स्व. मानबहादुर मगर स्मृति कप फुटबल प्रतियोगिताको उपाधि अजम्बरी युथ क्लव भागलपुरलाई ।
२३, कार्तिक,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर
उदयपुरको चौदण्डीगढी नगरपालिकाको विशेष सहयोग र सृजना युवा क्लब बसाहा बदेलपानीको आयोजनामा सञ्चालित प्रथम स्व. मानबहादुर मगर स्मृति कप फुटबल प्रतियोगिताको उपाधि अजम्बरी युथ क्लव भागलपुरले जितेको छ । चौदण्डीगढी नगरपालिका वडा नं.–३ को बदेलपानी खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा ब्रदर युथ क्लव बदेलपानीलाई १–० को गोल अन्तरले पछि पार्दै अजम्बरी युथ क्लव भागलपुरले उपाधि उचालेको हो । खेलको पहिलो हाफको ११ औं मिनेटमा अजम्बरी युथ क्लवका जर्सी नं. २० का खेलाडी दावा तामाङले गरेको गोल नै अजम्बरी युथ क्लवको जितको लागि निर्णायक गोल बनेको थियो । प्रतिस्पर्धात्मक खेलमा दुबैतर्फबाट थप गोल हुन नसकेपछि भागलपुरले १–० को गोल अन्तरले जित निकाल्दै उपाधी उचालेको छ । आजको खेलको म्यान अफ द म्याच भागलपुरका दावा तामाङ र म्यान अफ द टुर्नामेन्ट भागलपुरकै गोलकिपर नवीन राउत...









