०३ जेठ २०८१, सन्तोष कुमार रौनियार…
ईलाका प्रहरी कार्यालय बेल्टारले दुई जनाको ज्यान लिने फरार टिपर चालकलाई ५ बर्षपछि पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) राजन चापागाईका अनुसार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले चितवनको भण्डारा राप्ती नगरपालिका वडा नम्बर ६ बस्ने २६ बर्षीय सरोज प्रजा चेपाङलाई सवारी दुर्घटना गरेको ५ बर्षपछि पक्राउ गरेको हो ।
२०७६ साल आषाढ ४ गते बिहान अन्दाजी पौने १० बजे चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ लाटीखोलामा चेपाङले चलाएको शनिवारेबाट बेल्टारतर्फ आउदै गरेको रसुवा कन्सट्रक्शन कम्पनीको वा २ क ७०९ नम्बरको टिपरले सोही दिशातर्फ जादै गरेको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बस्ने बर्ष ४७ को मोटरसाईकल चालक खगेन्द्र राई र पछाडी बस्ने बर्ष ४७ को जिवन कुमार साङपाङ राईसमेत सवार स ४ प ३६१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुवैको घटनास्थलमै मृत्यु भएको थियो भने टिपर चालक चेपाङ्ग फरार थिए । चेपाङ्गलाई आज विहिबार ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी बेल्टार ल्याएर थप अनुसंधान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।