नेकपा एमाले कोशी प्रदेश कमिटीको आगामी असोज १२ र १३ गते हुने कोशी प्रदेश अबिधेशनका लागि प्रतिनीधि छनौटका लागि आज मनोनयन गरिएको छ । पार्टीको कोशी प्रदेश कार्यालयले गत भदौ ११ गते पठाएको अन्तर पार्टी निर्देशिका अनुसार आज उदयपुरको चौदण्डीगढी नगरपालिकामा पनि प्रदेश प्रतिनीधिका आकांक्षीहरुले मनोनयन दर्ता गराएका छन् । पार्टीले पठाएको अन्तर पार्टी निर्देशिका अनुसार तोकिएको पालिका निर्वाचन ईकाईका आधारमा पार्टी सदस्य संख्या एक हजारसम्मका लागि प्रत्येक एक सय जना पार्टी सदस्य बराबर १ जना प्रतिनीधि निर्वाचन गर्ने र त्यसरी निर्वाचन गर्दा ५० वा सो भन्दा बढी शेष रहेको अबस्थामा त्यस्तो ईकाईमा थप १ जना निर्वाचित गर्न सकिने र यस्तै निर्वाचित हुने प्रतिनीधिको संख्याको न्युन्तम एक तिहाई सदस्य महिला प्रतिनीधि हुनुपर्ने प्रावधान छ ।
चौदण्डीगढी नगरपालिकामा नेकपा एमालेमा संगठित सदस्यको संख्या ३ सय ३३ जना रहेको छ । जस अनुसार चौदण्डीगढी नगरपालिकामा १ महिला र खुल्लामा २ जना गरी ३ जना मात्र प्रदेश प्रतिनीधि हुने पाउने भएता पनि महिलामा २ जना र खुल्लातर्फ ५ जनाले आफ्नो मनोनयन दर्ता गराएका छन् । महिलातर्फ कान्ता राई र लक्ष्मी कुमारी बन्जाराले नाम दर्ता गराएका छन् भने खुल्लातर्फ प्रकाश राउत, खम्बर बहादुर मगर, पदम राई, शम्भु पौडेल र भिम प्रसाद पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये कान्ता राई यसअघि प्रदेश महिला कमिटी सल्लाहकार सदस्य, लक्ष्मी कुमारी बन्जरा र प्रकाश राउत जिल्ला कमिटी सदस्य हुन् भने खम्बर बहादुर मगर, पदम राई, शम्भु पौडेल र भिम प्रसाद पौडेल प्रदेश कमिटी सदस्य छन् ।
पार्टीले यस पटकबाट प्रदेश कमिटी सदस्य रहेकाकाहरुलाई पनि तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने प्राबधान गरेको छ । निर्वाचन कार्यतालिका अनुसार सदस्यहरुको अन्तिम नामावली हिजो नै प्रकाशित भैसकेको छ भने आज असोज २ गते उम्मेदवार मनोनयनको कार्यक्रम रहेको थियो । यस्तै भोली असोज ३ गते दिउँसो ३ बजेसम्म दावी बिरोध, पर्सी ४ गते उम्मेदवारी फिर्ता र असोज ५ गते बेलुका ५ बजेसम्म निर्वाचन र त्यसपछि मतगणना र नतिजा प्रकाशनको कार्यक्रम रहेको छ ।