श्रीपञ्चमी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न ।

 

३० चैत्र २०८०, सन्तोष कुमार रौनियार…

उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टारमा सञ्चालित श्रीपञ्चमी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

समितिका अध्यक्ष केशव राईको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा समितिको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन लगायतका समितिको गतिविधीका बारेमा जानकारी गराइएको थियो । समितिले हाल १७ सय ८९ धारा संचालन भैरहेको जनाउदै स्वच्छ सफा, शुद्ध खानेपानी उपलब्ध गराउन निरन्तर लागि रहने प्रतिबद्धता जनाएको छ । समितिको गतिबिधीबारे जानकारी गराउदै समितिका अध्यक्ष केशव राईले श्रीपञ्मीस्थित दोश्रो सम्पवेल संचालनमा ल्याइएको, कार्यालय परिसर भित्र रहेको रिजर्भ टयाङ्कीबाट हाङ्गबजार पुर्वहुदै चाम्लिङ्ग चौक, ज्योती मावी स्कुलहुदै बसपार्कसम्म खानेपानीको पाईपलाईन विस्तार गरिएको, अबैधानिक रुपले संचालनमा रहेको धाराहरु बन्द गरिएको , बाँकी बक्यौदा असुल उपर गरिएको, पानीको चुहावट रोक्न विभिन्न उपाय गरिएको , खानेपानीलाई स्वच्छ र सफा राख्न रिजर्भ ट्याङ्गी, फिल्टर पलान्टको सरसफाई लगायतको कार्य गरिएको बताएका छन् । त्यस्तै अध्यक्ष राईले वडा नम्बर ७ लाटि खोलामा रहेको निमार्ण भएको तेश्रो सम्वेल संचालन गरी पाईप लाईन बिस्तार , रातमाटे डाँडामा रिजर्भ ट्याङ्गी निमार्ण, नउठेको बक्यौदा उठाउने, ठुनवाटार, टाङ्गटुङे, सिमलटारमा अबस्थित उपभोक्ताका लागि फिल्टर प्लान्टको निमार्ण गर्ने भावी कार्य योजना रहेको बताएका थिए ।

त्यसअघि समितिकी कोषाध्यक्ष शर्मिला श्रेष्ठले समितिको आर्थिक प्रतिवेदन प्रस्तुुत गरेकी थिईन् । उनले गत आर्थिक बर्षमा समितिले उपभोक्ताबाट २३ लाख रुपैयाँ खानेपानी महशुल्क आम्दानी गरिएको, १५ लाख रुपैयाँँभन्दा बढी बाँकी बक्यौदा उठाएको बताएकी थिईन् । कार्यक्रममा यसअघिका समितिका पदाधिकारीहरुलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको थियो । कार्यक्रममा उपभोक्ता र जनप्रतिनीधिहरुको न्युन उपस्थितीप्रति आयोजकले दुखेको पोखेका थिए । समितिका सदस्य पर्शुराम खड्काले आयोजकको तर्फबाट सबै जनप्रतिनीधिहरु, सामाजिक अगुवाहरुलाई पत्र पठाएरै तथा उपभोक्ताहरुलाई माईकिङ्ग गरेर उपस्थितीका लागि आग्रह गरेको भएता पनि खानेपानी जस्तो महत्वपुर्ण बिषयमा पनि उनीहरुले चासो नदेखाएकोमा गुनासो गरेका थिए । कार्यक्रममा कोशी प्रदेश सांसद राजन किराँती, पुर्व मेयर खगेन्द्र राई , वडा अध्यक्षहरु अम्बर बहादुर खड्का, भगनाथ मगर लगायतले शुभकामना दिएका थिए ।