नगरलाई बेल्टार बजारको फोहर ब्यबस्थापन गर्न माओवादीको ज्ञापन पत्र ।
चौदण्डिगढी नगर को बजार क्षेत्र र आसपास को टोलहरु बाट दिनहुँ निस्किने फोहरको थुप्रोहरु अव्यवस्थित तवरले वार्ड न ६ को आँप खहरे सामुदायिक बन क्षेत्रमा नगरपालिकाले फ्याक्ने तथा फोहर डढाउनाले त्यहाँ बाट निस्किने धुवाँले वायु प्रदुषणसंगै बेल्टार बजारक्षेत्रका बजारबासी पिडित भएका छन् । दीर्घ रोघी बालबालिका,जेष्ठ नागरिक,गर्भबती महिलाहरुमा त्यस्को प्रत्यक्ष असर परिरहेको छ भने खुल्ला स्थानमा रहेको डम्पिङ साईटका कारण वरिपरीका किसानको पशुचौपाया पनि मरेका छन् ।
यसै बिषयमा माओवादी केन्द्र चौ न पा ६ वार्ड कमिटिले नगर प्रमुख कालुमान लामालाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझदै नगर प्रमुख लामाले यस अघि निर्माण भएको वडा नम्बर ९ ज्यामिरेस्थित डम्पििङ्ग साईटमा फोहर बिसर्जन गर्न लगाउदा स्थानीयले बिरोध गर्दा अप्ठ्यारो परेको बताएका थिए ।उनले बजारबाट निस्कासन हुने फोहरको ब्यबस्थापन गर्ने सबैको जिम्मेवारी भए...



