माओवादी केन्द्रद्वारा चौदण्डीगढी नगरपालिकामा सार्वजनिक हितका गतिबिधीहरु संचालन ।
“जन–जनमा माओवादी, घर–घरमा माओवादी“ भन्ने जनतासङ्ग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिकामा पनि नेकपा माओवादी केन्द्रले सार्वजनिक हितका गतिबिधीहरु संचालन गरिरहेकोे छ । अभियान अन्तर्गत आज संविधान दिवसको अवसरमा चौदण्डीगढी नगरपालिकामा नगर पार्टी कमिटी, वडा कमिटीहरु र वाईसीसयलको संयुक्त सक्रियतामा बेल्टार बजार र भुल्केबीचको मदन भण्डारी लोकमार्गमा पर्ने सेल्फी रोड वरिपरिका झाडी फडानी गरि सरसफाई गरिएको छ । ३ महिने अभियान अन्तर्गत जनताका गुनासोहरु सुन्ने, पार्टी गतिबिधि बारेमा सुनाउने, जनतालाई पार्टीसंग जोड्ने, सार्वजनिक हितमा गतिबिधीहरु संचालन गर्ने नीति अनुसार आज सो क्षेत्रको सरसफाई गरिएको माओवादी केन्द्र नगर कमिटीकी उपाध्यक्ष हिरा थापाले बताएकी छिन् ।
भदौ १६ गते प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेकोे अभियान अन्तर्गत माओवादी पार...







