नगर अस्पताल बेल्टारमा सेवासुबिधा थप ।
२३ बैशाख २०८१, सन्तोष कुमार रौनियार…
उदयपुरको चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित रहेको आधारभुत नगर अस्पताल बेल्टारले आफ्नो सेवा सुबिधालाई थप गरेको छ । सेवा सुबिधा थप भएसंगै सामान्य चेकजाँचका लागि अन्त जानु नपर्ने भएको छ । आज अस्पतालको प्रारंगमा अस्पतालका संरक्षक तथा नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका प्रमुख डा. अमृत कर्णले अस्पतालमा विरामीको स्वास्थ्य परिक्षण गर्न अटोम्याटिक ल्याव सिस्टम जडान गरिएको बताउर्दै यसले कम समय मै विरामीको बास्तविक रिपोर्ट प्रदान गर्ने भएकोले यसअघि हुने गरेको ह्युमन ईरर कम हुने बताएका छन् । नगर अस्पतालमा यसअघि ल्याव प्राबिधिकले हातैबाट आबश्यक केमिकल राखेर विरामीको रगत, पिसाव लगायतको परिक्षण गर्ने गरेका थिए । अबदेखी अटोम्याटिक मेशिन जडानपछि सुगरको विरामीको ३ महिने रिपोर्ट दिने HbA1c,थाईराईड, कलेजो, मृगौला लगायतको परिक्षण य...








