सिर्वानीमा संचालित वडा स्तरीय फुटवल प्रतियोगिताको आय ब्यय विवरण सार्वजनिक ।

१ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर….

गत श्रावण २५ गतेदेखी भदौ २ गतेसम्म उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ सिर्वानीस्थित खेल मैदानमा संचालन भएको वडा स्तरीय फुटवल प्रतियोगिता २०८० को आय ब्यय विवरण सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलन गरेर विवरण सार्वजनिक गर्ने भनिएको भएता पनि मिडियालाई आयब्ययको विवरण मात्र उपलब्ध गराइएको छ ।

वडा स्तरीय फुटवल प्रतियोगिताको आयोजक समितिका अध्यक्ष युवराज कार्कीले उपलब्ध गराएको विवरणमा कुल २ लाख ९४ हजार ५ सय ७४ रुपैयाँ संकलन भएको र २ लाख ४५ हजार ८ सय १४ रुपैयाँ बिभिन्न शिर्षकमा खर्च भएको उल्लेख छ । यस्तै प्रतियोगिताबाट ४८ हजार ७ सय ६० रुपैयाँ वचत भएको कार्कीले जनाएका छन् । आयतर्फ संस्थागत आर्थिक सहयोगबाट ३७ हजार ६ सय र ब्यक्तिगत आर्थिक सहयोगबाट २ लाख २६ हवार ९ सय ७४ रुपैयाँ गरी कुल २ लाख ९४ हजार ५ सय ७४ रुपैयाँ संकलन भएको जनाइएको छ । यस्तै ब्ययतर्फ रेफ्री पारिश्रमिक, नगद पुरुस्कार, मैदान ब्यबस्थापन, अतिथी सत्कार, सुचना संचार, यातायात ईन्धन , खाजा नास्ता, बिबिध लगायतका शिर्षकमा २ लाख ४५ हजार ८ सय १४ रुपैयाँ बिभिन्न शिर्षकमा खर्च भएको उल्लेख छ । प्रतियोगिताका लागि देश विदेशमा रहेका वडाबासी तथा शुभचिन्तकबाट नगद संकलन गरिएको अध्यक्ष कार्कीले जानकारी दिएका छन् ।

गत भदौ २ गते सिवार्नीस्थित कालिका मावीको खेल मैदानमा भएको फाईनल खेलमा वडा नम्बर ७ ले आयोजक वडा नम्बर ६ लाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको थियो । विजयी भएसंगै वडा नम्बर ७ ले उपाधीसंगै नगद २५ हजार रुपैयाँ, ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो भने उप विजेता भएको आयोजक वडा नम्बर ६ को टिमले नगद १५ हजार रुपैयाँसहित मेडल , ट्रफी र प्रमाण पत्र प्राप्त गरेको थियो ।