेर काम गरेका थिए।
भिम सामुदायिक वन उपभोक्ता समितिमा २ सय ३८घरधुरी आबद्ध छन् भने २ सय ८ हेक्टर क्षेत्रफलमा फैलिएको वन रहेको छ।सामुदायिक वनलाई त्रियुगा खाेला, द्वारखाेलाकाे बर्सेनि पिराेल्ने समस्या रहेकाे छ। घरकृषिबारि कटान लगायतकाे समस्या रहेकाे छ , गत साल यसैबनका जडिबुटि टाेलका चेतबहादुर राई, टङक पाैडेलकाे त्रियुगा नदिले घर बगायकाे थियाे। सामुदायिक बनकाे गरिबी निवारण कार्यक्रम अन्तर गत ३ महिने सिलाईबुनाई कार्यक्रममा १३ उद्धमिले सहभागिता जनाएको छ। वनकाे अागामि कार्यक्रम बाेट बिरु सुरक्षित राखेर झाडि सफाई रहेकाे समितिका एक सदस्य बताउछन्। काेशि प्रदेशका ५ वटा जिल्लामा १३ नदि प्रणालि अन्तरगत उदयपुरको चौदण्डीगढी नगरपालिकाका,बेलका नगरपालिका , त्रियुगा, उदयपुर गढि लगायतकाे पालिकाहरुमा यस्ता गाेष्टि तथा महत्त्वपूर्ण कार्यहरु सञ्चालन गरि रहेका छन् ।
