नेकपा एमाले चौदण्डीगढीमा थप ३८ जना विभिन पार्टी परित्याग गरी प्रबेश ।

नेकपा एमाले चौदण्डीगढीमा थप ३८ जना विभिन पार्टी परित्याग गरी प्रबेश गरेका छन् । बेल्टार बजारस्थित नेकपा एमाले पार्टी कार्यालयमा आज भएको पार्टी प्रबेश कार्यक्रममा कांग्रेस, जसपा, रास्वपा लगायतका पार्टी परित्यागगरी उनीहरु एमालेमा प्रबेश गरेको नेकपा एमाले चौदण्डीगढीका नगर अध्यक्ष विकास बन्जराले जानकारी दिएका छन् । यो समेत चौदण्डीगढीमा विभिन्न पार्टी परित्याग गरेर एमाले प्रबेश गर्नेको संख्या ६ सयभन्दा बढी भएको नगर अध्यक्ष बन्जराले बताएका छन् ।

आज पार्टी प्रबेश गर्नेहरुमा अधिकांश मगर समुदायका रहेका छन् । एमाले उदयपुर जिल्ला सदस्य डिल्ली मगर, मगर संघ चौदण्डीगढीका नगर अध्यक्ष चित्र केप्छाकी मगर लगायतको पहलमा उनीहरु एमालेमा प्रबेश गरेको बुझिएको छ । नगरमा एमाले नेतृत्वको सरकार बनेपछि मगर समुदायको धार्मिक, सांस्कृतिक कुराहरुको संरक्षण तथा विकासमा नगरपालिकाले सहयोग पुर्याउदै आएको छ । आज पार्टी प्रवेश गर्नेहरुमा पुर्व माओवादी वडा कमिटी अध्यक्ष देवान मगर लगायत रहेका छन् । उनीहरुलाई पोलिट व्युरो सदस्य तथा उदयपुर जिल्ला ईन्चार्ज मन्जु चौधरी, उदयपुर प्रतिनीधि सभा निर्वाचन क्षेत्र नम्बर १ र २ का ईन्चार्ज तथा केन्द्रीय सदस्य अम्विका थापा, कोशी प्रदेश कमिटी सदस्य तथा चौदण्डीगढी नगर ईन्चार्ज कान्ता राई, नगर प्रमुख कालुमान तामाङ्ग, उप प्रमुख मणिकादेवी दुलाल लगायतले पार्टी प्रबेश गराएका थिए ।

पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्दै पोलिट व्युरो सदस्य मन्जु चौधरीले एमाले सवै जाती, सबै समुदाय र सबै वर्गको पार्टी भएकाले गर्व गर्नुपर्ने धारणा राखेका थिए । यस्तै केन्द्रीय सदस्य अम्विका थापाले एमालेको विचारले सबै जना संगठित भएकाले नवप्रवेशीहरुलाई पार्टीमा उचित स्थान दिएर पार्टीमा सक्रिय बनाउनुपर्ने बताएकी थिईन् । प्रदेश कमिटी सदस्य कान्ता राई, नगर उप प्रमुख मणिकादेवी दुलाल, नेताहरु शम्भु पौडेल, राजेन्द्र कटुवाल लगायतले पनि नवप्रबेशीहरुलाई शुभकामना दिदै स्वागत गरेका थिए ।