कार्तिक २४ गतेदेखी बेल्टारमा खुल्ला डवल ब्याडमिन्टन प्रतियोगिता संचालन हुने ।

१८ कार्तिक,सन्तोष कुमार रौनियार…

 

यहि कार्तिक २४ गतेदेखी उदयपुरको बेल्टारमा खुल्ला डवल ब्याडमिन्टन प्रतियोगिता संचालन हुने भएको छ । बेल्टार ब्याडमिन्टन क्लबका उपाध्यक्ष शम्भु ल्वागुनका अनुसार यहि कार्तिक २४ र २५ गते चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजारस्थित समाबेशी कभर्डहलमा शुभ दिपावली तथा छठ पर्व र साकेला उधौली पर्वको अवसरमा प्रथम जिल्ला स्तरीय खुल्ला मेन्स् डवल ब्याडमिन्टन प्रतियोगिता संचालन हुने भएको छ । प्रतियोगितामा सहभागीता जनाउन ईन्ट्री शुल्क प्रति जोडी १५ सय तोकिएको छ । जसमा समुहलाई टिसर्ट उपलब्ध गराईने बताइएको छ । यस्तै भेट्रान्सको खेलाडीेले खुल्ला समुहमा खेल्दा अलगै ५ सय रुपैयाँ प्रति ब्यक्ति बुझाउनुपर्ने जनाइएको छ ।

मेन्स डवल खुल्लातर्फ मेडल, ट्रफी तथा प्रमाणपत्रसहित प्रथम हुनेलाई नगद २० हजार, द्धितीय हुनेलाई नगद १५ हजार रुपैयाँ र तृतीय हुनेलाई नगद १० हजार रुपैयाँ पुरुस्कारको ब्यबस्था गरिएको छ । त्यस्तै भेट्रान्स डवलतर्फ मेडल, ट्रफी तथा प्रमाणपत्रसहित प्रथम हुनेले नगद १२ हजार, द्धितीय हुनेले नगद १० हजार रुपैयाँ र तृतीय हुनेले नगद ८ हजार रुपैयाँ प्राप्त गर्ने उपाध्यक्ष ल्वागुनले जानकारी दिएका छन् । खेलमा सहभागी हुन चाहने खेलाडी, ब्याडमिन्टन संघ वा क्लबले यहि कार्तिक २१ ग्तेसम्ममा नाम दर्ता गराईसक्नुपर्ने पनि जनाइएको छ ।