चौदण्डीगढी नगरपालिकाद्वारा ढुंगा,गिट्टी, बालुवाको संकलन तथा बिक्रीका लागि बोलपत्र आव्हान ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको आर्थिक वर्ष २०७९÷०८० को लागि ढुंगा,गिट्टी, बालुवाको संकलन तथा बिक्री शुल्क उठाउने ठेक्का बन्दोबस्ती सम्बन्धी ३० दिने बढाबढ बोलपत्र आव्हानको सूचना जारी गरेको छ । नगरपालिकाको बातावरण तथा प्राकृतिक स्रोत सम्बन्धमा ब्यबस्था गर्न बनेको ऐन २०७७ बमोजिम नगरकार्यपालिकाको कार्यालयले प्रारम्भिक बाताबरणीय प्रवाह प्रतिबेदन स्वीकृत भएका स्थानहरुबाट डुंगा, गिट्टी, वालुवाको स्ांकलन तथा बिक्रि शुल्क उठाउने उदेश्यले ईच्छुक फर्म वा कम्पनीहरुबाट बढाबढमा बोलपत्र आबहान गरेको हो । नगरपालिकाको वडा नम्बर ५ र ९ स्थित त्रियुगा खोला तथा वडा नम्बर १० स्थित त्रियुगा देवधार दोभान खोलाबाट ७९ हजार २ सय ६१ घनमिटर वालुवा उत्खन्न, बिक्री बिरतण गर्न १ करोड ३२ लाख, ९३ हजार, ६ सय ५२ रुपैयाँको बोलपत्र आबहान गरेको छ भने वडा नम्बर ५,६,७ ,८ र ९ स्थित द्वारखोला, वडा नम्बर १ र २ स्थित चप्लेटी खो...



