नगरलाई बेल्टार बजारको फोहर ब्यबस्थापन गर्न माओवादीको ज्ञापन पत्र ।

चौदण्डिगढी नगर को बजार क्षेत्र र आसपास को टोलहरु बाट दिनहुँ निस्किने फोहरको थुप्रोहरु अव्यवस्थित तवरले वार्ड न ६ को आँप खहरे सामुदायिक बन क्षेत्रमा नगरपालिकाले फ्याक्ने तथा फोहर डढाउनाले त्यहाँ बाट निस्किने धुवाँले वायु प्रदुषणसंगै बेल्टार बजारक्षेत्रका बजारबासी पिडित भएका छन् । दीर्घ रोघी बालबालिका,जेष्ठ नागरिक,गर्भबती महिलाहरुमा त्यस्को प्रत्यक्ष असर परिरहेको छ भने खुल्ला स्थानमा रहेको डम्पिङ साईटका कारण वरिपरीका किसानको पशुचौपाया पनि मरेका छन् ।

यसै बिषयमा माओवादी केन्द्र चौ न पा ६ वार्ड कमिटिले नगर प्रमुख कालुमान लामालाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझदै नगर प्रमुख लामाले यस अघि निर्माण भएको वडा नम्बर ९ ज्यामिरेस्थित डम्पििङ्ग साईटमा फोहर बिसर्जन गर्न लगाउदा स्थानीयले बिरोध गर्दा अप्ठ्यारो परेको बताएका थिए ।उनले बजारबाट निस्कासन हुने फोहरको ब्यबस्थापन गर्ने सबैको जिम्मेवारी भएको बताउदै सबैको साझा सरोकारको बिषय भएको हुनाले सबै राजनितिक दलले बिकल्पसहितको उपयुुक्त स्थलको खोजी गर्नुपर्ने बताए । नगरमा क्रियाशिल सबै राजनीतिक दलहरुसंग सर्वदलीय छलफल गरेर आफुले यस बिषयमा निकास निकालने मेयर लामाले आश्बवासन दिएका थिए ।