सिवाईस्थित भत्केको पुल नजिक फेला परेकोे शवको सनाखत ।

३० असार २०८१, सन्तोष कुमार रौनियार…

चौदण्डीगढी नगरपालिका वडा नम्बर ५ सिवाईको त्रीयुगा नदीस्थित भत्केको पुल नजिक शनिवार फेला परेको महिलाको शवको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार बेवारिसे फेला परेको महिलाको शव त्रियुगा नगरपालिका वडा नम्बर २ खैजनपुर बस्ने बर्ष ५० कि वेतनी सदाको रहेको जनाइएको छ । सदाकी छोरा बर्ष २५ का सन्सेर सदाले आमाको शव पहिचान गरेका छन्। शनिवार भत्केको पुल नजिक एक महिलाको शव फेला परेको थियो ।