स्थानीय

बजार ब्यबस्थापन समितिले सहयोग नगरेपछि ट्राफिक ब्यबस्थापनमा ब्यापारीको प्रहरीलाई सहयोग ।

बजार ब्यबस्थापन समितिले सहयोग नगरेपछि ट्राफिक ब्यबस्थापनमा ब्यापारीको प्रहरीलाई सहयोग ।

बिबिध, लाइभ खबर, स्थानीय
३० चैत्र २०८०, सन्तोष कुमार रौनियार… बजार ब्यबस्थापन समितिले सहयोग नगरेपछि उदयपुरको बेल्टार बजारका ब्यापारी ब्यबसायीले ट्राफिक ब्यबस्थापनमा प्रहरीलाई सहयोग गरेका छन् । चौदण्डीगढी नगरपालिकाको ब्यापारिक तथा प्रशासनिक केन्द्र बेल्टार बजारको ट्राफिक ब्यबस्थापन गरी दुघर्टना न्युनीकरणमा सहयोग पुर्याउने उदेश्यले बेल्टार बजारका ब्यापारी ब्यबससायीले सहयोग गरेका हुन् । पटक पटक चौदण्डीगढी नगर बजार ब्यबस्थापन समितिका अध्यक्ष बिकास बन्जरा तथा अन्य पदाधिकारीहरुलाई सहयोगका लागि आग्रह गर्दा पनि नसुनेपछि ब्यापारी ब्यबसायीले ४९ हजार रुपैयाँ संकलन गरेर बजार क्षेत्रको लाफा चौकदेखी पुष्पलाल चौकसम्म र बेल्टार बसपार्कदेखी वडा नम्बर ६ को राजकुमार खड्काको घरसम्मको कालेपत्रे मुल सडकमा क्याट आई राख्न सहयोग गरेका हुन् । आज १०० थान क्याट आई सडकमा बिछ्याइएको र थप ५० थान क्याट आई खरिद गरी वडा नम्बर ७ को लाटी ...
शिक्षा शाखाको निर्णयले चौदण्डीगढीका बिद्यालयहरुलाई राहत !

शिक्षा शाखाको निर्णयले चौदण्डीगढीका बिद्यालयहरुलाई राहत !

देश, लाइभ खबर, स्थानीय
२८ चैत्र २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा संचालित कक्षा ८ को नगरस्तरीय परीक्षाको नतिजा निरासाजनक भएपछि नगर शिक्षा समितिले ग्रेड बृद्धीका लागि पुरक परिक्षा संचालन गर्ने भएको छ । नगर शिक्षा समितिको चैत्र २६ गते बसेको बैठकले गत चैत्र ४ गतेदेखी १० गतेसम्म संचालित कक्षा ८ को नगर स्तरीय परीक्षाको नतिजामा एनजी (नन ग्रेडिङ्ग) आएका बिद्यार्थीहरुलाई यस पटकका लागि मात्र ग्रेड बृद्धी परीक्षामा सहभागी हुने मौका दिने निर्णय गर्दै आगामी बैशाख ३ गतेभित्रमा बिद्यार्थीहरुको विवरण शाखामा उपलब्ध गराउन बिद्यालयहरुलाई आग्रह गरेको छ । नगरपालिकाले गत चैत्र ४ गतेदेखी १० गतेसम्म १४ वटा सेन्टरमा संचालन गरेको कक्षा ८ को परिक्षामा सामुदायिक सरकारी बिद्यालय २९ र संस्थागत बोडिङ्ग स्कुल १३ वटा गरी जम्मा ४२ वटा बिद्यालयका ९८१ जना बिद्यार्थी सहभागी थिए । जसमा संस्थागत बिद्यालयका २०८ जनामध्...
बर्खेडाँडा, समी चोक, मकमडाँडा हुदै कुसुमचौरी जोड्ने बाटो कालोपत्रे हुने ।

बर्खेडाँडा, समी चोक, मकमडाँडा हुदै कुसुमचौरी जोड्ने बाटो कालोपत्रे हुने ।

लाइभ खबर, स्थानीय
१८ चैत्र २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ स्थित बर्खेडाँडा, समी चोक, मकमडाँडा हुदै कुसुमचौरी जोड्ने बाटो कालोपत्रे हुने भएको छ । चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले आज नारद आदर्श चौक बर्खेडाँडामा आयोजित एक कार्यक्रममा योजनाको शिलान्यास गरेका छन् । बर्खेडाँडा, समी चोक, मकमडाँडा हुदै कुसुमचौरी रोड स्तरोन्नती अन्तर्गत बाटो कालोपत्रे हुन लागेको हो । बाटो कालेपत्रे गर्ने कार्यको जिम्मेबारी वडा नम्बर ४ कै चौदण्डीगढी निमार्ण कम्पनी प्रा.ली ले पाएको छ । भ्याटसहित १ करोड १६ लाखमा खुलेको टेण्डर निमार्ण कम्पनीले ४२.५ प्रतिशत कमका ६७ लाख २ हजार २ सय २२ रुपैयाँ १० पैसामा सकारेको थियो । चैत्र १५ गते ठेक्का सम्झौता भएको योजनाको निमार्ण सम्पन्न गरिसक्नुपर्ने मिति २०८१ साल आसाढ १५ गतेसम्म रहेको छ । बाटोको चौडाई ४ मिटर, लम्बाई १८ सय ३५ मिटर रहेको छ भन...
नेकपा एमाले उदयपुरको जिल्ला अध्यक्षमा भागवत राउत निर्वाचित / उपाध्यक्षमा कालुमान लामा १ मत अन्तरले विजयी ।

नेकपा एमाले उदयपुरको जिल्ला अध्यक्षमा भागवत राउत निर्वाचित / उपाध्यक्षमा कालुमान लामा १ मत अन्तरले विजयी ।

देश, मुख्य खबर, स्थानीय
१५ चैत्र २०८०, सन्तोष कुमार रौनियार… नेकपा एमाले उदयपुरको जिल्ला अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् । मतगणनापछि आज साँझ घोषणा गरिएको अन्तिम मत परिणाम अनुसार जिल्ला अध्यक्षका उम्मेदवार राउतले ३४४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी निबर्तमान जिल्ला अध्यक्ष परमेश्वर घिमिरेले २३० मत प्राप्त गरेका छन् । यस्तै जिल्ला उपाध्यक्ष पदमा निबर्तमान जिल्ला सचिव तथा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामा १ मतको अन्तरले निर्वाचित भएका छन् । लामाले १९२ मत ल्याएर निर्वाचित भएका छन् भने उपाध्यक्ष पदका अर्का उम्मेदवार दिल बहादुर तामाङ्गले १९१ र भरत बहादुर थापाले १३७ मत प्राप्त गरेका छन् । सचिव पदमा भने निवर्तमान जिल्ला सचिव टेक बहादुर राउतले बाजी मारेका छन् । राउतले १९१ मत ल्याउदै निर्वाचित भएका छन् भने शम्भु पौडेलले १८३ र महेश रोकाले १४० मत प्राप्त गरेका छन् । ...
एमाले जिल्ला अध्यक्षका लागि परमेश्वर घिमिरे र भागवत राउतबीच प्रतिस्पर्धा हुने ।

एमाले जिल्ला अध्यक्षका लागि परमेश्वर घिमिरे र भागवत राउतबीच प्रतिस्पर्धा हुने ।

देश, लाइभ खबर, स्थानीय
१४ चैत्र २०८०, सन्तोष कुमार रौनियार… नेकपा एमाले उदयपुरको ९ औं जिल्ला अधिवेशनमा जिल्लाको नेतृत्वका लागि बर्तमान अध्यक्ष परमेश्वर घिमिरे र भागवत राउतबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि केन्द्रीय नेताहरुको दवावकाबीच पनि नेतृत्व सर्वसम्मत गर्ने बिषयमा सहमति नभएपछि जिल्लाको नेतृत्व चुनावी प्रतिस्पर्धाबाट नै टुङ्गो लाग्ने भएको छ । चुनावी प्रतिस्पर्धाका लागि ५ जनाले अध्यक्षमा नाम मनोनयन गराएको भए पनि ३ जनाले नाम फिर्ता लिएपछि घिमिरे र राउतबीच प्रतिस्पर्धा हुने भएको छ । अध्यक्षमा मनोमयन दर्ता गराएका बिमल कार्की, गोपाल बहादुर खत्री र खड्ग बहादुर परियारले नाम फिर्ता लिएपछि २ जनाबीच प्रतिस्पर्धा हुन लागेको हो । यस्तै उपाध्यक्षमा दिल बहादुर तामाङ्ग, भरत बहादुर थापा र कालुमान लामाबीच प्रतिस्पर्धा हुने भएको छ भने सचिव पदमा टेकबहादुर राउत, शम्भु पौडेल र महेश रोक्का चुनावी प्रतिस्पर्धामा छन् ...
२८ घर भूमिहिन दलित , भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण ।

२८ घर भूमिहिन दलित , भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण ।

देश, लाइभ खबर, स्थानीय
१२ चैत्र २०८०, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिका वडा नम्बर २ स्थित झोडापाटा र चारघरे बस्तीका २८ घर भूमिहिन दलित , भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । हिजो झोडापाटास्थित वडा नम्बर २ को कार्यालय परिसरमा वडा कार्यालयको समन्वय र नगरपालिकाको आयोजनामा भएको भुमीहिन दलित, भुमिहिन सुकुम्बासीका लागि निशुल्क जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रममा २ नम्बर वडाका २८ घर भूमिहिन दलित , भूमिहीन सुकुम्बासी परिवारलाई अधिक्तम एक कठ्ठा जग्गा हुनेगरी लालपुर्जा वितरण गरिएको हो । गत भदौ महिनामा नै झोडापाटा र चारघरे बस्तीका भूमिहिन दलित परिवारको नाममा पुर्जा बनिसकेको भएपनि जिल्लास्थित भुमी आयोग र चौदण्डीगढी नगरपालिकाबीचको रस्साकस्सीका कारण हिजो मात्र लालपुर्जा वितरण गरिएको हो । भुमी आयोगले नगरपालिकाको आयोजनामा जग्गा वितरण गर्न खोजेकोमा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लाम...
राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटिको अध्यक्षमा भुवन राई सर्वसम्मत चयन ।

राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटिको अध्यक्षमा भुवन राई सर्वसम्मत चयन ।

मुख्य खबर, स्थानीय
१० चैत्र २०८०, सन्तोष कुमार रौनियार… राष्ट्रिय युवा संघ नेपाल चौदण्डीगढी नगर कमिटिको तेस्रो अधिवेशन आज चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ बर्खेडाँडामा सम्पन्न भएको छ । संघका केन्द्रिय कोषाध्यक्ष राकेश राईको प्रमुख आतिथियतामा आज सम्पन्न भएको अधिबेशनले भुवन राईको अध्यक्षतामा ४७ सदस्य कार्य समिति सर्वसम्मत चयन गरेको छ । यस्तै अधिबेशनले उपाध्यक्षमा रन्जित चौधरी , अम्मेबर राई , सचिवमा सुमन खड्का, उप सचिवमा माया विश्वकर्मा र सबिन कार्की, त्यस्तै कोषाध्यक्षमा शिवु चौधरी र प्रबक्तामा निनाम राई , संगठन बिभाग प्रमुखमा खड्ग बहादुर राई, युथ फोर्स प्रमुखमा अजय श्रेष्ठ, साईबर सर्कल प्रमुखमा माधव खड्का, युवा विज्ञ प्रमुखमा राजिन खत्री, त्यस्तै महिला बिभाग प्रमुखमा मेनुका खड्का र महिला बिभाग उप प्रमुखमा ओसिन राई लगाएत ४७ सदस्य कार्य समिति गठन गरेको छ । यसअघि आजै भएको अधिवेशनको उद्घाटन सत्रलाई सम्बोध...
आधारभुत नगर अस्पताल बेल्टारकोे आफ्नै फार्मेशी सेवा आजदेखी संचालनमा ।

आधारभुत नगर अस्पताल बेल्टारकोे आफ्नै फार्मेशी सेवा आजदेखी संचालनमा ।

देश, लाइभ खबर, स्थानीय
  ०८ चैत्र २०८०, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ स्थित आधारभुत नगर अस्पताल बेल्टारले आजदेखी आफ्नै फार्मेशी सेवा संचालनमा ल्याएको छ । अस्पतालको आफ्नै फार्मेशी संचालनमा आएपछि अब नियमितरुपमा औषधीको उपलब्धता हुने स्वास्थ्य नगर शाखाका प्रमुख श्रीकान्त चौधरीले जानकारी दिएका छन् । अस्पतालले औषधी सप्लायर्सका रुपमा सुनसरीको न्यू संगीता मेडिकल हल र उदयपुरको त्रियुगा नगरपालिकाको लोटस फार्मेशीसंग सम्झौता समेत गरेको छ भने फार्मेशी संचालनका लागि ३ जना नयाँ फर्मासिस्ट कर्मचारी समेत भर्ना गरेको छ । अस्पतालका सुचना अधिकारी मदन कार्कीले विमाको औषधी धेरैसम्म उपलब्ध भैसकेको र अबको १०–१५ दिनमा विरामीले जुन कम्पनीको औषधी खाने गरेका छन् त्यही कम्पनीको नै औषधी उपलब्ध गराउने बताएका छन् । यसअघि अस्पताल परिसरमा संचालित फार्मेशीका संचालकले डाक्टरले लेखेको भन्दा भिन्न कम्पनीको ...
चौदण्डीगढी नगरपालिकाले बोडिङ्ग स्कुलहरुको नियमन तथा ब्यबस्थापन गर्ने ।

चौदण्डीगढी नगरपालिकाले बोडिङ्ग स्कुलहरुको नियमन तथा ब्यबस्थापन गर्ने ।

देश, लाइभ खबर, स्थानीय
२ चैत्र २०८०, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाले नगरमा संचालित संस्थागत बिद्यालय, बोडिङ्ग स्कुलहरुको नियमन तथा ब्यबस्थापन कार्यलाई अगाडी बढाउने निर्णय गरेको छ । नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा फागुन २९ गते बसेको नगर शिक्षा समितिको बैठकले संस्थागत बिद्यालयहरुलाई नियमन तथा ब्यबस्थापन गर्ने गरी फागुन २७ गते शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामेश्वर कुवँरको अध्यक्षतामा संस्थागत बिद्यालयका प्रधानाध्यपकहरुसंग बसेको बैठकले गरेको निर्णयलाई लागु गर्ने निर्णय गरेको छ । फागुन २७ गते शाखा प्रमुख रामेश्वर कुवँरको अध्यक्षतामा बसेको बैठकले संस्थागत बिद्यालयले उपलब्ध गराउनुपर्ने १० प्रतिशत छात्रवृती सम्बन्धमा छलफल गर्दै संस्थागत बिद्यालयहरुको जम्मा बिद्यार्थी संख्याको परीक्षा, भर्ना, मासिक शुल्कको १० प्रतिशत छात्रवृती मध्ये कुल रकमको १० प्रतिशतलाई १०० प्रतिशत मानी बिद्यालयबाट ६६...
बेल्टार बजारको फोहरमैला ब्यबस्थापन अझै अनिश्चित ।

बेल्टार बजारको फोहरमैला ब्यबस्थापन अझै अनिश्चित ।

मुख्य खबर, स्थानीय
२९ फागुन २०८०, सन्तोष कुमार रौनियार… विगत ३ महिनादेखी नउठिरहेको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारको फोहर तत्काल उठने लक्षण देखिएको छैन । गर्मी मौसमको शुरुवात हुदै गएको र बजार क्षेत्रमा जताततै फोहर अब्यबस्थितरुपमा फालिएकोले कुनै पनि बेला संक्रामक रोगको प्रकोप हुने देखिएको छ । नगरको १० वटा वडा मध्ये वडा नम्बर ६ र ७ मा रहेको नगरको प्रशासनिक तथा ब्यापारिक केन्द्र बेल्टार बजारमा जताततै देखिएको फोहरले बजारको सुन्दरतामा हा्रस त पुर्याएको नै छ त्यसमाथी ३ महिनादेखी फोहर नउठ्दा जिम्मेवार निकाय र पदाधिकारीमाथी पनि प्रश्न उठाएको छ । बजारको फोहर ब्यबस्थापनका लागि नगरमा क्रियाशिल दलहरुले बिज्ञप्ती जारी गरेर वडा र नगरको ध्यानाकर्षण गराईसकेका छन् । चौक चौकमा फोहरको बिषयमा छलफल भए पनि यसको ब्यबसथापन हुन सकेको छैन । केही समय पहिले वडा नम्बर ६ को कार्यालय सिर्वानीमा वडा अध्यक्ष अम्बर बहादुर खड्काको ...