बसाहा क्लवको अध्यक्षमा गौतम राई सर्वसम्मत चयन ।

चौदण्डीगढी नगरपालिकाको बसहास्थित बसाहा क्लवका अध्यक्ष शेर बहादुर मगरले घरायसी कारणले क्लवमा समय दिन असमर्थ भएको भन्दै राजिना दिएपछि गौतम राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ । आज नारदमुनि रङ्गशाला बर्खेडाडाँमा नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु मगर, वडा नम्बर ४ वडा नम्बर अध्यक्ष लुंगराज राई, क्लबका पुर्व अध्यक्ष शेखर राई लगायतको उपस्थितीमा भएको भेलाले गौतम राईको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतीमा चयन गरेको हो । क्लवको अध्यक्षमा गौतम राई, उपाध्यक्षद्वयमा धनबहादुर कार्की र चन्द्र पुलामी, कोषाध्यक्षमा केशर कुमारी राई, सचिवमा लाखमान राई र सह–सचिवमा छत्र मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा दत्त कुमारी राई, रेवन्ती राई, कुमारी राई, सविन कार्की, मोहन निरौला, तेन्जु राई र अग्निराज राईलाई चयन गरिएको छ ।

त्यस्तै शेखर राई, निवर्तमान अध्यक्ष शेर बहादुर मगर, लुंगराज राई, नन्दु मगर, नवराज थुलुङ्ग, ध्रुवराज राई, देवराज राई, प्रेम रायमाझी, भुपेन्द्र राई, भीम वान्तवा , हाईदिपकेशर राई, वीर बहादुर राई र भिष्म कुमार राईलाई सल्लाहकारमा चयन गरिएको छ । आजको भेलामा आठौं नारदमुनि गोल्डकप सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्याएको भन्दै क्लवका सल्लाहकार शेखर राई र निवर्तमान अध्यक्ष शेर बहादुर मगरलाई सम्मान समेत गरिएको थियो । उनीहरुलाई नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु मगर र वडा अध्यक्ष लुंगराज राईले सम्मान पत्र प्रदान गरेका थिए । त्यस्तै नव निर्वाचित समितिको आज बसेको बैठकले आगामी असोज २७ गतेदेखि कार्तिक ४ गतेसम्म नवौ संस्करणको नारदमुनी थुलुङ्ग स्मृति गोल्डकप फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ ।