स्थानीय

गाविस खानेपानी सरसफाई उपभोक्ता समितिको बिधान पारित ।

गाविस खानेपानी सरसफाई उपभोक्ता समितिको बिधान पारित ।

लाइभ खबर, स्थानीय
२२ बैशाख २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाकै सबैभन्दा पुरानो खानेपानी योजना रहेको गाविस खानेपानी सरसफाई उपभोक्ता समितिले समितिलाई बैधानिक तवरले संचालन गर्न बिधान मस्यौदा निमार्ण गरी उपभोक्ताको भेलाबाट पारित गरेको छ । आज बेल्टार बजारस्थित वडा नम्बर ७ को कार्यालय प्रारंगमा भएको आम भेलाले बिधान पारित गरेको हो । बि.स. २०३५ सालमा अमेरिकी सहयोग संस्था युनिसेफको लगानी तथा स्थानीय बासिन्दाको पहलमा निमार्ण भएको संस्थाको बिधान नभएकाले नियम संगत अनुसार संचालन हुनसकेको थिएन ।साविकको बेल्टार, सिद्धिपुर, चौदण्डी गाविसमा सार्वजनिक धाराहरुको माध्यमबाट स्वच्छ खानेपानी वितरण गरिरहेको योजना लामो समयदेखी जिर्ण अबस्थामा संचालनमा रहेको छ । योजनाले वितरण गरेको सार्वजनिक धाराहरु ब्यक्तिले कब्जा गरेका छन् भने कतिपय धाराहरु हराईरहेको अबस्था छ । योजनालाई ब्यबस्थित र बैधानिक तवरले संचालन गर्न...
चौदण्डीगढीमा भोलीदेखी कक्षा ८ को ग्रेडबृद्धी परीक्षा संचालन हुदै ।

चौदण्डीगढीमा भोलीदेखी कक्षा ८ को ग्रेडबृद्धी परीक्षा संचालन हुदै ।

मुख्य खबर, स्थानीय
२१ बैशाख २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकामा भोली (शनिवार)देखी कक्षा ८ को ग्रेडबृद्धी परीक्षा संचालन हुदैछ । चौदण्डीगढी नगरपालिकामा संचालित कक्षा ८ को नगरस्तरीय परीक्षाको नतिजा निरासाजनक भएपछि नगर शिक्षा समितिले ग्रेड बृद्धीका लागि पुरक परिक्षा संचालन गर्ने निर्णय गरेको थियो । नगर शिक्षा समितिको चैत्र २६ गते बसेको बैठकले गत चैत्र ४ गतेदेखी १० गतेसम्म संचालित कक्षा ८ को नगर स्तरीय परीक्षाको नतिजामा एनजी (नन ग्रेडिङ्ग) आएका बिद्यार्थीहरुलाई यस पटकका लागि मात्र ग्रेड बृद्धी परीक्षामा सहभागी हुने मौका दिने निर्णय गर्दै बिद्यार्थी फेल भएको सबै विषयमा पुरक परीक्षा संचालन गर्ने निर्ण गरेको थियो । नगरपालिकाले गत चैत्र ४ गतेदेखी १० गतेसम्म १४ वटा सेन्टरमा संचालन गरेको कक्षा ८ को परिक्षामा सामुदायिक सरकारी बिद्यालय २९ र संस्थागत बोडिङ्ग स्कुल १३ वटा गरी जम्मा ४२ वट...
माओवादी कमजोर हुँदा जनताको अधिकार गुम्ने अबस्था आयोः प्रदेश सांसद राजन किराँती बासु

माओवादी कमजोर हुँदा जनताको अधिकार गुम्ने अबस्था आयोः प्रदेश सांसद राजन किराँती बासु

लाइभ खबर, स्थानीय
१४ बैशाख २०८१, सन्तोष कुमार रौनियार…   नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सचिवालय सदस्य एवंम् प्रदेश सांसद राजन किराँती बासुले माओवादी कमजोर हुँदा जनताको अधिकार गुम्ने अबस्था आएको बताएका छन् । आज शनिवार उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारमा भएको पार्टीको पुर्वेली सांगठनिक सुदृढिकरण अभियानमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिदै प्रदेश सांसद किराँतीले माओवादी कमजोर हुँदा संघीयता, धर्म निरपेक्षता र समाबेशिता लगायतका उपलबधी गुम्ने अबस्था आएको दावी गरेका छन् । उनले अहिले माओवादी कमजोर हुँदा दलित, महिला र गरीव वर्गले आफुलाई समेत कमजोर महशुस गरिरहेको बताएका छन् । २०६२/६३ सालको जनआन्दोलनपछि यी वर्गमा देखिएको आत्मबिश्वास माओवादी कमजोर भएसंगै कमजोर भएको दावी किराँतीले गरेका छन् । कार्यक्रममा प्रशिक्षण दिदै प्रदेश सांसद किराँतीले पैसा हुने धनीमानी, टाठाबाँठा, सुकि...
बसहा अजिंगरेस्थित कालिखोलामा कल्भर्टको शिलान्यास ।

बसहा अजिंगरेस्थित कालिखोलामा कल्भर्टको शिलान्यास ।

मुख्य खबर, स्थानीय
१४ बैशाख २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले वडा नम्बर ३ बसहा अजिंगरेस्थित कालिखोलामा निमार्ण हुने कलभर्टको शिलान्यास गरेका छन् । आज शुक्रवार निमार्ण कम्पनी सामाताङ्गे निमार्ण सेवाले एक कार्यक्रमको आयोजना गरेर कलभर्टको शिलान्यास गराएको हो । शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नगरले वडाको विकास निमार्णको कामलाई प्राथमिकतामा राखेको दावी गरेका थिए । उनले सडक, खानेपानी, सिचाईं लगायतको क्षेत्रमा नगरको सधै साथ र सहयोग रहने बताएका थिए । उनले वडामा विपक्षी दलको वडा अध्यक्ष भएता पनि नगरले कुनै पनि प्रकारको भेदभाव नगरेको बताएका थिए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ३ का वडा अध्यक्ष पर्शुराम राईले ठेकेदार कम्पनीले झण्डै ५० प्रतिशत कममा ठेक्का लिएकोले निमार्ण कार्यमा कैफियत हुन सक्ने आशंका गर्दै गुणस्तरीय कामका लागि ठेकेदारल...
देशभरको ७५३ वटै पालिकाहरुमा नेविसंघको ज्ञापन पत्र ।

देशभरको ७५३ वटै पालिकाहरुमा नेविसंघको ज्ञापन पत्र ।

मुख्य खबर, स्थानीय
६ बैशाख २०८१, सन्तोष कुमार रौनियार… नेपाल विद्यार्थी संघ को ५५ औं स्थपना दिबस को अबसर मा नेपाल विद्यार्थी संघ केन्द्रिय कार्यसमिती को निर्देशन अनुसार विद्यार्थीहरुको हकहित र शिक्षा सुधारका लागी देशभरको ७५३ वटै पालिकाहरुमा ज्ञापन पत्र बुझाएको छ । यसै क्रममा केन्द्रीय प्रतिनीधि विशाल गेलालको नेतृत्वमा नेपाल बिद्यार्थीसंघले उदयपुरको बेलका नगरपालिका र चौदण्डीगढी नगरपालिकामा समेत ज्ञापन पत्र बुझाएको छ । केन्द्रीय प्रतिनीधि गेलालको नेतृत्वमा रहेको नेपाल बिद्यार्थी संघका कार्यकर्ताको टोलीले आज रामपुरस्थित बेलका नगरपालिकामा पुगेर नगर प्रमुख अशोक कार्कीलाई र लगतै चौदण्डीगढी नगरपालिका शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरलाई भेटी ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउदै उनीहरुले संघको केन्द्रीय कार्यक्रम अनुसार शिक्षा क्षेत्रको सुधारका लागि १७ बुँदे माग राखीएको जानकारी गराएका थिए । मागपत...
चौदण्डीगढीमा संचालित थप १० वटा बिद्यालयहरुको तह घटुवा , मर्ज तथा खारेजी ।

चौदण्डीगढीमा संचालित थप १० वटा बिद्यालयहरुको तह घटुवा , मर्ज तथा खारेजी ।

लाइभ खबर, स्थानीय
६ बैशाख २०८१, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरमा संचालित थप १० वटा बिद्यालयहरुको तह घटुवा, बिद्यालय मर्ज तथा खारेजी गरेको छ । नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले बिधार्थी संख्या कम भएको, शिक्षक बिद्यार्थी अनुपात नमिलेको बिद्यालयहरुको तह घटुवा, मर्ज तथा खारेजी गरेको हो । खारेजी भएका बिद्यालयहरुमा अधिकांश बालविकास तहका बिद्यालयहरु रहेका छन् । चौदण्डीगढी नगरपालिका वडा नम्बर १ स्थित वालविकास केन्द्र तुर्लुङ्गटार, वालविकास केन्द्र सालघारी, वडा नम्बर ८ स्थित शिखर आधारभुत बिद्यालय शिखपुरमा संचालित वालविकास केन्द्र बन्द गर्ने निर्णय गरेको छ । एता वाल विकास केन्द्रसम्मको मात्र पढाई हुने वडा नम्बर ९ हात्तिसार हडियास्थित राजाजी आधारभुत बिद्यालयलाई जनता मावि हडियामा र वडा नम्बर १० डाँडाटोलस्थित नमुना आधारभुत बिद्यालयलाई शिद्धेश्वरी ...
चौदण्डीगढी नगरपालिकाले ढेलाचौरीमा डम्पिङ्ग साईट निमार्ण गर्ने / सरसफाई शुल्क उठाउने  सर्वदलिय निर्णय।

चौदण्डीगढी नगरपालिकाले ढेलाचौरीमा डम्पिङ्ग साईट निमार्ण गर्ने / सरसफाई शुल्क उठाउने सर्वदलिय निर्णय।

लाइभ खबर, स्थानीय
४ बैशाख २०८१, सन्तोष कुमार रौनियार… चौदण्डीगढी नगरपालिकाले नगरमा संकलन हुने फोहोर मैला ब्यबस्थापनको लागि ढेलाचौरीमा डम्पिङ्ग साईट निमार्ण गर्ने भएको छ । आज नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको नगरमा क्रियाशिल दलहरुको सर्वदलिय बैठकले नगरको फोहर ब्यबस्थापनको लागि वडा नम्बर ६ मा संचालित ज्योति माध्यमिक विद्यालय बेल्टारको नाममा रहेको वडा नम्बर ५ ढेलाचौरीस्थित त्रियुगा नदी उकास जग्गामा डम्पिङ्ग साईट निमार्ण गरी फोहर ब्यबस्थापन गर्ने निर्णय गरेको हो । ढेलाचौरीमा बिद्यालयको नाममा रहेको २३ बिगाहा जग्गामध्ये ४ विगाहा जग्गा ५ बर्षको लागि बार्षिक एक लाख रुपैयाँ भाडा बिद्यालयलाई उपलब्ध गराउने गरी लिजमा लिने र ५ बर्षपछि उक्त बार्षिक भाडामा १० प्रतिशत रकम थप गरी अर्को ५ बर्षको लागि समेत उक्त जग्गाको लिजलाई निरन्तरता दिने निर्णय गरेको छ । यस्तै उक्त ४ बिगाहा जग्गालाई नगरपालिकाले उपयुक्त किस...
संबिधानमा रहेको अधिकारलाई खारेज गर्ने षडयन्त्र भैरहेको छ। :प्रदेश सांसद राजन किराँती

संबिधानमा रहेको अधिकारलाई खारेज गर्ने षडयन्त्र भैरहेको छ। :प्रदेश सांसद राजन किराँती

देश, मुख्य खबर, स्थानीय
३ बैशाख २०८१, सन्तोष कुमार रौनियार… संबिधानमा रहेको अधिकारलाई खारेज गर्ने षडयन्त्र भैरहेकोे कोशी प्रदेशका सांसद राजन किराँतीले बताएका छन् । आज उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ३ हात्तिसारस्थित प्रधान टोलमा समुद्घाटन तथा जग्गा दातालाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी रहेका सांसद किराँतीले बिभिन्न प्रकारका भ्रामक प्रचारबाजी गरेर संबिधानमा रहेको जनताको अधिकार खोस्ने षडयन्त्र भै रहेको बताएका हुन् । तर किराँतीले कस्ले यस्तो षडयन्त्र गरिरहेको छ भन्ने उल्लेख गरेनन् । यस्तै कार्यक्रमलाई सम्बाधेन गर्दै चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले नगरको समृद्धीका लागि नगरमा क्रियाशिल सबै राजनीतिक दलहरु एक ठाँउमा रहेको बताउदै सबै दलको सहमतिमा बिकास निमार्णका कामहरुलाई अगाडी बढाइएको बताएका छन् । वडा नम्बर ३ बिरेन्द्र चौकमा बिद्युतको सव स्टेशन बनाउनका लागि जग्गा प्रा...
थारु भाषा, संस्कृतीको संरक्षणका लागि चौदण्डीगढीमा प्रथम ऐतिहासिक सिरुवा महोत्सव सम्पन्न ।

थारु भाषा, संस्कृतीको संरक्षणका लागि चौदण्डीगढीमा प्रथम ऐतिहासिक सिरुवा महोत्सव सम्पन्न ।

देश, मुख्य खबर, स्थानीय
१ बैशाख २०८१, सन्तोष कुमार रौनियार… थारु भाषा, संस्कृतीको संरक्षण गर्ने उदेश्यले उदयपुरको चौदण्डीगढी नगरपालिकामा प्रथम ऐतिहासिक सिरुवा महोत्सव सम्पन्न भएको छ । थारु संस्कृती संरक्षण संघ नेपाल चौदण्डीगढी नगर समिति र उदयपुर जिल्ला समितिको संयुक्त आयोजनामा वडा नम्बर ९ ज्यामिरेस्थित थानपोखरीमा कार्यक्रम आयोजना गरिएको थियो । थारु कला संस्कृती, भाषा, भेषभुषा, आफ्नो पहिचान संरक्षण सम्बद्र्धनका लागि थारु संस्कृती संघको अभियान भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । थारु कलयाणकारी सभा उदयपुरका पुर्व जिल्ला सभापति तथा त्रियुगा नगरपालिकाका पुर्व मेयर बलदेब चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थारु पौराणिक गीत तथा नृत्यको प्रदर्शन प्रतियोगिता समेत आयोजना गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बलदेव चौधरीले बिभिन्न कारणले थारु समुदाय पछाडी परेको बताउदै समुदायको गत...
श्रीपञ्चमी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न ।

श्रीपञ्चमी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा सम्पन्न ।

मुख्य खबर, स्थानीय
  ३० चैत्र २०८०, सन्तोष कुमार रौनियार… उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टारमा सञ्चालित श्रीपञ्चमी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दोस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । समितिका अध्यक्ष केशव राईको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा समितिको बार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदन लगायतका समितिको गतिविधीका बारेमा जानकारी गराइएको थियो । समितिले हाल १७ सय ८९ धारा संचालन भैरहेको जनाउदै स्वच्छ सफा, शुद्ध खानेपानी उपलब्ध गराउन निरन्तर लागि रहने प्रतिबद्धता जनाएको छ । समितिको गतिबिधीबारे जानकारी गराउदै समितिका अध्यक्ष केशव राईले श्रीपञ्मीस्थित दोश्रो सम्पवेल संचालनमा ल्याइएको, कार्यालय परिसर भित्र रहेको रिजर्भ टयाङ्कीबाट हाङ्गबजार पुर्वहुदै चाम्लिङ्ग चौक, ज्योती मावी स्कुलहुदै बसपार्कसम्म खानेपानीको पाईपलाईन विस्तार गरिएको, अबैधानिक रुपले संचालनमा रहेको धार...