मुख्य खबर

निर्वाचनका बेला घात, अन्तर्घात नगर्ने प्रण गर्ने हो भने गठबन्धन आबश्यक छैनः डा. नारायण खड्का

निर्वाचनका बेला घात, अन्तर्घात नगर्ने प्रण गर्ने हो भने गठबन्धन आबश्यक छैनः डा. नारायण खड्का

देश, मुख्य खबर, स्थानीय
३  पुष, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ को क्षेत्रिय सम्मेलन हिजो उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा सम्पन्न भएको छ । नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ क्षेत्रिय कार्यालयको आयोजनामा १४ औं अधिबेशन पछिको प्रथम क्षेत्रिय सम्मेलन हिजो सम्पन्न भएको हो । उदयपुर क्षेत्र नम्बर १ बाट निर्वाचित संघीय साँसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । क्षेत्रिय सभापति खगेन्द्र राईको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले पार्टीभित्रको गुट उपगुट तथा गठबन्धनका बिषयमा आफ्ना धारणाहरु राखेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी डा. खड्काले निर्वाचनका वेला घात, अन्तर्घात नगर्ने प्रण गर्ने हो भने गठबन्धन आबश्यक नभएको बताएका छन् । उनले पार्टीको बिधानकै कारण ...
चौदण्डीगढी नगरपालिकाद्वारा नेपाली महिला कब्बडी टोलीको मुख्य प्रशिक्षक पार्वती राई नगद पुरुस्कारसहित सम्मानित ।

चौदण्डीगढी नगरपालिकाद्वारा नेपाली महिला कब्बडी टोलीको मुख्य प्रशिक्षक पार्वती राई नगद पुरुस्कारसहित सम्मानित ।

खेलकुद, मुख्य खबर, स्थानीय
२३ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… नेपाली महिला कब्बडी टोलीको मुख्य प्रशिक्षक पार्वती राईलाई चौदण्डीगढी नगरपालिकाले सम्मान गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडा निवासी राईलाई गत सेप्टेम्बर २३ देखी अक्टोवर ८ तारिखसम्म चीनको हाउझाङ्गमा भएको १९ औं एसियन गेममा नेपालको राष्ट्रिय टिमलाई कास्य पदक जिताउन अहम भुमिका खेल्दै नगरको गरिमा बढाएको कारण सम्मान गरिएको हो । आज वडा नम्बर १० हडियामा एक कार्यक्रमका बीच नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अघिकृत शुभाकार पौडेलले संयुक्तरुपमा मुख्य प्रशिक्षक राईलाई नगद २० हजारसहित सम्मान गरेका छन् । राईको प्रशिक्षणमा रहेको नेपाली टिमले १९ औं एसियन गेममा ईरानलाई पराजित गर्दै काश्य पदक जितेको थियो । पहिलो पटक एसियन गेमका सहभागी भएको महिला टोलीले पहिलो प्रयास मै काश्य पदक जित्न सफल भएको थि...
प्याब्सनको आयोजनामा बेल्टारमा ३ दिवसीय नगर स्तरीय खेलकुद प्रतियोगिता संचालन ।

प्याब्सनको आयोजनामा बेल्टारमा ३ दिवसीय नगर स्तरीय खेलकुद प्रतियोगिता संचालन ।

खेलकुद, मुख्य खबर, स्थानीय
२२ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित बेल्टार बजारमा निजी तथा आवासीय बिद्यालय अर्गनाईजेसन नेपाल, प्याब्सनको आयोजना मंसिर २१ गते विहिवारदेखी तेश्रो नगर स्तरीय संस्थागत बिद्यालय स्तरीय खेलकुद प्रतियोगिता संचालन भएको छ । वडा नम्बर ७ बेल्टार बजारस्थित रामप्रसाद राई खेल मैदानमा नगरमा संचालित १५ वटा नीजी बिद्यालयहरुले सहभागिता जनाएका छन् । कब्बडी, भलिवल, एक सय, दुई सय, चार सय, आठ सय र १५ सय मिटर खुल्ला दौड प्रतियोगिता, एक सय वाई चार सय मिटर रिले दौड प्रतियोगिता, त्यस्तै सर्टफुट र ज्यावलिङ्ग लगायतका खेलमा प्राथमिक तहदेखी माध्यमिक तहसम्मको करिव ६ सय जना बिद्यार्थीले भाग लिएको निजी तथा आवासीय बिद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन चौदण्डीढी नगर कमिटी कोषाध्यक्ष प्रिया राई कटवालले जानकारी दिएकी छिन् । प्रतियोगिताको प्रमुख अतिथी कोशी प्रदेश सभा सदस्य...
प्रथम चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।

प्रथम चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न ।

खेलकुद, मुख्य खबर
२६ कार्तिक,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकामा शुक्रवार र शनिवार संचालन भएको प्रथम चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता हिजो सम्पन्न भएको छ । बेल्टार ब्याडमिन्टन क्लबको आयोजनामा चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित समाबेशी ब्याडमिन्टन हलमा भएको प्रतियोगितामा उदयपुरका जिल्लाको बिभिन्न पालिकाबाट सहभागी खेलाडीहरुलाई मेन्स डवलस् र भेट्रान्स गरी दुई बिद्यामा प्रतिस्पर्धा गराईएको थियो । हिजो सम्पन्न मेन्स डवलस्को खेलमा सुन्दरपुरका विनय चौधरी र संजीव कटुवालको टिम प्रथम , बसहाका जेसन राई र बिशाल राईको टिम दोश्रो र गाईघाटका.लिल पुलामी मगर, कालु प्रसाद उराव र सौरभ ठकुरी , प्रकाश बस्नेतको जोडी तेश्रो भएको छ । प्रथम , दोश्रो र तेश्रो हुनेले क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाण पत्र पाएका छन् । यस्तै ४५ बर्ष माथीमा भेट्...
प्रथम चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु ।

प्रथम चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु ।

खेलकुद, मुख्य खबर
२४ कार्तिक,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर.... उदयपुरको चौदण्डीगढी नगरपालिकामा आजदेखी प्रथम चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बेल्टार ब्याडमिन्टन क्लबको आयोजनामा चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित समाबेशी ब्याडमिन्टन हलमा भएको प्रतियोगिताको आज चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख लामाले कार्यक्रमलाई ब्यबस्थित बनाउन कार्यक्रमको फरम्याट चुस्तदुरुस्त बनाउनपुर्ने बताएका छन् । लामाले उपस्थित खेलाडीहरुको संख्याभन्दा कार्यक्रमको अतिथीहरुको संख्या धेरै भएपछि असन्तुष्टी ब्यक्त गर्दै खेलकुदको कार्यक्रममा खेल र खेलाडीलाई प्राथकिमतामा राख्नुपर्ने बताएका थिए ।   आजदेखी शुरु भएको प्रतियोगितामा मेन्स डवलस् र भेट्रान्स गरी दुई बिद्यामा प्रतियोगीहरु समाबेश भएका छन् । मेन्स डवलस्मा ४६ ...
राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीले स्लो बाईक राईड प्रतियोगिताको आयोजन गर्ने ।

राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीले स्लो बाईक राईड प्रतियोगिताको आयोजन गर्ने ।

खेलकुद, मुख्य खबर, स्थानीय
२१ कार्तिक,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…. राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटीले " स्लो बाईक राईड प्रतियोगिता " को आयोजन गर्ने भएको छ । उदयपुरको बेल्टार बजारस्थित नेकपा एमाले पार्टी कार्यालयमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल कोशी प्रदेश युवा परिषद बिज्ञ प्रमुख दिनेश खड्काले युवाहरु लागु औषध दुब्र्यसनीमा फसिरहेको र तिव्र गतिमा सवारी साधन चलाउनाले सडक दुर्घटना बढिरहेकोले युवाहरुमा त्यसप्रति सकरात्मक सन्देश जाओस् भन्ने उदेश्यले " स्लो ड्राईभ लंग लाईफ " नाराको साथ सृजनशिल कार्यको रुपमा युवा संघ नेपालले कायक्रम आयोजना गर्न लागेको जानकारी दिएका छन् । यस्तै पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघ नेपाल उदयपुर जिल्ला कमिटी सचिव अनुपराज खत्रीले " गतिसंग होईन सुरक्षासंग प्रतिस्पर्धा गरौ " भन्ने सन्देश दिन युवा संघको केन्द्रीय कमिटीको अभियान अन्तर्गत चौदण...
कार्तिक २४ गतेदेखी बेल्टारमा खुल्ला डवल ब्याडमिन्टन प्रतियोगिता संचालन हुने ।

कार्तिक २४ गतेदेखी बेल्टारमा खुल्ला डवल ब्याडमिन्टन प्रतियोगिता संचालन हुने ।

खेलकुद, मुख्य खबर, स्थानीय
१८ कार्तिक,सन्तोष कुमार रौनियार...   यहि कार्तिक २४ गतेदेखी उदयपुरको बेल्टारमा खुल्ला डवल ब्याडमिन्टन प्रतियोगिता संचालन हुने भएको छ । बेल्टार ब्याडमिन्टन क्लबका उपाध्यक्ष शम्भु ल्वागुनका अनुसार यहि कार्तिक २४ र २५ गते चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजारस्थित समाबेशी कभर्डहलमा शुभ दिपावली तथा छठ पर्व र साकेला उधौली पर्वको अवसरमा प्रथम जिल्ला स्तरीय खुल्ला मेन्स् डवल ब्याडमिन्टन प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगितामा सहभागीता जनाउन ईन्ट्री शुल्क प्रति जोडी १५ सय तोकिएको छ । जसमा समुहलाई टिसर्ट उपलब्ध गराईने बताइएको छ । यस्तै भेट्रान्सको खेलाडीेले खुल्ला समुहमा खेल्दा अलगै ५ सय रुपैयाँ प्रति ब्यक्ति बुझाउनुपर्ने जनाइएको छ । मेन्स डवल खुल्लातर्फ मेडल, ट्रफी तथा प्रमाणपत्रसहित प्रथम हुनेलाई नगद २० हजार, द्धितीय हुनेलाई नगद १५ हजार रुपैयाँ र तृतीय हुनेलाई नगद १० ...
२७ औं संस्करणको बेल्टार बजारस्तरीय खसी कप फुटवल प्रतियोगिताको उपाधी कल्याण चौकलाई ।

२७ औं संस्करणको बेल्टार बजारस्तरीय खसी कप फुटवल प्रतियोगिताको उपाधी कल्याण चौकलाई ।

खेलकुद, मुख्य खबर
५ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर चौदण्डीगढी नगरपालिका कै पुरानो मध्येको एक बेल्टार बजारस्तरीय खसी कप फुटवल प्रतियोगिताको २७ औं संस्करण आज सम्पन्न भएको छ । आज बेल्टार बजारस्थित राम प्रसाद राई खेल मैदानमा भएको फाईनल खेलमा आयोजक दुवारहाङ्ग दुवारहाङ्गमा युवा समुहको श्रीपञ्चमी टिमलाई १ – ० गोल अन्तरले पराजित गर्दै कल्याण चौकले उपाधी जितेको छ । ३०–३० मिनेट मात्र खेलाइएको फाईनल खेलको पहिलो हापको अन्तिम मिनेटमा कल्याण चौकका जर्सी नम्बर ६ का पवन कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हापमा दुवै टिमले गोल गर्न नसकेपछि समग्रमा १ – ० गोल अन्तरले कल्याण चौकले उपाधी जितेको हो । उपाधीसंगै आगामी बर्षको आयोजकको जिम्मेवारी पनि कल्याण चौकले पाएको छ । यस पटकको उपाधी विजेताले अर्को बर्ष प्रतियोगिता संचालन गर्नुपर्ने प्राबधान बमोजिम कल्याण चौकले आयोजकको जिम्मेवारी पाएक...
विकास निमार्णका कामहरुमा सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा प्रदेश सांसद राजन किराँतीको जोड ।

विकास निमार्णका कामहरुमा सहकार्य गर्दै अगाडी बढ्नुपर्नेमा प्रदेश सांसद राजन किराँतीको जोड ।

देश, मुख्य खबर, स्थानीय
३ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर नेकपा माआवादी केन्द्र चौदण्डीगढी नगर कमिटीले दशै, तिहार, नेपाल सम्बत, छठ पर्व तथा उधौली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । बेल्टार बजारस्थित उद्योग बाणिज्य संघको सभाहलमा आज बिहान भएको कार्यक्रममा सहभागीहरुले तडकभडक भन्दा पनि सभ्य हिसावले विकृती बिसंगती नभित्रिने गरी चाडपर्व मनाउनु पर्ने धारणा राखेका थिए । नगरमा क्रियाशिल सबै राजनीतिक दल, समाजसेवी, बुद्धिजीवि, संचारकर्मी, पत्रकार लगायतलाई बोलाइएको कार्यक्रममा वक्ताहरुले स्थानीय तहमा सुसाशन र समृद्धी एव्म बिकासका लागि सहकार्यमा जोड दिदै मिलेर काम गर्नुपर्नेमा बताएका थिए । उनीहरुले चाडपर्व खुशी साट्ने माध्यम भएकाले कुनै जाती बिषेशको भन्दा पनि सबै समुदायले मिलेर मनाउनु पर्ने बताउदै सबै समुदायको चाडपर्वलाई सम्मानको दृष्टीले हेर्नुपर्ने आबश्यकता रहेको बताए थिए । क...
९ औं नारदमुनि स्मृति गोल्डकप : फाईनलमा सप्तरीको न्यु  त्रियुगा स्पोर्ट्स क्लव र सलार्हीको वाग्मती युवा क्लबबीच भिडन्त हुने ।

९ औं नारदमुनि स्मृति गोल्डकप : फाईनलमा सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लव र सलार्हीको वाग्मती युवा क्लबबीच भिडन्त हुने ।

खेलकुद, मुख्य खबर, स्थानीय
२ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकामा जारी ९ औं नारदमुनि स्मृति गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाईनलमा जीत निकाल्दै सप्तरीको न्यु त्रियुगा स्पोर्ट्स क्लव फाईनलमा प्रबेश गरेको छ । आज वडा नम्बर ४ बसहा बर्खेडाँडास्थित नारदमुनि रंगशालामा भएको खेलमा उदयपुरको कटारी फुटबल क्लवलाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै न्यु त्रियुगा स्पोर्ट्स क्लव फाईनलमा प्रबेश गरेको हो । न्यू त्रियुगा स्पोर्ट्स क्लबका तर्फबाट जर्सी नम्बर ७ का बिदेशी खेलाडी फोफोनाले खेलको ६ मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । यस्तै न्यू त्रियुगा स्पोर्ट्स क्लब कै जर्सी नम्बर १० का बिदेशी खेलाडी फोफोना इब्राहिमले खेलको २७ औं र ३५औं मिनेटमा लगातार दुई गोल गर्दै टिमको अग्रता तेब्बर पारेका थिए । ३–० ले पछि परेको उदयपुरको कटारी फुटबल क्लवले खेलमा फर्कने मौका नै पाएन...