चौदण्डीगढी नगरपालिकाले मेडिकल तथा ईन्जिनियरिङ्ग छात्रवृती कोषको स्थापना गरे सगरमाथा सेकेण्डरी स्कुल बेल्टारको सहयोग गर्ने प्रतिबद्धता ।

चौदण्डीगढी नगरपालिकाको सबैभन्दा पुरानो एवंम् उदयपुर जिल्लाकै पुरानो मध्ये एक संस्थापक बिद्यालयकोरुपमा रहेको सगरमाथा सेकेण्डरी स्कुल बेल्टारले आफ्नो स्थापनाको ३८ औं स्थापना दिवस मनाएको छ । २०४२ साल पुष १० गते स्थापना भएको यस स्कुलले आज बिद्यालय परिसरमा भएको सांस्कृतिक कार्यक्रममा बिद्यालयका प्रिन्सीपल जनक कार्कीले बिद्यालयका आरोह अवरोहका बारेमा संक्षिप्त प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदन पेश गर्दै प्रिन्सीपल कार्कीले शैक्षिक बर्ष २०८० देखी चौदण्डीगढी नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने बालबालिका आर्थिक अबस्था कमजोर भएकै कारण गुणस्तरीय शिक्षाबाट बञ्चित नहोउन् भन्ने अभिप्रायले कक्षा ५ भन्दा माथीका कक्षाहरुमा प्रति कक्षा ५ जनाको दरले कक्षा १० सम्म २५ जना बिधार्थीलाई सत् प्रतिशत छात्रवृती प्रदान गर्ने जनाएका छन् । यस्तै प्रिन्सीपल कार्कीले चौदण्डीगढी नगरपालिकाले आर्थिक अबस्था कमजोर भएकै कारण यस क्षेत्रका बिद्यार्थीले मेडिकल र ईन्जिनियरिङ्ग शिक्षाबाट बञ्चित हुन नसरोस् भनी प्रत्येक बर्ष एक जनालाई एमबिबिएस र एक जनालाई ईन्जिनियरिङ्ग बिषय अध्ययन गर्ने अवसर प्रदान गर्न चौदण्डीगढी मेडिकल तथा ईन्जिनियरिङ्ग छात्रवृती कोषको स्थापना गरेका बिद्यालयले आर्जन गरेको नाफाको २५ प्रतिशत रकम सो कोषमा जम्मा गर्ने प्रतिबद्धता पनि जनाएका छन् । कार्यक्रममा २६ बर्ष सेवा गरेका पुर्व शिक्षक गौतम श्रेष्ठलाई बिद्यालयले उपदान वापत नगद एक लाख रुपैयाँ , सम्मानपत्रसहित दोसल्ला ओडाएर सम्मान समेत गरेको थियो । कार्यक्रममा बिद्याथीहरुले नृत्य, नाटक तथा प्रहशन प्रस्तुत गरेका थिए ।