महिलाहरुको हक हित र उत्थनकालागी २०६९ सालमा दर्ता भएर तत्कालिन हडिया गा.बि.स. भित्र कार्यक्षेत्र रहेर आफ्नो गतिबिधी सुरु गरेको “महिला जागरण बहुउद्देशीय सहकारी संस्था लिमिटेडले आफ्नो १०औं साधारण सभा तथा तेश्रो अधिबेशन सम्पन्न गरेको छ । हिजो वडा नम्बर १० हडियामा भएको अधिबेशनमा पुनः लक्ष्मी बन्जाराको अध्यक्षतामा सर्वसहमतरुपमा १३ सदस्य संचालक समिती गठन गरेको छ। संचालक समितीको अध्यक्षमा लक्ष्मी बन्जारा, उपाध्यक्षमा रेखा चौधरी, सचिवमा अमृता खड्का, कोषाध्यक्षमा कृष्णा बस्नेत, सहसचिवमा उर्मिला खड्का चयन भएका छन् । त्यस्तै सदस्यहरुमा वालकुमारी बस्नेत, शिव कुमारी खत्री, दिल कुमारी चौधरी, उषा मगर, शारदा राउत, गोमा भट्टराई, शान्ता बस्नेत र जमुना खड्का मनोनित सर्वसम्मत भएका छन् । संस्था ब्यबस्थापकमा चन्द्रीका खड्कालाई चयन गरिएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख कालुमान लामाले सहकारीले राम्रो काम गरिरहेको र सहकारीमा संलग्न महिलाहरुले आर्थिक गतीबिधीसंगै एक घर एक करेसाबारी कार्यक्रम पनि संचालनमा ल्याएर यस क्षेत्रलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन पनि भुमिका खेल्नु पर्ने बताएका छन् । यस्तै कार्यक्रमलाई समबोधन गर्दै नगर उप प्रमुख तथा संस्थाकी निवर्तमान अध्यक्ष समेत रहेकी मणिकादेवी दुलालले सहकारी पारदर्शीरुपमा संचालन गरेर सामुहिकहितमा लाग्नुपर्ने बताएकी छिन् । उनले सहकारीका पदाधिकारीहरु राजनीतिकरुपमा जे जस्तो भए पनि संस्थामा राजनीति घुसाउनु नहुने बताएकी छिन् । २१९ जना शेयर सदस्य रहेको महिला जागरण बहुउद्देशीय सहकारी संस्थामा कुल शेयर पूँजी २१ लाख ६९ हजार रहेको छ भने कूल निक्षेप १५ लाख ७१ हजार २०७ रुपैया रहेको छ। संस्थाको कूल लगानी २२ लाख २१ हजार ५२६ रुपैया रहेको संस्थाले जनाएको छ।
