Author: सन्तोष कुमार रौनियार

चौदण्डीगढी नगरपालिकामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तार ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकामा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तार भएको छ । आज, शनिवार वडा नम्बर ६ बगरटोल स्थित एक घरमा उदयपुर जिल्ला अध्यक्ष चित्रकुमार कार्कीको उपस्थितीमा बसेको बैठकले वडा नम्बर ६ का पुर्व अध्यक्ष कमलध्वज राईको संयोजकत्वमा नगर तदर्थ समिति गठन गरेको छ । संयोजकमा राई र सचिवमा केशव तिम्सिनालाई जिम्मेवारी दिईएको छ । नवनियुक्त संयोजक राईले अहिलेलाई नगर संयोजक र सचिव मात्र तोकिएको र पार्टीको सदस्यता लिएका सबैलाई समितिको सदस्यमा राखिएको बताएका छन् ।           यस्तै आजको बैठकले वडा नम्बर १ मा राजेन्द्र बस्नेत, वडा नम्बर २ मा मिना काफले, वडा नम्बर ३ मा नविन कुमार राई, वडा नम्बर ७ मा पदम बहादुर तामाङ्ग र वडा नम्बर ६ मा शम्भु बिश्वकर्मालाई संयोजक तोकेको राईले जानकारी दिएका छन् । जिल्ला सदस्य उत्तम रिजाल, क्षेत्र नम्बर १ का सदस्य प्रि...

थानपोखी मेलामा नेविसंघ र तरुण दलद्वारा खानेपानी वितरण ।

बिबिध, स्थानीय
                चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ स्थित ज्यामिरेमा प्रत्येक बर्ष बैशाख १ गते लागने थानपोखरी मेलामा यस पटक फरक दृष्य देखिएको छ । नेपाली कांग्रेकाको भातृ संगठन नेपाल तरुण दल र नेपाल बिद्यार्थी संघले संयुक्तरुपमा मेला भर्न आएकाहरु तथा थान पोखरी मन्दिरमा पुजा गर्न आएका भक्तजनहरुका लागि शुद्ध खानेपानीको निःशुल्क ब्यबस्थापन गरेको थियो । उनीहरुले २२० कार्टुनभन्दा धेरै पानीका बोतल भक्तजनहरुलाई निशुल्क बितरण गरेका थिए । नेबिसंघमा उदयपुर उपसभापति विवस राई, चौदण्डीगढी नगर अध्यक्ष बिशाल गेलाल, तरुण दलका नेता पर्वत दाहाल , दिपेन्द्र वान्तवा लगायतले आफै खानेपानी वितरण गरेका थिए । दलको नाममा प्राय राजनीतिमै रुमलिरहेका युवाहरुलाई यस्तो सेवाको काममा लागेर देखेर स्थानीयबासी तथा भक्तजनहरुले खुशी ब्यक्त गरेका थिए ।                एक शताबदीभन्दा धेरै समयदेखी मेला लाग्दै आएको ज्यामिरेमा रहेको ऐत...

घुस काण्डको छानविन गर्न एमाले चौदण्डीगढी नगर कमिटीद्वारा छानविन समिति गठन ।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकामा कर्मचारी भर्ना प्रक्रियामा आर्थिक लेनदेनको अडियो सार्वजनिक भएपछि नेकपा एमाले चौदण्डीगढी नगर कमिटीले सत्यतथ्य छानवीनको माग गरेको छ । आज (शुक्रवार) बेल्टार बजारस्थित पार्टी कार्यालयमा एक पत्रकार सम्मेलन गर्दै नगर प्रमुख कालुमानका निजी सचिवालय कर्मचारी देवप्रकाश राईले गरेको गतिबिधीले नेकपा एमालेको छवीलाई धमिलो बनाएको जनाउदै छानवीन हुनुपर्ने जनाएको छ । हिजो (विहिवार ) बसेको नगर कमिटी सचिवालयको बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा राई संगठित सदस्यता निलम्बन गर्ने र छाननि गरी आबश्यक कारवाहीका लागि माथिल्लो कमिटीसमक्ष सिफारि गर्ने जनाएको छ । यस्तै नगर प्रमुख लामाका स्वकीय सचिव राईले गरेको गतिबिधीको सत्यतथ्य छनविन गर्न नगर कमिटी उपाध्यक्ष कृष्णबहादुर खत्रीको संयोजकत्वमा सचिव बिकास बन्जरा र उपसचिव मिनाकुमारी राई सदस्य रहेको ३ सदस्यीय छानविन समित...
घुस प्रकरणमा चौदण्डीगढी नगरपालिकामा क्रियाशिल दलहरुको ध्यानाकर्षण ।

घुस प्रकरणमा चौदण्डीगढी नगरपालिकामा क्रियाशिल दलहरुको ध्यानाकर्षण ।

लाइभ खबर, स्थानीय
                 चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले नगरपालिकाले नियम विपरित आम नगरबासीहरुकोे बिश्वासमा आँच आउने खालको कुनै पनि क्रियाकलाप नगरेको र त्यस्तो किसिमको अनुचित कार्यहरु हुन नदिने प्रतिबद्धता ब्यक्त गरेका छन् । हिजो(बुधवार) नगर प्रमुख लामाका स्वकीय सचिव देवप्रकाश राईले नगरपालिकामा कर्मचारी भर्ना प्रकृयामा नियुक्तिकालागि फोन मार्फत रकम लेनदेनको लागि गरेको संवाद सार्वजनिक भएको प्रति गम्भिर ध्यानाकार्षण भएको जनाउदै आज(बिहिवार) नगर प्रमुख लामाले एक बिज्ञप्ती जारी गर्दै सो कुरा बताएका हुन् । उनले राईलाई आजकै मितिबाट लागु हुनेगरी नगरपालिकाको सेवा करारबाट हटाईएको र राईलाई निगरानीमा राखेर आबश्यक छानविन गरी सत्यतथ्य सार्वजनिक गरिने जानकारी दिदै आम नगरबासीको सम्मानमा आच आउने गरी कुनै कुनै पनि कार्य गर्न वा हुन नदिने प्रतिबद्धता समेत सार्वजनिक गरेका छन् ।                एता नग...
चौदण्डीगढी नगरपालिकामा गरिव परिवार परिचय पत्र बितरण कार्य शुरु ।

चौदण्डीगढी नगरपालिकामा गरिव परिवार परिचय पत्र बितरण कार्य शुरु ।

लाइभ खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाले गरिव घर परिवार पहिचान गरी , गरिव परिवार परिचय पत्र बितरण कार्यको शुरुवात गरेको छ । हिजो वडा नम्बर ३ को कार्यालय आमसाल, बसहाबाट गरिव परिवार परिचय पत्रको बितरण शुरु गरिएको हो । वडा कार्यालयमा भएको कार्यक्रममा वडा अध्यक्ष पर्शुराम राईले गरिव घर परिवार पहिचान भएका ३ नम्बर वडाका ५६ जना घर परिवारलाई परिचय पत्र वितरण गरेका थिए । सो कार्यक्रममा नगरको सामाजिक शाखाका प्रमुख सत्य नारायण हुजदार लगायतको उपस्थिती रहेको थियो ।                      नेपाल सरकार भुमी ब्यबस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सहयोगमा बिद्युतीय प्रणालीबाट नगरपालिकाको गाँउ, वस्ती र टोल टोलमा स्थलगत रुपमा पुगेका गणकहरुले तथ्याङ्ग संकलन गरेको सामाजिक शाखा प्रमुख हुजदारले जानकारी दिएका छन् । गरिव घर परिवार परिचय पत्र प्राप्त गर्ने गरिव परिवारले राज्यबाट प्राप्त गर्ने सुबिधा प्रयोजनार्थका लागि काम लाग्न...
अनुमानित आन्तरिक राजश्व संकल्न नहुँदा चौदण्डीगढी नगरपालिकामा संचालित कार्यक्रमहरु प्रभावित

अनुमानित आन्तरिक राजश्व संकल्न नहुँदा चौदण्डीगढी नगरपालिकामा संचालित कार्यक्रमहरु प्रभावित

देश, मुख्य खबर, स्थानीय
                                     चौदण्डीगढी नगरपालिकामा अनुमानित आन्तरिक राजश्व संकल्न नहुँदा नगरपालिकाबाट संचालित कार्यक्रमहरु प्रभावित बनेको छ । अनिवार्य दायित्व अन्तर्गतको निजामति र करार तथा ज्यालादारी सेवातर्फका कर्मचारीहरुले २ महिनादेखीको तलव पाएका छैनन् भने स्वास्थ्य, पशु, शिक्षा लगायत अन्य क्षेत्रका कर्मचारीहरुले लामो समयदेखीको भत्ता नपाएको गुनासो गरेका छन् । तलव भत्तामै समस्या देखिएपछि कर्मचारीहरुमा उत्साह हराएको छ भने गरिसकेको कामको भत्ता पाउने नपाउने टुङ्गो नहुदाँ नैरासयता उत्पन्न भएको एक कर्मचारीले नाम नउल्लेख नगर्ने शर्तमा बताएका छन् ।                                      नगरपालिकाका लेखा शाखा प्रमुख अमर थापाका अनुसार आन्तरिक राजश्व संकलन नहुँदा २ महिनादेखी निजामति, करार र ज्यालादारीका कर्मचारीले तलव पाएका छैनन् भने स्वास्थ्य , शिक्षातर्फका कार्यक्रमहरु संचालन भएको छैन । त...

नगरप्रमुख लामाद्वारा बाटो विस्तार कार्यको शुभारम्भ।

लाइभ खबर, स्थानीय
                   चौदण्डीगढी नगरपालिकाको प्रयासमा वडा नम्बर १ को चारघरेबाट रानीटार हुदै पाङ्चा , बालंखा, नागी, चखेवा बाटो विस्तार कार्यको शुभारम्भ गरिएको छ । उदयपुर, भोजपुर र खोटाङ्ग जिल्ला जोड्ने उक्त बाटो बिस्तार कार्यको हिजो चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले वडा नम्बर १ चौदण्डीगढीमा उक्त सडकको शिलान्यास गरेका छन् । सडक डिभिजन कार्यालय लहानको २ करोड ८३ लाखको लागतमा उक्त सडकको निमार्ण गर्ने ठेक्का बिके एसके टिसि जेभीले पाएको छ । चारघरेबाट रानीटारहुदै भोजपुर , खोटाङ्ग जोड्ने उक्त सडकको पहिलो खण्ड अन्तर्गत ९ किलोमिटर लम्बाई र ११ मिटर चौडाईको सडक निमार्णमा २ करोड ८० लाख घनमिटर माटो कटिङ्गगरी बाटो फराकिलो र ट्रयाक निमार्णको कार्य रहेको छ ।                       शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले उक्त सडकले उदयपुरलाई खोटाङ्ग र भोजपुर जिल्लासंग जोड्न महत्वपु...

चौदण्डीगढी नगरपालिकामा बिद्यालयको तह घटुवा गर्ने निर्णयले तरंग पैदा ।

लाइभ खबर, स्थानीय
                  चौदण्डीगढी नगरपालिका शिक्षा समितिको गत चैत्र ४ गते बसेको बैठकले शैक्षिक सुधार अभियान अन्तर्गत नगरपालिकाका १९ वटा बिद्यालयको एकै पटक तह घटुवा गर्ने निर्णयले तरंग पैदा गरेको छ । समितिको यस निर्णयको विरोधमा घटुवा भएका बिद्यालयका अभिभावक, बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, त्यस क्षेत्रका जनप्रतिनीधिहरु लगायत सरोकारवालाहरुले निरन्तर नगर प्रमुख कालुमान लामालाई भेटेर बिद्यालय सुधार गर्ने तथा बिद्यालयमा बिद्यार्थीको संख्या पनि बढाउन लाग्ने प्रतिबद्धतासहित निर्णय कार्यवयन नगर्न आग्रह गरेका छन् ।                     हिजो मात्र वडा नम्बर ५ स्थित आधारभुत बिद्याल्य बेल्हा, वडा नम्बर ४ स्थित महादेवेश्र आधारभुत बिद्याल्य, बसहाथान, र वडा नम्बर ७ स्थित सगरमाथा आधारभुत बिद्याल्य भुल्केका प्रतिनीधिहरुले नगर प्रमुख लामालाई भेटेर एक बर्षको समय माग गर्दै निर्णय कार्यवयन नगर्न आग्रह गरेका छ...

चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितिद्वारा नगर फुटवल टिमको छनौट ।

बिबिध
चौदण्डीगढी नगरपालिकाको नगर युवा तथा खेलकुद बिकास समितिले २४ सदस्य नगर फुटवल टिमको छनौट गरेको छ । समितिका सचिव अनपराज खत्रीले दिएको जानकारी अनुसार अघिल्लो महिना पुष २ गतेदेखी १० गतेसम्म शहिद रामप्रसाद राई रंगशाला बेल्टारमा भएको चौथो मेयर कप प्रतियोगितामा राम्रो प्रदर्शन गरेका खेलाडीहरुलाई छनौट गरी फुटवल टिमको घोषणा गरिएको बताएका छन् । नगर युवा तथा खेलकुद बिकास समितिले छनौट गरेको खेलाडीहरुमा रोहन राई, रितेश तामाङ्ग, प्रदिप कार्की, केवल तामाङ्ग, निश्चल राई, नवल तामाङ्ग, नर्वु तामाङ्ग, केशव कार्की, अनिस राई, बिशाल राई, बसन्त राई , बिश्वास राई, सत्यश्वर राई, कविराज खड्का, जयन सिंह, विवेक खड्का, विनोद केशी, अनुप मगर, संगम मगर, युवराज परियार, लोकचन्द्र राई, सनम राई, निखिल राई र अनिस बस्नेत रहेका छन् ।                               छनौटमा पर्ने खेलाडीहरुलाई माघ १२ गतेदेखी नारदमुनी थुलुङ्ग रंगशालाम...

सार्वजनिक यातायातमा भाडा छुट दिन चौदण्डीगढी नगरपालिकाको आग्रह ।

बिबिध
चौदण्डीगढी नगरपालिकाले सार्वजनिक यातायातका सवारी साधनमा ज्येष्ट नागरिक, अपाङ्गता भएका ब्यक्ति तथा बिद्यार्थीहरुलाई सरकारले तोके बमोजिमको छुट दिन आग्रह गरेको छ । नगरपालिकाले बेल्टार बजारस्थित संयुक्त बुकिङ्ग काउण्टरलाई एक पत्र लेख्दै ज्येष्ट नागरिक, अपाङ्गता भएका ब्यक्ति तथा बिद्यार्थीहरुलाई भाडादरमा नेपाल सरकारले तोके बमोजिमको छुट सुविधा उपलब्ध नगराइएको गुनासो आएको बताउदै ज्येष्ट नागरिकको हकमा नेपाल सरकारबाट २०६३ साल मंसिर ८ गते स्वीकृत ज्येष्ट नागरिक सम्बन्धी ऐन, २०६३ (संसोधन समेत) को दफा ९ बमोजिम र अपाङ्गता भएको ब्यक्तिहरुको हकमा नेपाल सरकारबाट २०७४ साल असोज ६ गते स्वीकृत अपाङ्गता भएको ब्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ (संसोधन समेत) को दफा ३७ बमोजिम चौदण्डीगढी नगरपालिका क्षेत्रबाट संचालन हुने सबै सार्वजनिक यातायातहरुले नेपाल सरकारको निकायबाट परिचयपत्र प्राप्त गरेका ज्येष्ट नागरिक, अपाङ्ग...