बेल्टार बजारस्थिगत पुष्पलाल चौकमा सुबिधा सम्पन्न प्रहरी विटको निमार्ण सम्पन्न ।
चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थिगत पुष्पलाल चौकमा सुबिधा सम्पन्न प्रहरी विटको निमार्ण सम्पन्न भएको छ । आज सम्पन्न विट हस्तान्तरण कार्यक्रममा बिट निमार्ण समितिका सचिव गोविन्द थापाले बिटको चावी उदयपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयाललाई हस्तान्तरण गरेका छन् । चौदण्दीगढी नगर बजार ब्यबस्थापन समितिको ५ लाख र ५४ हजार ८ सय ४६ रुपैयाँगरी कुल ५ लाख ५४ हजार ८ सय ४६ रुपैयाको लागतमा निमार्ण भएको पक्की बिटमा एक कोठा र एट्याच ट्वालेट बाथरुम रहेको छ ।
बिट हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी रहेका नगर प्रमुख कालुमान लामाले बिकास र समृद्धि सबैको साझा एजेण्डा भएकोले गर्दा यस्ता बिषयमा राजनीति हुननहुने बताउदै आफुले पार्टी नहेरी बिकास निमार्णमा सबैको सहयोगले अगाडी बढ्ने बताएका छन् । आफुहरु भर्खरै निर्वाचित भएर आएकाले कार्यानुभवको अभाव भएता पनि कमजोरीहरुलाई सुधार गर्दै अघि बढिरह...




