१४ बैशाख २०८१, सन्तोष कुमार रौनियार…

नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सचिवालय सदस्य एवंम् प्रदेश सांसद राजन किराँती बासुले माओवादी कमजोर हुँदा जनताको अधिकार गुम्ने अबस्था आएको बताएका छन् । आज शनिवार उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारमा भएको पार्टीको पुर्वेली सांगठनिक सुदृढिकरण अभियानमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिदै प्रदेश सांसद किराँतीले माओवादी कमजोर हुँदा संघीयता, धर्म निरपेक्षता र समाबेशिता लगायतका उपलबधी गुम्ने अबस्था आएको दावी गरेका छन् । उनले अहिले माओवादी कमजोर हुँदा दलित, महिला र गरीव वर्गले आफुलाई समेत कमजोर महशुस गरिरहेको बताएका छन् । २०६२/६३ सालको जनआन्दोलनपछि यी वर्गमा देखिएको आत्मबिश्वास माओवादी कमजोर भएसंगै कमजोर भएको दावी किराँतीले गरेका छन् । कार्यक्रममा प्रशिक्षण दिदै प्रदेश सांसद किराँतीले पैसा हुने धनीमानी, टाठाबाँठा, सुकिलामुकिलाले राजनीति शासनको गर्नको लागि गर्ने हो तर उतपीडनमा परेका, पछाडी पारिएका, अभावमा रहेकाहरुले राजनीति त्यसबाट मुक्तीका लागि गर्ने बताएका छन् । शासन ब्यबस्थामा परिवर्तण गर्ने हो भने मुक्तिको लागि, सामान्ताका लागि राजनीति गर्नुपर्छ भन्ने मान्यताले राजनीति गर्नुपर्ने किराँतीको भनाई छ । उनले सोचाईमा फरक भएपनि दृष्टीकोणमा भने एकरुपता हुनुपर्ने जनाएका छन् ।
यस्तै प्रदेश सांसद किराँतीले आफु प्रदेश सभामा निर्वाचित भएको डेढ बर्षको छोटो समयमै ५ वटा सरकार ढलेर ६ वटा बन्ने तयारीमा रहेकाले यस्तो अस्थिरताको कारणले सोचे अनुरुप काम गर्न नसकेको बताएका छन् । त्यस्तै उनले आफु प्रचारमुखी ब्यक्ति नभएको तर आफुले गरेको कामको प्रचार समेत नभएकोमा गुनासो गरेका थिए ।
त्यसअघि आजबाट शुरु भएको माओवादी केन्द्रको पुर्वेली सांगठनिक सुदृढिकरण अभियानमा नगरका १० वटै वडाका पार्टीका वडा कमिटी अध्यक्षहरु तथा प्रतिनीधिहरुले वडागत रुपमा पार्टीको गतिबिधी र अबस्थाको बारेमा रिपोटिङ्ग गरेका थिए ।
