देशभरको ७५३ वटै पालिकाहरुमा नेविसंघको ज्ञापन पत्र ।

६ बैशाख २०८१, सन्तोष कुमार रौनियार…

नेपाल विद्यार्थी संघ को ५५ औं स्थपना दिबस को अबसर मा नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमिती को निर्देशन अनुसार विद्यार्थीहरुको हकहित र शिक्षा सुधारका लागी देशभरको ७५३ वटै पालिकाहरुमा ज्ञापन पत्र बुझाएको छ । यसै क्रममा केन्द्रीय प्रतिनीधि विशाल गेलालको नेतृत्वमा नेपाल बिद्यार्थीसंघले उदयपुरको बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकामा समेत ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय प्रतिनीधि गेलालको नेतृत्वमा रहेको नेपाल बिद्यार्थी संघका कार्यकर्ताको टोलीले आज रामपुरस्थित बेलका नगरपालिकामा पुगेर नगर प्रमुख अशोक कार्कीलाई र लगतै चौदण्डीगढी नगरपालिका शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरलाई भेटी ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउदै उनीहरुले संघको केन्द्रीय कार्यक्रम अनुसार शिक्षा क्षेत्रको सुधारका लागि १७ बुँदे माग राखीएको जानकारी गराएका थिए ।

मागपत्रमा नेपालको संबिधानअनुसार बिद्यालयमा माध्यमिक तहसम्मको शिक्षा हुने ब्यबस्था रहेकोमा त्यस विपरित बिद्यालयहरुले भर्ना शुल्क, परिक्षा शुल्क, मासिक शुल्क , पाठ्यपुस्तक शुल्क लगायत बिभिन्न नाममा शुल्क उठाउने गरेकोमा बिद्यालय शिक्षा निशुल्क गर्न माग गरिएको छ । नेपाल सरकारले शिक्षा सम्बन्धि अन्तराष्ट्रिय फोरमहरुमा ब्यक्त गरेको प्रतिबद्धता अनुसार २० प्रतिशत अनिवार्य सार्वजनिक शिक्षामा लगानी गर्नुपर्ने, सार्वजनिक र नीजि बिद्यालयहरुमा पठनपाठन हुने पाठ्यक्रममा एकरुपता कायम गरी माटो सुहाउँदो बिश्व मानचित्रमा पनि प्रतिस्पर्धी वन्न सक्ने स्थानीय भाषा, धर्म, संस्कृती, सभ्यता, भेषभुषा, कला, साहित्य, रितिरिवाज, परम्परा र ईतिहासको संरक्षण एवंम उत्थान हुनेगरी पाठ्यक्रम निमार्ण गर्न, बिद्यार्थीहरुले बिद्यालय जाँदा बोक्ने शैक्षिक सामाग्रीहरु बोक्ने झोलाको वजन घटाउन, प्रबिधीसंग अभ्यस्त प्रबिधीमैत्री शैक्ष्कि सामाग्रीको प्रयोग , बिद्यालयमा कार्यरत शिक्षक , कर्मचारी र वालबालिका सहजकर्ता र सहयोगीहरुलाई नेपाल सरकारले तोकेको न्यून्तम पारिश्रमिक भन्दा कम नहुनेगरी मनासिव पारिश्रमिक भुक्तानी गर्न माग गरेको छ ।

यस्तै बिद्यालयहरुलाई सबै खाले हिंसा, उत्पीडन उंव दुव्र्यहार मुक्त क्षेत्र घोषणा गरी स्थानीय सरकारको संरचना भित्रै छुट्टै गुनासो सुनुवाई एवंम सम्बोधन हुने गरी ग्रिभियन्स हेयरिङ्ग डिपार्टमेन्टको स्थापना लगायतको माग रहेको छ । गेलाल नेतृत्वको टोलीमा नेपाल बिद्यार्थी संघ उदयपुरका जिल्ला उपसभापति बिबश राई , बिद्यार्थी नेताहरु मनिश कार्की, माधव कार्की, तिर्थ कार्की लगायतको सहभागिता रहेको थियो ।