सामुहिक राजिनामाको समाचार भ्रमपुर्ण रहेको : नगर प्रवक्ता – प्रकाश राउत

चौदण्डीगढी नगरपालिकाको वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुद्वारा सामुहिक राजिनामा भन्ने समाचार उदयपुरको एक पत्रिकामा छापिएको बिषयमा वडा नम्बर ९ का वडा अध्यक्ष एव्म नगर प्रवक्ता प्रकाश राउत, वडा नम्बर ८ का वडा अध्यक्ष भगनाथ मगर, वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकाल र कार्यपालिका सदस्यद्वय जानकी चौधरी र शान्तिदेवी चौधरीले आज एक सामुहिक प्रेस बिज्ञप्ती निकाल्दै उक्त समाचार भ्रमपुर्ण रहेको, बिपक्षीद्वारा नियोजितरुपमा नगरपालिकाका कार्यपालिका सदस्यहरुबीचमा फाटो ल्याउने गरी आफैले हस्ताक्षर किर्ते गरी बनाइएको निवेशनमा सत्यता नरहेको बताएका छन् ।

यसअघि उदयपुरबाट प्रकाशित एक समाचार पत्रमा चौदण्डीगढी नगरपालिकाका ५ जना वडा अध्यक्ष र ५ जना नगर सदस्यहरुले ९ बुँदे माग राखी हिजो सामुहिक राजीनामा दिएको समाचार प्रकाशित गरेको थियो भने यसै ब्यहोराका राजीनामा पत्रको प्रतिलिपि रेडियो चौदण्डीगढीलाई पनि प्राप्त भएको थियो । सामुहकि राजीनामा पत्रमा स्थानीय सरकार संचालन ऐन २९७४ को कार्यबिधी अनसार कार्य नगरेको, मेयर तथा उपमेयरले कार्यपालिका बैठकमा प्रष्ठरुपमा एजेष्डा नल्याई घुमाउरो पारामा ल्याउने गरेको , जिम्मेवारी अनुसार कार्य गर्न नदिई आफैले तोक आदेशको भरमा कार्य गर्दै आएकोले सामुहकि राजिनामा दिएको जनाएका थिए । यस्तै अन्य मागहरुमा मेयर उपमेयरले राखेका निजी सचिवहरु ह्टाएर पार्टीको सुझावमा राख्न्ुपर्ने, गलत तरिकाले लगाएका ठेक्का रद्ध गरी पुनः लगाउने ब्यबस्था गर्नुपर्ने, मेयर र उपमेयरले चढ्दै गरेको सवारी साधनको सहि सदुप्रयोग गर्नुपर्ने, नगरपालिकाले बनाएका बिषयगत समितिहरु बिघटन गरी क्षमता र अनुअभवका आधारमा पार्टीको सुझाव अनुसार गठन गरिनुपर्ने, नगरपालिका नगर पषिद्बाट विनयोजितर चालु पुंजीगत खर्च नगर कार्यपालिका बैठकबाट अनुमोदन गरिनुपर्नै लगायतका माग रहेका थिए । त्यस्तै सामुहकि राजीनामाको बिषयमा एमाले नगर पार्टी कार्यालय बेल्टार र जिल्ला कार्टी कार्यालयमा समेत जानकारी गराएका थिए । राजीनामा दिनेहरुमा वडा नम्बर ९ का वडा अध्यक्ष एव्म नगर प्रवक्ता प्रकाश राउत, वडा नम्बर ८ का वडा अध्यक्ष भगनाथ मगर, वडा नम्बर ७ का वडा अध्यक्ष केशव अधिकारी, वडा नम्बर ५ का वडा अध्यक्ष तुलसीराम ढकाल र वडा नम्बर २ का वडा अध्यक्ष हरी बहादुर खड्का थिए भने नगर कार्यपालिका सदस्यहरु उद्धवराज भुजेल , तिवावती राई, सुष्मा राई, जानकीदेवी चौधरी र शान्ति चौधरी रहेका थिए ।
यस बिषयमा रेडियो चौदण्डीगढीले वडा नम्बर ९ का वडा अध्यक्ष एव्म नगर प्रवक्ता प्रकाश राउतसंग प्रतिक्रिया लिंदा उनले नगर प्रमुख कालुमान लामा र उप प्रमुख मणिकादेवी दुलालको कार्यशैलीको बारेमा आफुहरुबीच मतभेद रहेको हुनाले आफुहरुले सामुहिक राजीनामा दिएको स्वीकार गरेका छन् । यद्यपी यो बिषयमा नगर र जिल्ला पार्टीका नेताहरुसंग छलफल गर्ने तर मिडियामा नल्याउने सहमति भएको बताएका छन् । तर मिडियामा समाचार आएपछि राउतको नेतृत्वमै समाचारको खण्डन गरिएको छ । एता सामुहकि राजिनामा दिने बिषयमा राजीनामा पत्रको मस्यौदाकार स्वम् राउत नै रहेको राजीनामा दिने मध्येका एक जना वडा अध्यक्षले बताएका छन् । उनले पुष ११ गते सोमवार वडा अध्यक्ष केशव अधिकारीको भुल्केस्थित घरमा राउतले नै सामुहकि राजिनामाको पत्र लेखेको र आज बिज्ञप्ती जारी गरेर धोका दिएको बताएका छन् ।