०३ जेठ २०८१, सन्तोष कुमार रौनियार…

३१ औं मदन आश्रित स्मृती दिवस बिभिन्न कार्यक्रम गरी उदयपुरमा मनाइएको छ । सो अवसरमा उदयपुरको चौदण्डीगढी नगरपालिकामा स्मृती सभाको आयोजना गरिएको छ । मदन भण्डारी फाउण्डेशन जिल्ला कार्य समिति उदयपुरको आयोजना र नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको समन्वयमा बेल्टार बजारस्थित मदन चौकमा भएको कार्यक्रममा मदन भण्डारी र जिवराज आश्रितको तस्विरमा माल्यार्पन गरी मैनवत्ती बालेर दिप प्रज्वलन गरिएको थियो ।
एमाले उदयपुरका प्रदेश देखी वडा कमिटी स्तरका नेताहरुको बाक्लो उपस्थितीमा भएको कार्यक्रममा एमाले उदयपुरका ८ बटै पालिकाका ईन्चार्ज अम्बिका थापाले मदन भण्डारी र जिवराज आश्रितको योगदानको चर्चा गरेकी थिईन् । थापाले मदन भण्डारीले दिएको जनताको वहुदलिय जनवाद जनताको विचार भएकोले त्यसलाई लागु गरेर समाजवादको बाटोमा अघि बढ्न सकिने बताएकी थिईन् । उनले मदन चौकमा भण्डारीको शालिक निमार्ण हुनुपर्ने बताउदै त्यसका लागि आफुले सहयोग गर्ने प्रतिबद्धता पनि ब्यक्त गरेकी थिईन् । कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गिता रेग्मी, नेकपा एमाले प्रदेश कमिटी सदस्य ईश्वरमणि राउत, जिल्ला कमिटी अध्यक्ष भागवत राउत, चौदण्डीगढी नगरपालिकाकी उप प्रमुख मणिकादेवी दुलाल लगायतका नेताहरुको बाक्लो उपस्थिती रहेको थियो ।




