युवा संघ चौदण्डीगढीद्वारा वडा नम्बर ६ को विभिन्न स्थानमा वृक्षारोपण ।

राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटि उदयपुरले वडा नम्बर ६ को विभिन्न स्थानमा वृक्षारोपण गरेको छ । हरियाली हाम्रो पहिचान ,वृक्षारोपण हाम्रो अभियान ! भन्ने नाराको साथ युवा संघका निवर्तमान कोषाध्यक्ष राकेश राईको अगुवाईमा चौदण्डीगढीका युवाहरुले वडा नम्बर ६ सिर्वानीस्थित हलेश्वरमहादेव मन्दिर परिसर, बालबिकास केन्द्र र कालि पोखरी वरिपरी वृक्षारोपण गरेको युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटि अध्यक्ष भुवन राईले जानकारी दिएका छन् । राईले कागती , मेवा, अमला, टाकी, हर्रो र तेजपत्ताका एक सय थान विरुवा रोपिएको  बताएका छन् । वृक्षारोपण कार्यक्रममा वडा नम्बर ६ का वडा अध्यक्ष अम्बर बहादुर खड्का, वडा सदस्य कमल कार्की, एमाले उदयपुर जिल्ला कमिटी सदस्य भिम परियार लगायत पनि सहभागी थिए । 

युवा संघ चौदण्डीगढीले गत बर्ष पनि वडा नम्बर ४ मकमडाँडामा वृक्षारोपण गरेको थियो । रोपिएका केही विरुवाहरु हुर्किएको अध्यक्ष  राईले जानकारी दिएका छन् ।