उदयपुरमा प्रतिनिधिसभातर्फ २३ र प्रदेश सभातर्फ २६ उम्मेदवारको जमानत जफ्त ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उदयपुरमा मा ४९ जना उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफ्त हुाबाट जोगाउन कुल बसेको सदर मतको १० प्रतिशत मत ल्याउनु पर्ने प्रावधान रहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख खेमराज कोईरालाले जानकारी दिएका छन् । मतपेटिकामा खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसकेका विभिन्न पार्टी तथा स्वतन्त्र गरि ६२ जना उमेदवार रहेकोमा प्रतिनिधिसभातर्फका २३ र प्रदेशसभातर्फका २६ गरी कुल ४९ जना उम्मेदवारको जमानत जफत भएको हो ।
दुई बटा प्रतिनीधि सभाको र ४ चारवटा प्रदेश सभाको निर्वाचन क्षेत्र रहेको उदयपुरमा प्रतिनीधि सभा क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवार रहेकोमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्का र मुख्य प्रतिस्पर्धी एमालेकी मञ्जु चौधरी बाहेक सबैको जमानत जफ्त भएको छ । उदयपुर क्षेत्र नम्बर १ मा कुल ७६ हजार ४ सय ५१ मत ...


