आयोजक बेल्टार एकता युवा क्लबलाई २–१ गोल अन्तरले पराजित ।

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी प्रथम दिप्शन मगर खुल्ला नकआउट फुटवल प्रतियोगिता अन्तर्गत आज भएको दोश्रो सेमिफाईनल खेलमा उदयपुरको गाईघाट फुटवल क्लबले आयोजक बेल्टार एकता युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको १६ औ मिनेटमा डिबक्स एरियाभित्र गाईघाट फुटवल क्लबका जर्सी नम्बर ७ का खेलाडी बिशाल चौधरीले हानेको वललाई बेल्टारका जर्सी नम्बर ३ का खेलाडी संजय प्रधानले किल्यर गर्ने क्रममा गोल रक्षकलाई छुदै आफ्नै पोष्टमा अन गोल भएको थियो । यस्को २ मिनेटपछि नै गाईघाटका जर्सी नम्बर १७ का खेलाडी योन्जन हमालले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । तर पहिलो हापको अतिरिक्त समयमा गाईघाटका क्याप्टेन जर्सी नम्बर ३२ का रुपक फुयँलले फवल खेलेपछि बेल्टारले पेनाल्टी पाएको थियो । त्यसलाई सदुपयोग गर्दै बेल्टारका जर्सी नम्बर ७ का असन राईले गोल गर्दै खेललाई २–१ को अबस्थामा पुर्याएका थिए । पहिलो हाप २–१ ले पछि परेको बेल्टारले केही सुधारिएको खेल प्रस्तुत गर्दै खेलमा फर्कने प्रयास गरेको थियो । खेलको ५६ औं मिनेटमा फेरी पनि गाईघाटका क्याप्टेन फुयँलले फवल खेलेपछि बेल्टारले पेनाल्टी पाएको थियो । तर त्यस्लाई बेल्टारले सदुपयोग गर्न सकेन । त्यसपछि खेलमा दुबै पक्षबाट थप गोल हुन सकेन भने खेल गाईघाटले २–१ गोल अन्तरले आफ्नो पक्षमा पार्दै फाईनलमा प्रबेश गरेको छ ।

अब फाईनल खेल आगामी भदौ ३० गते शनिवार गाईघाट फुटवल क्लब र सुनसरीको तालतलैया फुटवल क्लबबीच हुनेछ ।