नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ को क्षेत्रिय सम्मेलन आगामी माघ २० र २१ गते बेल्टारमा हुने ।

नेपाली कांग्रेस उदयपुर क्षेत्र नम्बर १ कार्यसमितीको बैठकले आगामी माघ २० र २१ गते क्षेत्रिय सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित क्षेत्रिय कार्यालय बिपी भवनमा भएको बैठकले नेपाली कांग्रेसको बिधानअनुसार प्रत्येक बर्ष गर्नु पर्ने सम्मेलन माघ २० र २१ ग्ते बेल्टारमा गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका क्षेत्रिय सभापति खगेन्द्र राईले दिएको जानकारी अनुसार आज बसेको बैठकले मंसिर ४ गते भएको प्रतिनीधि सभा तथा प्रदेश सभा निर्वाचनमा वाम लोकतान्त्रिक गठबन्धनका उम्म्ेदवारहरुलाई बिजयी बनाउन मतदान गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको बताएका छन् । यस्तै केन्द्रीय र जिल्लाको परिपत्र अनुसार यसअघि वडा र नगरले निर्वाचनमा असहयोग गर्नेहलाई कारवाही गर्न गरेको सिफारिसलाई कार्यान्वयनका लागि जिल्लामा लेखी पठाउने निर्णय पनि गरेको क्षेत्रिय सभापति राईले बताएका छन् ।