प्रथम चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु ।

२४ कार्तिक,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर….

उदयपुरको चौदण्डीगढी नगरपालिकामा आजदेखी प्रथम चौदण्डीगढी जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बेल्टार ब्याडमिन्टन क्लबको आयोजनामा चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ स्थित समाबेशी ब्याडमिन्टन हलमा भएको प्रतियोगिताको आज चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले उद्घाटन गरेका छन् । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख लामाले कार्यक्रमलाई ब्यबस्थित बनाउन कार्यक्रमको फरम्याट चुस्तदुरुस्त बनाउनपुर्ने बताएका छन् । लामाले उपस्थित खेलाडीहरुको संख्याभन्दा कार्यक्रमको अतिथीहरुको संख्या धेरै भएपछि असन्तुष्टी ब्यक्त गर्दै खेलकुदको कार्यक्रममा खेल र खेलाडीलाई प्राथकिमतामा राख्नुपर्ने बताएका थिए ।

 

आजदेखी शुरु भएको प्रतियोगितामा मेन्स डवलस् र भेट्रान्स गरी दुई बिद्यामा प्रतियोगीहरु समाबेश भएका छन् । मेन्स डवलस्मा ४६ टिम र भेट्रान्समा ३२ टिम गरी जम्मा ७८ टिमको सहभागिता रहेको आयोजक बेल्टार ब्याडमिन्टन क्लबका उपाध्यक्ष शम्भु ल्वागुनले जानकारी दिएका छन् । मेन्स डवल खुल्लातर्फ मेडल, ट्रफी तथा प्रमाणपत्रसहित प्रथम हुनेलाई नगद २० हजार, द्धितीय हुनेलाई नगद १५ हजार रुपैयाँ र तृतीय हुनेलाई नगद १० हजार रुपैयाँ पुरुस्कारको ब्यबस्था गरिएको छ । त्यस्तै भेट्रान्स डवलस्तर्फ मेडल, ट्रफी तथा प्रमाणपत्रसहित प्रथम हुनेले नगद १५ हजार, द्धितीय हुनेले नगद १० हजार रुपैयाँ र तृतीय हुनेले नगद ८ हजार रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष ल्वागुनले जानकारी दिएका छन् । प्रतियोगिता भोलीसम्म जारी रहनेछ ।