आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर कार्यसमितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

२४ कार्तिक,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर….

पहिचानको आन्दोलनलाई अगाडी बढाउने बिषयमा नेपाल आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर कार्यसमितिले उदयपुरको बेल्टारमा एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजारस्थित बसाहा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ‘आदिवासी जनजाति पहिचान, संघीयता र समाजवाद’ बिषयक प्रशिक्षण कार्यक्रममा प्रशिक्षक मोहन गोले तामाङ्ग र वलदिप राईले सहभागीहरुलाई आदिवासी जनजातिको पहिचान, संघीयता र समाजवादको बारेमा प्रशिक्षण दिएका छन् ।

त्यसघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी चौदण्डीगढी नगरपालिकाकी उप प्रमुख मणिकादेवी दुलालले महिला, जनजाती, दलित सबैको आ आफ्नो पीडा रहेकोले सबैले अधिकारको लडाई लड्नु अन्यथा नभएको तर अरुलाई लागी गरेर अधिकार प्राप्त नहुने बताएकी छिन् । उनले राज्यसंग प्राप्त गर्नुपर्ने अधिकार सबैको सहकार्यमा मात्र प्राप्त गर्न सकिने बताउदै कसैको धर्म, संस्कृती र परम्परालाई दुषित गर्ने वा होच्याउने कार्य गर्न नहुने बताइन् । राज्य संचालन गरेकाहरुले अन्याय गरेको भएता पनि कुनै जाती बिषेशले मात्र अन्याय गरेको ठान्न नहुने उनको भनाई थियो । कार्यक्रममा चौदण्डीगढी नगरपालिकाका बिभिन्न दलका जनजाती नेताहरु लगायत आदिबासी जनजाती अभियन्ता तथा सुभेच्छुकहरुको उपस्थिती रहेको थियो ।