चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थिगत पुष्पलाल चौकमा सुबिधा सम्पन्न प्रहरी विटको निमार्ण सम्पन्न भएको छ । आज सम्पन्न विट हस्तान्तरण कार्यक्रममा बिट निमार्ण समितिका सचिव गोविन्द थापाले बिटको चावी उदयपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयाललाई हस्तान्तरण गरेका छन् । चौदण्दीगढी नगर बजार ब्यबस्थापन समितिको ५ लाख र ५४ हजार ८ सय ४६ रुपैयाँगरी कुल ५ लाख ५४ हजार ८ सय ४६ रुपैयाको लागतमा निमार्ण भएको पक्की बिटमा एक कोठा र एट्याच ट्वालेट बाथरुम रहेको छ ।
बिट हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी रहेका नगर प्रमुख कालुमान लामाले बिकास र समृद्धि सबैको साझा एजेण्डा भएकोले गर्दा यस्ता बिषयमा राजनीति हुननहुने बताउदै आफुले पार्टी नहेरी बिकास निमार्णमा सबैको सहयोगले अगाडी बढ्ने बताएका छन् । आफुहरु भर्खरै निर्वाचित भएर आएकाले कार्यानुभवको अभाव भएता पनि कमजोरीहरुलाई सुधार गर्दै अघि बढिरहेको बताएका छन् । यस्तै उनले जग्गादाता सेढाई परिवारप्रती आभार पनि ब्यक्त गरेका छन । त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै निबर्तमान नगर प्रमुख खगेन्द्र राईले नगरको सुरक्षामा चुनौतीहरु रहेको बताउदै शान्ति सुरक्षाको प्रत्याभुतीका लागि वडा नम्बर १ को रानीटार तथा वडा नम्बर ८ मा प्रहरी चौकी नै स्थापना गर्नुपर्ने माग गरेका छन् ।
त्यस्तै उदयपुर प्रहरी प्रमुख प्रहरी उपरिक्षक फुयाँलले नयाँ प्रहरी बिटको निर्माण सङै प्रहरीको थप जिम्मेवारी बढेको बताउदै शान्ति सुरक्षाको लागि अहोरात्र लागिपरेको बताएका छन् । उनले एघार ठाउबाट जग्गा दिएर प्रहरी चौकिको माग भएको जानकारी दिदै जनशक्तिको ब्यबस्था सङै थप चौकिहरु थप गर्ने योजनामा रहेको बताएका छन् । साथै ईलाका प्रहरी कार्यालय बेल्टारलाई भोली नै एक थान नयाँ बोलेरो पिकअप भ्यान उपलब्ध गराउने जानकारी दिएका छन् ।
