आर्थिक बर्ष २०८१/०८२ मा चौदण्डीगढी नगरपालिकाको समग्र खर्च ९१.७९ प्रतिशत ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ को आय ब्यय विवरण सार्वजनिक गरेको छ । प्रमुख प्रशासकिय अधिकृत काजीमान राई तथा आर्थिक प्रशासन शाखा प्रमुख महेश रानामगरद्वारा आज जारी गरिएको सुचनामा स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ७६ को उपदफा ४ बमोजिम नगर कार्यपालिकाको आर्थिक बर्ष २०८१/०८२ को आयब्यय विवरण सार्वजनिक गरिएको उल्लेख छ । नगरपालिकाले सार्वजनिक गरेको आयब्यय विवरण अनुसार २०८१ साल श्रावन १ गतेदेखी २०८२ साल असार मसान्तसम्म बार्षिक बजेट ८१ करोड ९५ लाख, ७९ हजार ६ सय ६० रुपैयाँमध्ये ७२ करोड ७३ लाख ४६ हजार ५ सय ७७ रुपैयाँ अतार्थ ९१.७९ प्रतिशत वजेट खर्च भएको छ ।

चालुतर्फ ५९ करोड ३८ लाख ५४ हजार ३ सय ९६ रुपैयाँ विनियोजन भएकोमा ५३ करोड ९१ लाख २७ हजार ७ सय ९४ रुपैयाँ अतार्थ ९३.२२ प्रतिशत खर्च भएको छ भने पुँजीगततर्फ २२ करोड ५७ लाख २५ हजार २ सय ६४ रुपैयाँ विनियोजन भएकोमा १८ करोड ८२ लाख १८ हजार ७ सय ८३ रुपैयाँ अतार्थ ८७.९३ प्रतिशत खर्च भएको छ । यस्तै क्षेत्रगतरुपमा आर्थिक विकास क्षेत्रमा ५ करोड ६ लाख ६५ हजार २ सय रुपैयाँ विनियोजन भएकोमा ४ करोड १५ लाख ५० हजार ३ सय ९ अतार्थ ९०.९९ प्रतिशत, सामाजिक विकास क्षेत्रमा ४१ करोड ८२ लाख २८ हजार २ सय रुपैयाँ विनियोजन गरिएकोमा ३७ करोड ८६ लाख ७३ हजार ७ सय ७९ रुपैयाँ अतार्थ ९२.३१ प्रतिशत खर्च भएको छ ।

त्यस्तै पुर्वाधार विकास क्षेत्रतर्फ १३ करोड १० लाख रुपैयाँ विनियोजन भएकोमा १० करोड ७३ लाख २८ हजार ४ सय ८२ रुपैयाँ अतार्थ ८४.५१ प्रतिशत, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्रतर्फ २ करोड १० लाख ५५ हजार १ सय ६८ रुपैयाँ विनियोजन भएकोमा १ करोड ९९ लाख ९१ ह्जार ८ सय ८६ रुपैयाँ अतार्थ ९४.९५ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रतर्फ १९ करोड ८६ लाख ३० हजार ६ सय ९२ रुपैयाँ विनियोजन भएकोमा १७ करोड ९८ लाख २ हजार १ सय ६० रुपैयाँ अतार्थ ९३.४४ प्रतिशत खर्च भएको छ ।