देश

अनुमानित आन्तरिक राजश्व संकल्न नहुँदा चौदण्डीगढी नगरपालिकामा संचालित कार्यक्रमहरु प्रभावित

अनुमानित आन्तरिक राजश्व संकल्न नहुँदा चौदण्डीगढी नगरपालिकामा संचालित कार्यक्रमहरु प्रभावित

देश, मुख्य खबर, स्थानीय
                                     चौदण्डीगढी नगरपालिकामा अनुमानित आन्तरिक राजश्व संकल्न नहुँदा नगरपालिकाबाट संचालित कार्यक्रमहरु प्रभावित बनेको छ । अनिवार्य दायित्व अन्तर्गतको निजामति र करार तथा ज्यालादारी सेवातर्फका कर्मचारीहरुले २ महिनादेखीको तलव पाएका छैनन् भने स्वास्थ्य, पशु, शिक्षा लगायत अन्य क्षेत्रका कर्मचारीहरुले लामो समयदेखीको भत्ता नपाएको गुनासो गरेका छन् । तलव भत्तामै समस्या देखिएपछि कर्मचारीहरुमा उत्साह हराएको छ भने गरिसकेको कामको भत्ता पाउने नपाउने टुङ्गो नहुदाँ नैरासयता उत्पन्न भएको एक कर्मचारीले नाम नउल्लेख नगर्ने शर्तमा बताएका छन् ।                                      नगरपालिकाका लेखा शाखा प्रमुख अमर थापाका अनुसार आन्तरिक राजश्व संकलन नहुँदा २ महिनादेखी निजामति, करार र ज्यालादारीका कर्मचारीले तलव पाएका छैनन् भने स्वास्थ्य , शिक्षातर्फका कार्यक्रमहरु संचालन भएको छैन । त...

चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहालाई ।

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगरपालिकामा सम्पन्न चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहाले जितेको छ । युवा तथा खेलकुद बिकास समितको आयोजनामा पुस २ गतेदेखी संचालित प्रतियोगिताको वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा आज भएको फाईनल खेलमा वडा नम्बर १० हडियालाई ३–१ गोल अन्तरले पराजित गर्दे वडा नम्बर ४ बसहाले उपाधी जितेको हो । खेलको शुरुवातमै आत्मघाती गोल गरेर स्तभब्ध भएको हडियाको टिम सम्हालिएर खेल्न नसक्दा पराजय बेर्होन बाध्य भएको छ । खेलको ४ मिनेट मै हडियाका जर्सी नम्बर १२ का शेखरमणि राउतले कर्नर बचाउनेक्रममा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । एक गोलले पछि परेको हडिया त्यसपछि भने लय समाउन सकेन । खेलको १८ औं मिनेटमा बसहाका जर्सी नम्बर ७ का प्रदिप कार्कीले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । खेलको २५ औं मिनेटमा हडियाका जर्सी नम्बर ११ का विनोद केसीले एक गोल फर्क...
झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते ।

झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते ।

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते भएका छन् । आज बिहान सवा ११ बजे झोडापाटास्थित स्वर्गीय मदन भण्डारी लोकमार्गमा बेल्टारबाट रामपुर जार्दै गरेको प्र ३०३ प २४७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको स१ह नम्बरको टेम्पो एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ भोटर साईकल चालक मकवानपुर जिल्ला स्वर्गदुवारी नगरपालिकन ८ हेटौडा बस्ने बर्ष २६ को दिपक अधिकारी र टेम्पोमा सवार चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ झोडापाटाकी बर्ष ४० की मनु कार्की र बर्ष १९ की नेहा कार्की घाईते भएका छन् । अधिकारीको छातीमा गम्भिर चोट लागेको र बाँया हात भाचिएको प्रहरीले जनाएको छ । यस्तै नेहा कार्कीको वाँया खुट्टा भाचिएको छ । अधिकारी र कार्कीलाई थप उपचारको लागि धरानस्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठान पठाइएको छ भने मनु कार्कीको टाउकोमा चोट लागेको र चौदण्डीगढी हस्पिटल बे...

चौदण्डीगढी नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ४ फाईनलमा प्रवेश ।

खेलकुद, देश, मनोरन्जन, मुख्य खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर ६ लाई ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । वडा नम्बर ४ को जीतमा जर्सी नम्बर १७ का सागर राई नायक सावित भएका थिए । उनले हयाट्रीक पुरा गरेका थिए । खेलको १५ औ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै वडा नम्बर ४ का जर्सी नं ८ का नवल तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३० औं मिनेटमा गोल गरेका वडा नम्बर ४ का जर्सी नम्बर १७ का सागर राई पहिलो हापको ईन्जुरी समयमा थप एक गोल गर्दै टिमको अग्रता ३–० मा पुर्याएका थिए । पहिलो हापमा ३–० ले पछि परिरहेको वडा नम्बर ६ ले दोश्रो हापमा केही सुधारिएको खेल प्रदर्शन गरेको थियो । खेलको ४८ औं मिनेटमा वडा नम्बर ...

नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ को क्षेत्रिय सम्मेलन आगामी माघ २० र २१ गते बेल्टारमा हुने ।

देश, बिबिध, लाइभ खबर, स्थानीय
नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ कार्यसमितीको बैठकले आगामी माघ २० र २१ गते क्षेत्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित क्षेत्रिय कार्यालय बिपी भवनमा भएको बैठकले नेपाली कांग्रेसको बिधानअनुसार प्रत्येक बर्ष गर्नु पर्ने सम्मेलन माघ २० र २१ ग्ते बेल्टारमा गर्ने निर्णय गरेको हो । नेपाली कांग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राईले दिएको जानकारी अनुसार आज बसेको बैठकले मंसिर ४ गते भएको प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्म्ेदवारहरुलाई बिजयी बनाउन मतदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको बताएका छन् । यस्तै केन्द्रीय र जिल्लाको परिपत्र अनुसार यसअघि वडा र नगरले निर्वाचनमा असहयोग गर्नेहलाई कारवाही गर्न गरेको सिफारिसलाई कार्यान्वयनका लागि जिल्लामा लेखी पठाउने निर्णय पनि गरेको क्षेत्रिय सभापति राईले बताएका...

आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को तेस्रो दिन पहिलो खेल NSYC बेल्हा र मोतीगढा FC, दोस्रो खेल लक्ष्मिपुर एफ सि र ज्यामिरे एफ सि बिच सम्पन्न

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को तेस्रो दिन पहिलो खेल NSYC बेल्हा र मोतीगढा FC भएको पहिलो खेलमा मोतिगडा एफ सि २ गोलले बिजय भयेको छ | खेलको पहिलो हाफ गोलरहित भयेको थियो भने दोस्रो हाफको ४२औ मिनेटमा मोतिगडा एफ सि को जर्सि नम्बर १७ को कृष्ण चौधरी ले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलायेको थियो, त्यसैगरी मोतिगडा एफ सि कै जर्सि नम्बर २७ को राधे चौधरी ले ५६ औ मिनेटमा दोस्रो गोल गर्दै टिमलाई जित दिलाए | त्यसैगरी दोस्रो खेल लक्ष्मिपुर एफ सि र ज्यामिरे एफ सि बिच भएको थियो  खेल सुरु भएको २ मिनेट मै लक्ष्मिपुर एफ सि को जर्सि नम्बर १९ को समोज चौधरी ले १ गोल गरेको थियो भने खेलको दोश्रो हाफ को ४५औ मिनेटमा जर्सि नम्बर ८ को देवराज चौधरी ले अर्को थप गोल गरेर टिमलाई अग्रता दिलायेको थियो त्यसैगरि लक्षमिपुर कै जर्सि नम्बर ११ को पृतम चौधरीले खेलको ५० .मिनेटमा तेस्रो गोल गरेक...

आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को दोस्रो दिन पहिलो खेल कलिका युवा क्लब(आयोजक) र पोर्ताहा क्लब पोर्ताहा बिच र दोस्रो खेल बसहा क्लब र लक्ष्मीपुर क्लब बिच सम्पन्ना

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को दोस्रो दिन पहिलो खेल कलिका युवा क्लब(आयोजक) र पोर्ताहा क्लब पोर्ताहा बिच र दोस्रो खेल बसहा क्लब र लक्ष्मीपुर क्लब बिच भएको छ ! आयोजक कालिका एफ सि र पोर्ताहा एफ सि बीच को निर्धारित  समय भित्र कुनै पनि गोल हुन नसके पश्चात खेल टाई ब्रेकर मा पुगी  ४-२ गोल गर्दै आयोजक कलिका फ सी बिजय भएको छ । आजै भएको दोश्रो खेलमा जन ज्योति युवा क्ल्ब बसहा र लक्ष्मीपुर एफ सि बिच सम्पन्न भएको खेलमा लक्ष्मीपुर एफ सि ३-१ ले बिजय भएको छ। लक्ष्मिपुर को तर्फबाट जर्सि नम्बर १७ का जय किशोर चौधरी ले पहिलो हाफको ११ मिनेटमा गोल गरेको छ भने दोस्रो गोल जन ज्योति क्ल्ब बसहाको जर्सि नम्बर ८ को सुनिल चौधरी ले २० मिनेटमा आत्मघाती गोल गरेको छ । त्यस्तै दोस्रो हाफको ३५ मिनेटमा लक्ष्मिपुर एफ सि को तर्फबाट जर्सि नम्बर ४ को लक्ष्मि चौधरी ले गोल गरेर ...
नेपाली कांग्रेसको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि परेन ।

नेपाली कांग्रेसको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि परेन ।

देश, मुख्य खबर
नेपाली कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा उदयपुरबाट एक जनाको नाम पनि समाबेश गरिएको छैन । नेपाली कांग्रेस उदयपुरको भदौं १८ गते सम्पन्न जिल्ला समितिको बैठकले संघ र प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी ११८ जनको नाम सिफारिस गरेको थियो भने संघतर्फ समानुपातिकका लागि झण्डै २ दर्जन नेताहरुको नाम सिफारिस गरेर पठाएको थियो । बैठकले उदयपुर क्षेत्र नम्बर १ बाट समानुपातिक तर्फ सत्यनारायण चौधरी, लिलाकुमारी राई, बिरेन्द्रकुमार बस्नेत, बेचुदास चौधरी, हिरालाल ठाकुर, कलावती चौधरी, सरस्वती महतरा, सत्यनारायण झा, हिरामान मोते र मोहमद इलियास मियाँको नाम सिफारिस गरेको थियोे । यस्तै प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट समानुपातिक तर्फ अर्जुनकुमार खड्का, आङपाल्दे शेर्पा, नारायण बहादुर कार्की, निर्मला न्यौपाने, पार्वती राई, पदमराज कार्की, शिवकुमार कटुवाल, हरि बहादुर खड्का, हेर...
आगामी निर्वाचनमा उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका उम्मेदवारले  ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने ।

आगामी निर्वाचनमा उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ प्रत्यक्षतर्फका उम्मेदवारले ३१ लाख रुपैयाँसम्म खर्च गर्न पाउने ।

देश, लाइभ खबर
निर्वाचन आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २४ बमोजिम प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि हिजो राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हद तोकेको छ । निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारले निर्वाचनमा गर्न पाउने खर्चको अधिकतम हदको सुत्र अनुसार उदयपुर प्रतिनीधि सभा क्षेत्र नम्बर १ का उम्मेदवारले प्रत्यक्षतर्फ ३१ लाख रुपैयाँ खर्च गर्न पाउने भएका छन् भने प्रतिनीधि सभा क्षेत्र नम्बर २ का उम्मेदवारले प्रत्यक्षतर्फ २९ लाख रुपैयासम्म खर्च गर्न पाउने भएका छन् । त्यस्तै समानुपातिक तर्फ उम्मेदवार भएकाहरुले प्रत्येकले २ लाख रुपैयाँसम्म खर्च गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । त्यस्तै उदयपुरका दुबै क्षेत्रबाट प्रदेश सभामा प्रत्यक्षतर्फ उम्मेदवार हुनेले १९ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछने भने समानुपातिकमा नाम भएमा उम्मेदवारले अधिक्तम १ लाख ५० हज...

दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको :प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई

देश
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले दलहरूले निर्वाचन अगाडि गरेका प्रतिबद्धतालाई कार्यान्वयन गराउन नखोज्दा प्रदेशको नामकरण नभएको बताएका छन् । आज विराटनगरमा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले ’निर्वाचन अगाडि जे प्रतिबद्धताका साथ जुन नाम राख्छु भनेर दलहरूले भोट मागे र चुनाव जिते , अहिले त्यो प्रतिबद्धताअनुसार नाम राख्न नमान्दा समस्या भएको बताएका छन् । उनले कांग्रेसले पनि पहिचान भेटिने कुरा खोजेर पछि हटेको र एमालेले किराँत कोसी प्रदेश राख्ने भनेर चुनाव जिते पनि नाम राख्ने बेलामा पछि हटेको आरोप लगाएका छन् । यस्तैे मुख्यमन्त्रीको क्षमता र असमक्षतासँग प्रदेशको नामकरणको विषय नजोडिएको मुख्यमन्त्री राईको भनाई छ ।...