२७ औं संस्करणको बेल्टार बजारस्तरीय खसी कप फुटवल प्रतियोगिताको उपाधी कल्याण चौकलाई ।

५ कार्तिक, सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर

फोटोः अशोक राई

चौदण्डीगढी नगरपालिका कै पुरानो मध्येको एक बेल्टार बजारस्तरीय खसी कप फुटवल प्रतियोगिताको २७ औं संस्करण आज सम्पन्न भएको छ । आज बेल्टार बजारस्थित राम प्रसाद राई खेल मैदानमा भएको फाईनल खेलमा आयोजक दुवारहाङ्ग दुवारहाङ्गमा युवा समुहको श्रीपञ्चमी टिमलाई १ – ० गोल अन्तरले पराजित गर्दै कल्याण चौकले उपाधी जितेको छ । ३०–३० मिनेट मात्र खेलाइएको फाईनल खेलको पहिलो हापको अन्तिम मिनेटमा कल्याण चौकका जर्सी नम्बर ६ का पवन कार्कीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको दोश्रो हापमा दुवै टिमले गोल गर्न नसकेपछि समग्रमा १ – ० गोल अन्तरले कल्याण चौकले उपाधी जितेको हो । उपाधीसंगै आगामी बर्षको आयोजकको जिम्मेवारी पनि कल्याण चौकले पाएको छ । यस पटकको उपाधी विजेताले अर्को बर्ष प्रतियोगिता संचालन गर्नुपर्ने प्राबधान बमोजिम कल्याण चौकले आयोजकको जिम्मेवारी पाएको हो ।

उपाधी विजेता कल्याण चौकले ३० हजार बराबरको खसी , ट्रफी, मेडल र प्रमाण पत्र पुरुस्कार पाएको छ भने उप विजेता श्रीपञ्चमीले १० किलो लोकल कुखुरा , ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ । यस्तै विधागततर्फ बेस्ट डिफेन्डरमा आयोजक श्रीपञ्चमीका बसन्त राई, त्यस्तै बेस्ट प्लेयर कल्याण चौकका आसन राई, बेस्ट मिड फिल्डरमा अनिल राई, बेस्ट किपरमा सुजन र हाईस्कोररमा दिप्शन राउत घोषित भएका थिए । विजेताहरुलाई चौदण्डीगढी नगर खेलकुद विकास समितिका सल्लाहकार राकेश राई, सचिव अनुपराज खत्री, पुर्व मेयर खगेन्द्र राई लगायतले पुरुस्कार प्रदान गरेका थिए । असोज २३ गतेदेखी संचालन भएको प्रतियोगितामा बेल्टार बजारको १६ वटा टिमको सहभागिता रहेको थियो ।