नेकपा एमाले चौदण्डीगढीमा प्रदेश प्रतिनीधिका लागि ७ जना आकांक्षी ।
नेकपा एमाले कोशी प्रदेश कमिटीको आगामी असोज १२ र १३ गते हुने कोशी प्रदेश अबिधेशनका लागि प्रतिनीधि छनौटका लागि आज मनोनयन गरिएको छ । पार्टीको कोशी प्रदेश कार्यालयले गत भदौ ११ गते पठाएको अन्तर पार्टी निर्देशिका अनुसार आज उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि प्रदेश प्रतिनीधिका आकांक्षीहरुले मनोनयन दर्ता गराएका छन् । पार्टीले पठाएको अन्तर पार्टी निर्देशिका अनुसार तोकिएको पालिका निर्वाचन ईकाईका आधारमा पार्टी सदस्य संख्या एक हजारसम्मका लागि प्रत्येक एक सय जना पार्टी सदस्य बराबर १ जना प्रतिनीधि निर्वाचन गर्ने र त्यसरी निर्वाचन गर्दा ५० वा सो भन्दा बढी शेष रहेको अबस्थामा त्यस्तो ईकाईमा थप १ जना निर्वाचित गर्न सकिने र यस्तै निर्वाचित हुने प्रतिनीधिको संख्याको न्युन्तम एक तिहाई सदस्य महिला प्रतिनीधि हुनुपर्ने प्रावधान छ ।
चौदण्डीगढी नगरपालिकामा नेकपा एमालेमा संगठित सदस्यको संख्या ३ सय ३३ जना रहे...






