सामान्य प्रकारका अपरेशन आधारभुत नगर अस्पताल बेल्टारमै हुने ।
३० बैशाख २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित आधारभुत नगर अस्पताल बेल्टारमा सामान्य प्रकारका अपरेशन पनि गर्न सकिने भएको छ । केही दिन अघि मात्र अस्पतालमा विरामीको स्वास्थ्य परिक्षण गर्न अटोम्याटिक ल्याव सिस्टम जडान गरिएपछि अबदेखी सामान्य प्रकारका अपरेशन पनि गर्न सकिने अस्पतालका प्रमुख डाक्टर अमृत कर्णले जानकारी दिएका छन् ।
अस्पतालको सेवा प्रति आम जनतालाई विश्वास होस् एवंम धरान, विराटनगर जस्ता शहरका महंगा अस्पतालमा सामान्य प्रकारका रोगको उपचार गर्न जानको सट्टामा नगरकै अस्पतालमा त्यसअनुरुपको सेवासुबिधा रहेको जानकारी दिने उदेश्यले चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमानले आज आफ्नो शरीरको बिभिन्न भागमा बोसो जमेर हुने गिर्खाहरु, लाईपोमा नामक रोगको अपरेशन आधारभुत अस्पताल बेल्टारमा नै गराएका छन् । नगर प्रमुख लामाको शरिरको दुबै हातको १८ स्थानमा ...









