मुख्य खबर

लिम्चुङ्गबुङ्ग गाँउपालिकाको निर्णयमा एमाले लिम्चुङ्गबुङ्गको विमती ।

लिम्चुङ्गबुङ्ग गाँउपालिकाको निर्णयमा एमाले लिम्चुङ्गबुङ्गको विमती ।

मुख्य खबर, स्थानीय
उदयपुरको लिम्चुङ्गबुङ्ग गाँउपालिकाको प्रत्येक शुक्रवार सरकारी कर्मचारीलाई बृक्षारोपण कार्यक्रममा अनिवार्य सहभागी भई श्रमदान गर्नुपर्ने निर्णयमा एमालेले असहमति जनाएको छ । भदौ २ गते सोमबार नेकपा एमाले लिम्चुङ्गबुङ्ग गाँउपालिका अध्यक्ष ज्ञान बहादुर राईले एक विज्ञप्ती जारी गर्दै स्थानीय सरकार अन्तर्गत पालिका भित्र रहेका कार्यरत सरकारी कर्मचारीहरुलाई प्रत्येक शुक्रबार बृक्षारोपण कार्यक्रममा अनिवार्य सहभागी भई श्रमदान गर्नुपर्ने निर्णय र निर्देशनले लिम्चुङ्गबुङ्ग गाँउपालिकाको वडा कार्यालयहरु, विभिन्न शाखा र निकायहरुबाट प्रदान गरिने सेवा सुबिधाहरुमा, सेवाग्राही सर्वसाधारण जनतामा असुविधा र असर सृजना गरेको बताइएको छ । विज्ञप्तीमा श्रमदानको विषयलाई जोडेर बृक्षा रोपण अभियान शुरु गर्नु आफैमा स्वागत योग्य रहेको तर पालिकामा संचालन हुने अभियान तथा कार्यक्रमहरुले जनता र समाजप्रति प्रत्यक्ष सहयोग, स...
दोश्रो संस्करणको वेलका गोल्डकपको आयब्यय सार्वजनिक ।

दोश्रो संस्करणको वेलका गोल्डकपको आयब्यय सार्वजनिक ।

खेलकुद, मुख्य खबर, स्थानीय
उदयपुरको बेलका नगरपालिकामा सम्पन्न दोश्रो संस्करणको वेलका गोल्डकपको आयब्यय सार्वजनिक भएको छ । आयोजक  ब्रदरहुड फुटवल क्लब वेलकाले आज रामपुरस्थित नगरपालिकाको सभाहलमा पत्रकार सम्मेलन गरी आयब्यय सार्वजनिक गरेको हो । क्लबका अध्यक्ष रविन तामाङ्गले प्रस्तुत गरेको सार्वजनिक आयब्ययअनुसार दोश्रो संस्करणकोप्रतियोगिताबाट १३ लाख ७२ हजार ५ सय ८७ रुपैयाँ आम्दानी गरेको थियो भने १३ लाख ३ हजार १ सय १६ रुपैयाँ खर्च भएको थियो । प्रतियोगिताबाट ६९ हजार ४ सय ७१ रुपैयाँ बचत गर्न सफल भएको तामाङ्गले जानकारी दिएका थिए । गत बर्ष सम्पन्न दोश्रो संस्करणको विजेता उदयपुरको गाईघाट फुटवल क्लब रहेको थियो भने उपविजेता एभरेष्ट फुटवल क्लब सुनसरी भएको थियो । विजेताले  १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेका थिए भने उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण प्राप्त गरेका थिए...
विषालु जङ्गली च्याउ खाँदा चौदण्डीगढीमा एकै परिवारका आठ जना बिरामी।

विषालु जङ्गली च्याउ खाँदा चौदण्डीगढीमा एकै परिवारका आठ जना बिरामी।

मुख्य खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकामा विषालु जङ्गली च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी परेका छन् । वडा नम्बर ९ अजगराका ललकु सदाको परिवार जङ्गली च्याउ खाएर विरामी भएको वडा नम्बर ९ का वडा अध्यक्ष प्रकाश राउतले जानकारी दिएका छन् । राउतका अनुसार जङ्गली च्याउ खाएर सदा परिवार विरामी भएको जानकारी पाउनासाथ उनीहरुको उद्धार गरी उपचारका लागि आधारभुत नगर अस्पताल बेल्टारमा ल्याएको बताएका छन् । विरामी हुनेमा ५५ बर्षिय ललकु सदा, उनकी ८५ बर्षिया आमा गवनी सदा, ६० बर्षिया श्रीमति गिता सदा, ३१ बर्षिया छोरी सन्जु सदा, भाईबुहारी २९ बर्षिया सरिता सदा, दुई भतिजीहरु १० बर्षिया सन्धया सदा र ११ बर्षिया सज्जा सदा रहेका छन् । सदा परिवारले आज बिहान घर नजिकै जङ्गलबाट च्याउ ल्याएर खाएका थिए । च्याउ खाएर सिकिस्त विरामी भएका गवनी सदा, गीता सदा र सरिता सदासहित सबैका प्राथमिक उपचार नगर अस्पताल बेल्टार गरिएकोे थियो भने उनीहरुल...
चिनियाँ लगानीको बाताबरण बनाउन राजदुत ओलीसंग नगर प्रमुख लामाको आग्रह ।

चिनियाँ लगानीको बाताबरण बनाउन राजदुत ओलीसंग नगर प्रमुख लामाको आग्रह ।

देश, मुख्य खबर
छिमेकी मुलुक चिन भ्रमणमा रहेका चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले कृषि, पर्यटन लगायतका क्षेत्रमा चिनियाँ लगानीको लागि वाताबरण बनाउन चिनका लागि नेपाली राजदुत डाक्टर कृष्ण प्रसाद ओलिसंग अनुरोध गरेका छन् । अध्ययन अबलोकन भ्रमणमा चिन गएका नगर प्रमुख लामासहितको टोलीले आज बेईजिङ्गमा राजदुत ओलीलाई भेटेर चिनियाँ लगानीका लागि आग्रह गरेका हुन् । सोक्रममा राजदुत ओलीले सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेको नगर प्रमुख लामाले बताएका छन् । राजदुत ओलीले वेईजिङ्गस्थित नेपाली दुताबासमा नगर प्रमुख लामासहितको टोलीलाई डिनरका लागि बोलाएका थिए । सप्ताहब्यापी भ्रमणका लागि चिन गएको टोलीले विभिन्न प्रान्तको अवलोकन गर्दै त्यहाँको अत्याधुनिक बिकासको मोडलबारे महत्वपुर्ण जानकारी लिएको नगर प्रमुख लामाले जानकारी दिएका छन् । नगर प्रमुख लामा , उदयपुरका ब्यापारी ब्यबसायीसहितको टोली गत शनिवार अध्ययन अबलोनका ल...
चौदण्डीगढीमा पटक पटक जरिवाना गरेपनि  औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालित।

चौदण्डीगढीमा पटक पटक जरिवाना गरेपनि औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालित।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकामा पटक पटक जरिवाना गरेपनि मापदण्ड विपरीत औषधि पसलहरु सञ्चालित रहेको भेटिएको छ । गत महिना नगरपालिकाको बजार अनुगमन टोलीले मापदण्ड विपरीत सञ्चालित रहेका औषधि पसलहरुलाई जरिवाना गरेको थियो । तर झण्डै एक महिनापछि आज सहायक प्रमुख जिल्ला अधिकारी विक्रम प्रसाद पाण्डेयको नेतृत्वमा रहेको अनुगमन टोलीले चौदण्डीगढी नगरपालिकाको बेल्टार बजार र बसहामा रहेका औषधी पसलहरुमा छड्के अनुगमान गर्दा नगरपालिकाको बजार अनुगमन टोलीले जरिवाना गरेका केही पसलहरु मापदण्ड विपरीत नै सञ्चालित रहेको भेटिएपछि उनीहरुलाई पुनः जरिवाना गरिएको हो । अनुगमन टोलीले बेल्टार बजारस्थित पाथिभरा डेन्टल क्लिनिक, शुभम डेन्टल प्रालि र दिव्यान्स फार्मेसीलाई जरिवाना गरेको छ भने वसहास्थित महेन्द्र मण्डलद्वारा सञ्चालित बीज मेडिकल हल सिल गरेको छ । उनीहरुलाई दर्ता प्रमाणपत्र नभएको भन्दै अनुगमन टोलीले जरिवाना गरेको थियो भने अवैधान...
चौदण्डीगढी नगरपालिकामा एमालेप्रति जनताको आकर्षण बढ्दै /राजानागी टोलमा ७८ जनाले रोजे एमाले।

चौदण्डीगढी नगरपालिकामा एमालेप्रति जनताको आकर्षण बढ्दै /राजानागी टोलमा ७८ जनाले रोजे एमाले।

मुख्य खबर, स्थानीय
उदयपुरको चौदण्डीगढी नगरपालिकामा एमालेप्रति जनताको आकर्षण बढ्दै गएको छ । गत स्थानीय तह निर्वाचनबाट नगरमा एमाले नेतृत्वको सरकार बनेपछि विकास निमार्णमा आएको तिव्रतालाई देखेर एमाले पार्टी प्रबेश गर्नेहरुको संख्या थपिदै गएको हो । यसैक्रममा आज वडा नम्बर ३ राजानागी टोलमा भएको पार्टी प्रबेश कार्यक्रममा कांग्रेस, माओवादी केन्द्र लगायतका पार्टी परित्याग गरी ७८ जनाले एमाले रोजेका छन् । यस अघि पनि सोही वडाको स्कुलडाँडा, अजिङ्गगरे, रमाईलोडाँडामा भएको पार्टी प्रबेश कार्यक्रमबाट झण्डै एक सयको हाराहारीमा कांग्रेस, माओवादी केन्द्र, जसपा, रास्वपा लगायतको पार्टी परित्याग गरेर एमालेमा प्रबेश गरिसकेका छन् । विकास नै प्राथमिकताको विषय भएको र एमालेले मात्र विकास निमार्णको कार्यलाई अगाडी बढाउन सक्छ भन्ने विस्वासमा एमाले पार्टी प्रबेश गरेको उनीहरुले बताएका छन् । आज माओवादी केन्द्र पार्टी परित्याग गरी एमाले प्रबेश ...
युवा संघ चौदण्डीगढीद्वारा वडा नम्बर ६ को विभिन्न स्थानमा वृक्षारोपण ।

युवा संघ चौदण्डीगढीद्वारा वडा नम्बर ६ को विभिन्न स्थानमा वृक्षारोपण ।

मुख्य खबर, स्थानीय
राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटि उदयपुरले वडा नम्बर ६ को विभिन्न स्थानमा वृक्षारोपण गरेको छ । हरियाली हाम्रो पहिचान ,वृक्षारोपण हाम्रो अभियान ! भन्ने नाराको साथ युवा संघका निवर्तमान कोषाध्यक्ष राकेश राईको अगुवाईमा चौदण्डीगढीका युवाहरुले वडा नम्बर ६ सिर्वानीस्थित हलेश्वरमहादेव मन्दिर परिसर, बालबिकास केन्द्र र कालि पोखरी वरिपरी वृक्षारोपण गरेको युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटि अध्यक्ष भुवन राईले जानकारी दिएका छन् । राईले कागती , मेवा, अमला, टाकी, हर्रो र तेजपत्ताका एक सय थान विरुवा रोपिएको  बताएका छन् । वृक्षारोपण कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, वडा सदस्य कमल कार्की, एमाले उदयपुर जिल्ला कमिटी सदस्य भिम परियार लगायत पनि सहभागी थिए ।  युवा संघ चौदण्डीगढीले गत बर्ष पनि वडा नम्बर ४ मकमडाँडामा वृक्षारोपण गरेको थियो । रोपिएका केही विरुवाहरु हुर्किएको ...
नेकपा एमाले चौदण्डीगढीमा थप ३८ जना विभिन पार्टी परित्याग गरी प्रबेश ।

नेकपा एमाले चौदण्डीगढीमा थप ३८ जना विभिन पार्टी परित्याग गरी प्रबेश ।

मुख्य खबर, स्थानीय
नेकपा एमाले चौदण्डीगढीमा थप ३८ जना विभिन पार्टी परित्याग गरी प्रबेश गरेका छन् । बेल्टार बजारस्थित नेकपा एमाले पार्टी कार्यालयमा आज भएको पार्टी प्रबेश कार्यक्रममा कांग्रेस, जसपा, रास्वपा लगायतका पार्टी परित्यागगरी उनीहरु एमालेमा प्रबेश गरेको नेकपा एमाले चौदण्डीगढीका नगर अध्यक्ष विकास बन्जराले जानकारी दिएका छन् । यो समेत चौदण्डीगढीमा विभिन्न पार्टी परित्याग गरेर एमाले प्रबेश गर्नेको संख्या ६ सयभन्दा बढी भएको नगर अध्यक्ष बन्जराले बताएका छन् । आज पार्टी प्रबेश गर्नेहरुमा अधिकांश मगर समुदायका रहेका छन् । एमाले उदयपुर जिल्ला सदस्य डिल्ली मगर, मगर संघ चौदण्डीगढीका नगर अध्यक्ष चित्र केप्छाकी मगर लगायतको पहलमा उनीहरु एमालेमा प्रबेश गरेको बुझिएको छ । नगरमा एमाले नेतृत्वको सरकार बनेपछि मगर समुदायको धार्मिक, सांस्कृतिक कुराहरुको संरक्षण तथा विकासमा नगरपालिकाले सहयोग पुर्याउदै आएको छ । आज पार्टी प्...
विलासिता करविरुद्ध उदयपुरका सुनचाँदी व्यवसायीको सिठी जुलुस ।

विलासिता करविरुद्ध उदयपुरका सुनचाँदी व्यवसायीको सिठी जुलुस ।

मुख्य खबर, स्थानीय
उदयपुरका सुनचाँदी व्यवसायीहरु सुनमा सरकारले लगाएको विलासिता कर लगायतका अन्य कर खारेजीको माग गर्दै निरन्तर आन्दोलिनमा छन् । आज उदयपुर सदरमुकाम गाईघाटमा सिठी जुलुससहित र्याली गरेका उनीहरुले पिपलबोटमा पुगेर कोण सभाको आयोजना गरेका छन् । सुनमा लगाईएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा १३ प्रतिशत भ्याट खारेज गनुपर्ने, सुनको भन्सार ६ प्रतिशत कायम गनुपर्ने, सुनचाँदीको कारोवारको लागि प्रष्ट नीति नियामावली निर्माण गर्नुपर्ने लगायतका माग राखी उनीहरुले उदयपुरका ब्यापारिक केन्द्रहरु गाईघाट, बेल्टार, कटारी र रामपुर बजारमा नियमित जस्तै आन्दोलनका कार्यक्रम गर्दै आएका छन् । सोही क्रममा हिजो विहिवार चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारमा र्यालीसहित विरोध प्रदर्शन गर्दै कोण सभा गरेका थिए । त्यसअघि गत जेठ २९ गते जिल्ला प्रशासन कार्यालय उदयपुरमा सरकारले सुनचाँदीमा लगाएको कर विरुद्ध ज्ञापनपत्र...
एसईई परिक्षाको नतिजामा चौदण्डीगढीको रिजल्टमा उल्लेख्य सुधार / समग्रमा ७६.५८ प्रतिशत बिद्यार्थी उत्तिर्ण ।

एसईई परिक्षाको नतिजामा चौदण्डीगढीको रिजल्टमा उल्लेख्य सुधार / समग्रमा ७६.५८ प्रतिशत बिद्यार्थी उत्तिर्ण ।

मुख्य खबर, स्थानीय
एसईई परिक्षाको नतिजामा उदयपुरको चौदण्डीगढी नगरपालिकाको रिजल्टमा उल्लेख्य सुधार देखिएको छ । गत शुक्रवार प्रकाशित माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसईई २०८१ को नतिजामा चौदण्डीगढी नगरपालिकामा समग्रमा ७६.५८ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएको नगर शिक्षा शाखा चौदण्डीगढीले जनाएको छ । शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरका अनुसार सामुदायिक बिद्यालयतर्फ ७०.८५ र संस्थागत नीजि बिद्यालयतर्फ ९७.७१ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् । चौदण्डीगढीमा १९ वटा सामुदायिक बिद्यालयबाट एसईईमा ६४५ जना सहभागी भएकोमा ४ सय ५७ जना उत्तिर्ण भएका छन् भने ११ वटा संस्थागत नीजि बोडिङ्ग स्कुलबाट १७५ जना सहभागी भएकोमा १७१ जना उत्तिर्ण भएका छन् । संस्थागत नीजि बिद्यालयतर्फ गत बर्षहरुमा पनि राम्रै रिजल्ट आउने गरेपनि सामुदायिक बिद्यालयहरुको रिजल्टमा भने यस पटक उल्लेख्य सुधार देखिएको बताएका छन् । नगरमा संचालित १९ वटा सामुदायिक बिद्...