आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को दोस्रो दिन पहिलो खेल कलिका युवा क्लब(आयोजक) र पोर्ताहा क्लब पोर्ताहा बिच र दोस्रो खेल बसहा क्लब र लक्ष्मीपुर क्लब बिच सम्पन्ना

आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को दोस्रो दिन पहिलो खेल कलिका युवा क्लब(आयोजक) र पोर्ताहा क्लब पोर्ताहा बिच र दोस्रो खेल बसहा क्लब र लक्ष्मीपुर क्लब बिच भएको छ !


आयोजक कालिका एफ सि र पोर्ताहा एफ सि बीच को निर्धारित  समय भित्र कुनै पनि गोल हुन नसके पश्चात खेल

टाई ब्रेकर मा पुगी  ४-२ गोल गर्दै आयोजक कलिका फ सी बिजय भएको छ ।

आजै भएको दोश्रो खेलमा जन ज्योति युवा क्ल्ब बसहा र लक्ष्मीपुर एफ सि बिच सम्पन्न भएको खेलमा लक्ष्मीपुर एफ सि ३-१ ले बिजय भएको छ।

लक्ष्मिपुर को तर्फबाट जर्सि नम्बर १७ का जय किशोर चौधरी ले पहिलो हाफको ११ मिनेटमा गोल गरेको छ भने

दोस्रो गोल जन ज्योति क्ल्ब बसहाको जर्सि नम्बर ८ को सुनिल चौधरी ले २० मिनेटमा आत्मघाती गोल गरेको छ ।

त्यस्तै दोस्रो हाफको ३५ मिनेटमा लक्ष्मिपुर एफ सि को तर्फबाट जर्सि नम्बर ४ को लक्ष्मि चौधरी ले गोल गरेर ३-० ले अग्रता लिए भने खेलको ४६औ मिनटमा  जन ज्योति बसहा को तर्फबाट ….जर्सि नम्बर  ७ को सुरेश चौधरी ले  गोल  गरेको थियो।

 

 

त्यसै गरी १३ गते आईतबारको पहिलो खेल NSYC बेल्हा VS मोतिगडा एफ सि बिच र दोश्रो खेल लक्ष्मिपुर एफ सि VS ज्यामिरे एफ सि बिच हुने भएको छ।