मुख्य खबर

११९ जना कर्मचारीको करार अबद्यी नथपेर ज्यालादारीमा काममा लगाउने चौदण्डीगढी नगरपालिकाको निर्णय ।

११९ जना कर्मचारीको करार अबद्यी नथपेर ज्यालादारीमा काममा लगाउने चौदण्डीगढी नगरपालिकाको निर्णय ।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाले नगरपालिकामा कार्यरत ११९ जना कर्मचारीको करार अबद्यी नथपेर ज्यालादारीमा काममा लगाउने निर्णय गरेको छ । गत मंसिर २९ गते बसेको नगर कार्यपालिकाको बोर्ड बैठकले पुर्व गाउँ बिकास समिति, जिल्ला बिकास समिति, बेल्टार – बसहा नगरपालिका हुदाँका बखत नियुक्त भएका कर्मचारी, त्यस्तै प्राबिधिक शाखा, रोजगार शाखा, सरसफाई, बिद्युत हेल्पर, मेडिकल अफिसर बाहेकका यसअघि करारमा कार्यरत ११९ जना कर्मचारीहरुको करार अबद्यी नथपी ज्यालादारीमा बोलाउने निर्णय गरेको हो । उनीहरुलाई माघ १ गतेबाट ज्यालादारीमा बोलाउने निर्णय भएको नगरपालिकाका प्रशासन शाखा अधिकृत जनक लेखीले जानकारी दिएका छन् । नगरपालिकामा स्थायी कर्मचारी ३४ जना जती मात्र छ भने यसअघि करारमा १९२ जना कर्मचारी रहेकोमा ११९ जनालाई ज्यालादारीमा बोलाउने निर्णय भएको लेखीले बताए । यस्तै करारका रहेका कर्मचारीहरुलाई थप दुई महिनाको लागि करार थप गरिएको उ...

बेल्टार बजारस्थिगत पुष्पलाल चौकमा सुबिधा सम्पन्न प्रहरी विटको निमार्ण सम्पन्न ।

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थिगत पुष्पलाल चौकमा सुबिधा सम्पन्न प्रहरी विटको निमार्ण सम्पन्न भएको छ । आज सम्पन्न विट हस्तान्तरण कार्यक्रममा बिट निमार्ण समितिका सचिव गोविन्द थापाले बिटको चावी उदयपुर जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक ज्ञानेन्द्र फुयाललाई हस्तान्तरण गरेका छन् । चौदण्दीगढी नगर बजार ब्यबस्थापन समितिको ५ लाख र ५४ हजार ८ सय ४६ रुपैयाँगरी कुल ५ लाख ५४ हजार ८ सय ४६ रुपैयाको लागतमा निमार्ण भएको पक्की बिटमा एक कोठा र एट्याच ट्वालेट बाथरुम रहेको छ । बिट हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथी रहेका नगर प्रमुख कालुमान लामाले बिकास र समृद्धि सबैको साझा एजेण्डा भएकोले गर्दा यस्ता बिषयमा राजनीति हुननहुने बताउदै आफुले पार्टी नहेरी बिकास निमार्णमा सबैको सहयोगले अगाडी बढ्ने बताएका छन् । आफुहरु भर्खरै निर्वाचित भएर आएकाले कार्यानुभवको अभाव भएता पनि कमजोरीहरुलाई सुधार गर्दै अघि बढिरह...
चौदण्डीगढी नगरपालिकामा बिद्यालय तहबाट नै खेलकुदलाई बिकास गरिने ।

चौदण्डीगढी नगरपालिकामा बिद्यालय तहबाट नै खेलकुदलाई बिकास गरिने ।

खेलकुद, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकामा बिद्यालय तहबाट नै खेलकुदलाई बिकास गर्ने सम्बन्धनमा चौदण्डीगढीनगर युवा तथा खेलकुद बिकास समितिले छलफल अघि बढाएको छ । यसै बिषयमा हिजो नगरपालिकाको सभाहलमा बिधालयमा खेलकुद बिकासका निम्ति विविध विषय माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको समितिका सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् । नगर प्रमुख कालुमान लामाको निर्देशन बमोजिम बिद्यालय स्तरबाटै खेलकुदको बिकास गर्न बिद्यालयका खेलकुद शिक्षकहरुसंग छलफल तथा अन्त्रक्रिया गरिएको र आबश्यक बिद्यालयमा नगरका खेलकुद प्रशिक्षकहरुलाई पठाएर प्रशिक्षण दिन लगाउने तथा बिद्यालयस्तरीय खेलकुदको आयोजनालाई प्राथमिकता दिने सचिव खत्रीले बताएका छन् । नगर शिक्षा तथा खेलकुद शाखाका प्रमुख रामेश्वर कुवरको प्रमुख आतिथ्यता तथा नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु मगरको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रियामा २१ वटा सामुदायिक बिद्यालयका खेलकुद शिक्...

चौदण्डीगढी नगरपालिकाले मेडिकल तथा ईन्जिनियरिङ्ग छात्रवृती कोषको स्थापना गरे सगरमाथा सेकेण्डरी स्कुल बेल्टारको सहयोग गर्ने प्रतिबद्धता ।

बिबिध, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको सबैभन्दा पुरानो एवंम् उदयपुर जिल्लाकै पुरानो मध्ये एक संस्थापक बिद्यालयकोरुपमा रहेको सगरमाथा सेकेण्डरी स्कुल बेल्टारले आफ्नो स्थापनाको ३८ औं स्थापना दिवस मनाएको छ । २०४२ साल पुष १० गते स्थापना भएको यस स्कुलले आज बिद्यालय परिसरमा भएको सांस्कृतिक कार्यक्रममा बिद्यालयका प्रिन्सीपल जनक कार्कीले बिद्यालयका आरोह अवरोहका बारेमा संक्षिप्त प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदन पेश गर्दै प्रिन्सीपल कार्कीले शैक्षिक बर्ष २०८० देखी चौदण्डीगढी नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने बालबालिका आर्थिक अबस्था कमजोर भएकै कारण गुणस्तरीय शिक्षाबाट बञ्चित नहोउन् भन्ने अभिप्रायले कक्षा ५ भन्दा माथीका कक्षाहरुमा प्रति कक्षा ५ जनाको दरले कक्षा १० सम्म २५ जना बिधार्थीलाई सत् प्रतिशत छात्रवृती प्रदान गर्ने जनाएका छन् । यस्तै प्रिन्सीपल कार्कीले चौदण्डीगढी नगरपालिकाले आर्थिक अबस्था कमजोर भएकै का...

चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहालाई ।

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगरपालिकामा सम्पन्न चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहाले जितेको छ । युवा तथा खेलकुद बिकास समितको आयोजनामा पुस २ गतेदेखी संचालित प्रतियोगिताको वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा आज भएको फाईनल खेलमा वडा नम्बर १० हडियालाई ३–१ गोल अन्तरले पराजित गर्दे वडा नम्बर ४ बसहाले उपाधी जितेको हो । खेलको शुरुवातमै आत्मघाती गोल गरेर स्तभब्ध भएको हडियाको टिम सम्हालिएर खेल्न नसक्दा पराजय बेर्होन बाध्य भएको छ । खेलको ४ मिनेट मै हडियाका जर्सी नम्बर १२ का शेखरमणि राउतले कर्नर बचाउनेक्रममा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । एक गोलले पछि परेको हडिया त्यसपछि भने लय समाउन सकेन । खेलको १८ औं मिनेटमा बसहाका जर्सी नम्बर ७ का प्रदिप कार्कीले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । खेलको २५ औं मिनेटमा हडियाका जर्सी नम्बर ११ का विनोद केसीले एक गोल फर्क...
झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते ।

झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते ।

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते भएका छन् । आज बिहान सवा ११ बजे झोडापाटास्थित स्वर्गीय मदन भण्डारी लोकमार्गमा बेल्टारबाट रामपुर जार्दै गरेको प्र ३०३ प २४७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको स१ह नम्बरको टेम्पो एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ भोटर साईकल चालक मकवानपुर जिल्ला स्वर्गदुवारी नगरपालिकन ८ हेटौडा बस्ने बर्ष २६ को दिपक अधिकारी र टेम्पोमा सवार चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ झोडापाटाकी बर्ष ४० की मनु कार्की र बर्ष १९ की नेहा कार्की घाईते भएका छन् । अधिकारीको छातीमा गम्भिर चोट लागेको र बाँया हात भाचिएको प्रहरीले जनाएको छ । यस्तै नेहा कार्कीको वाँया खुट्टा भाचिएको छ । अधिकारी र कार्कीलाई थप उपचारको लागि धरानस्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठान पठाइएको छ भने मनु कार्कीको टाउकोमा चोट लागेको र चौदण्डीगढी हस्पिटल बे...

चौदण्डीगढी नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ४ फाईनलमा प्रवेश ।

खेलकुद, देश, मनोरन्जन, मुख्य खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर ६ लाई ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । वडा नम्बर ४ को जीतमा जर्सी नम्बर १७ का सागर राई नायक सावित भएका थिए । उनले हयाट्रीक पुरा गरेका थिए । खेलको १५ औ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै वडा नम्बर ४ का जर्सी नं ८ का नवल तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३० औं मिनेटमा गोल गरेका वडा नम्बर ४ का जर्सी नम्बर १७ का सागर राई पहिलो हापको ईन्जुरी समयमा थप एक गोल गर्दै टिमको अग्रता ३–० मा पुर्याएका थिए । पहिलो हापमा ३–० ले पछि परिरहेको वडा नम्बर ६ ले दोश्रो हापमा केही सुधारिएको खेल प्रदर्शन गरेको थियो । खेलको ४८ औं मिनेटमा वडा नम्बर ...

चौदण्डीगढी नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा ।

खेलकुद, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । आज भएको समुह चरणको अन्तिम खेलमा वडा नम्बर १० ले वडा नम्बर ८ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १० सेमिफाईनलमा प्रवेश गरेसंगै समिकरण पुरा भएको छ । यसअघि भएको समुह ए को समुह चरणको खेलबाट वडा नम्बर ७ सेमिफाईनमा प्रवेश गरिसकेको छ भने समुह वि बाट वडा नम्बर ६ र वडा नम्बर ४ सेमिफाईनलमा प्रबेश गरेको छ । पहिलो सेमिफाईनल खेल अन्तर्गत भोली वडा नम्बर ६ र वडा नम्बर ४ बीच पहिलो सेमिफाईन खेल हुने समितिका सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् । यस्तै आज भएको खेलमा वडा नं १० बिजयी भएको छ । वडा नं ८ लाई ० का बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै वडा नं १० बिजयी भएको हो। प्रतिस्पर्धात्मक रहेको आजको खेलमा पहिलो हापमा दुवै ...

चौदण्डीगढी नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को पहिलो चौमासिक अवधिको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । बेल्टार बजारस्थित नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरको सेवा प्रवाहको अबस्था, सेवाग्राहीको अपेक्षा, यस अबद्यीमा भएका कामहरुको बारेमा रिपोर्ट प्रस्तुत गरिएको थियो । जसमा नगरपालिकाको सेवा प्रवाहबाट समग्रमा ७० प्रतिशत सेवाग्राही सन्तुष्ट रहेको जनाइएको थियो भने सुधार गर्नुपर्ने पक्षहरुबारे सेवाग्राहीले आफ्ना बिचार राखेका थिए । यस्तै नगर प्रमुख, उप प्रमुख लगायत बिभागीय प्रमुखहरुले सेवाग्राहीहरुको जिज्ञाशाको उत्तर दिएका थिए । सहभागीहरुको जिज्ञाशाको उत्तर दिनेक्रममा नगर प्रमुख कालुमान लामाले मेयरको रुपमा छोटो अबद्यीको अनुभव भए पनि नगरपालिकाले प्रस्तुत गरेको आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम राम्रो रहेको जनाउदै समग्रमा ७० प्रतिशत सेवाग्राही नगरपालिकाको कामबाट सन्तुष्ट रहे...

चौदण्डीगढी नगरपालिकाका नगर प्रमुखद्वारा सामुदायिक बिद्यालयहरुको अनुगमनलाई तिब्रता ।

मुख्य खबर, स्थानीय
शैक्षिक ,भौतिक पुर्वाधारका साथै वातावरणीय सुधारका लागि चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले सामुदायिक बिद्यालयहरुको अनुगमनलाई तिब्रता दिएका छन् । यसैक्रममा हिजो वडा नम्बर २ स्थित श्री रत्तमाला देवी आधारभुत बिद्यालयको अनुगमन गरेका छन् । अगुमनका क्रममा नगर प्रमुख लामाले बिद्यालयका शिक्षक, कर्मचारी, बिद्यार्थी, अभिभावक, बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारी लगायतसंग बिद्यालयको शैक्षिक गुणस्तर, भौतिक पुर्वाधारको अबस्था , अध्ययन अध्यापनको बातावरण लगायतको बिषयमा जानकारी लिएका छन् । नगर शिक्षा समन्वय इकाईले नगरको सामुदायिक स्कुलहरुको अनुगमन गरी प्रतिवेदन केही दिनभित्रै दिनेजानकारी गराउदै नगर प्रमुख लामाले नगरको शिक्षा नीतिअनुरुप नै नगरमा बिद्यालयको आबश्यकता, मापदण्ड, शिक्षामा नगरको भुमिका, शिक्षकको दरबन्दी मिलान, बिद्यालयको शैक्षिक तथा भौतिक अबस्था, बिद्यार्थीको संख्या लगायतको बिषय...