चौदण्डीगढी नगरपालिकाद्वारा नेपाली महिला कब्बडी टोलीको मुख्य प्रशिक्षक पार्वती राई नगद पुरुस्कारसहित सम्मानित ।
२३ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…
नेपाली महिला कब्बडी टोलीको मुख्य प्रशिक्षक पार्वती राईलाई चौदण्डीगढी नगरपालिकाले सम्मान गरेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडा निवासी राईलाई गत सेप्टेम्बर २३ देखी अक्टोवर ८ तारिखसम्म चीनको हाउझाङ्गमा भएको १९ औं एसियन गेममा नेपालको राष्ट्रिय टिमलाई कास्य पदक जिताउन अहम भुमिका खेल्दै नगरको गरिमा बढाएको कारण सम्मान गरिएको हो । आज वडा नम्बर १० हडियामा एक कार्यक्रमका बीच नगर प्रमुख कालुमान लामा, उप प्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकिय अघिकृत शुभाकार पौडेलले संयुक्तरुपमा मुख्य प्रशिक्षक राईलाई नगद २० हजारसहित सम्मान गरेका छन् । राईको प्रशिक्षणमा रहेको नेपाली टिमले १९ औं एसियन गेममा ईरानलाई पराजित गर्दै काश्य पदक जितेको थियो । पहिलो पटक एसियन गेमका सहभागी भएको महिला टोलीले पहिलो प्रयास मै काश्य पदक जित्न सफल भएको थि...









