खेलकुद

झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते ।

झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते ।

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ झोडापाटामा आज भएको सवारी दुर्घटनामा परी ३ जना घाईते भएका छन् । आज बिहान सवा ११ बजे झोडापाटास्थित स्वर्गीय मदन भण्डारी लोकमार्गमा बेल्टारबाट रामपुर जार्दै गरेको प्र ३०३ प २४७ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउदै गरेको स१ह नम्बरको टेम्पो एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ भोटर साईकल चालक मकवानपुर जिल्ला स्वर्गदुवारी नगरपालिकन ८ हेटौडा बस्ने बर्ष २६ को दिपक अधिकारी र टेम्पोमा सवार चौदण्डीगढी नगरपालिकाको वडा नम्बर २ झोडापाटाकी बर्ष ४० की मनु कार्की र बर्ष १९ की नेहा कार्की घाईते भएका छन् । अधिकारीको छातीमा गम्भिर चोट लागेको र बाँया हात भाचिएको प्रहरीले जनाएको छ । यस्तै नेहा कार्कीको वाँया खुट्टा भाचिएको छ । अधिकारी र कार्कीलाई थप उपचारको लागि धरानस्थित बिपी कोईराला स्वास्थ्य प्रतिष्ठान पठाइएको छ भने मनु कार्कीको टाउकोमा चोट लागेको र चौदण्डीगढी हस्पिटल बे...

चौदण्डीगढी नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगितामा वडा नम्बर ४ फाईनलमा प्रवेश ।

खेलकुद, देश, मनोरन्जन, मुख्य खबर, विदेश, स्थानीय
चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाईनल खेलमा वडा नम्बर ४ ले वडा नम्बर ६ लाई ४–२ गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रबेश गरेको छ । वडा नम्बर ४ को जीतमा जर्सी नम्बर १७ का सागर राई नायक सावित भएका थिए । उनले हयाट्रीक पुरा गरेका थिए । खेलको १५ औ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै वडा नम्बर ४ का जर्सी नं ८ का नवल तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३० औं मिनेटमा गोल गरेका वडा नम्बर ४ का जर्सी नम्बर १७ का सागर राई पहिलो हापको ईन्जुरी समयमा थप एक गोल गर्दै टिमको अग्रता ३–० मा पुर्याएका थिए । पहिलो हापमा ३–० ले पछि परिरहेको वडा नम्बर ६ ले दोश्रो हापमा केही सुधारिएको खेल प्रदर्शन गरेको थियो । खेलको ४८ औं मिनेटमा वडा नम्बर ...

चौदण्डीगढी नगरपालिकामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा ।

खेलकुद, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा जारी चौथो मेयर कप फुटवल प्रतियोगिताको सेमिफाईनल समिकरण पुरा भएको छ । आज भएको समुह चरणको अन्तिम खेलमा वडा नम्बर १० ले वडा नम्बर ८ लाई १–० गोल अन्तरले पराजित गर्दै वडा नम्बर १० सेमिफाईनलमा प्रवेश गरेसंगै समिकरण पुरा भएको छ । यसअघि भएको समुह ए को समुह चरणको खेलबाट वडा नम्बर ७ सेमिफाईनमा प्रवेश गरिसकेको छ भने समुह वि बाट वडा नम्बर ६ र वडा नम्बर ४ सेमिफाईनलमा प्रबेश गरेको छ । पहिलो सेमिफाईनल खेल अन्तर्गत भोली वडा नम्बर ६ र वडा नम्बर ४ बीच पहिलो सेमिफाईन खेल हुने समितिका सचिव अनुपराज खत्रीले जानकारी दिएका छन् । यस्तै आज भएको खेलमा वडा नं १० बिजयी भएको छ । वडा नं ८ लाई ० का बिरुद्ध १ गोल अन्तरले पराजित गर्दै वडा नं १० बिजयी भएको हो। प्रतिस्पर्धात्मक रहेको आजको खेलमा पहिलो हापमा दुवै ...
चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा आगामी पुष २ गतेदेखी मेयर कप फुटवल प्रतियोगिता संचालन हुने ।

चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा आगामी पुष २ गतेदेखी मेयर कप फुटवल प्रतियोगिता संचालन हुने ।

खेलकुद, मुख्य खबर
चौदण्डीगढी नगर युवा तथा खेलकुद बिकास समितको आयोजनामा आगामी पुष २ गतेदेखी मेयर कप फुटवल प्रतियोगिता संचालन हुने भएको छ । समितिका सचिव अनुपराज खत्रीले दिएको जानकारी अनुसार यहि मंसिर २५ गतेसम्म टिम दर्ता गरिने छ भने मंसिर २७ गते दिउँसो २ बजे खेल तालिका सार्वजनिक गरिने कार्यक्रम रहेको छ । यस्तै पुष २ गते शनिवारबाट चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन गरिने सचिव खत्रीले बताएका छन् । प्रतियोगिताको सबै खेलहरु सोही रंगशालामा हुने जनाइएको छ । नगरको एकदेखी दश नम्बर वडाका खेलाडीहरु मात्र सहभागी हुन पाउने प्रतियोगितामा खेलाडीहरु सम्बन्धित वडाकै हुनुपर्ने बताइएको छ । अर्को वडाको भएमा प्रतियोगितामा सहभागी नगराइने बताउदै खेलकुद सचिव खत्रीले खेलाडी पहिचानका लागि खेलाडीको नागरिकताको फोटोकपी र बसाईसराई भए बसाईसराईको कागजात पेश गर्न भनि...

थारु युवा खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा आयोजक र लक्ष्मिपुर एफ.सि. भिड्ने

खेलकुद, मुख्य खबर, लाइभ खबर, स्थानीय
      कार्तिक ११ गते शुक्रबारबाट चौदण्डीगढी नगरपालिका वडा नं ५ बेल्हामा जारी आठौं संस्करणको थारू युवा खुल्ला फुटबल प्रतियोगिताको फाइनलमा आयोजक कालिका एफ.सि. र लक्ष्मिपुर एफ.सि. भिड्ने भएका छन। आज सोमबार भएको पहिलो सेमिफाइनल खेलमा बिजेता बनेको लक्ष्मिपुर एफ.सि.ले रातापानी एफ.सि.लाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने सोमबारनै तय गरिएको दोश्रो सेमिफाइनल खेलमा मोतिगडा एफ.सि. उपस्थित नहुँदा आयोजक समेत रहेको कालिका एफ.सि.ले वाकओभर पाएसंगै आयोजक टोलि फाइनल खेलमा लक्ष्मिपुर एफ.सि. संग आमनुसामुन्ने हुने पक्का भएको हो। बेल्हामा जारी आठौं संस्करणको थारु युवा खुल्ला फुटबल प्रतियोगिताको सोमबार भएको पहिलो सेमि फाइनल खेलमा लक्ष्मिपुर एफ.सि. र रातापानी एफ.सि.ले पहिलो हाफ गोल रहित बराबरी खेलेका थिए। खेलको दोस्रो हाफको अन्तिम ७९औ* मिनेटमा लक्ष्मिपुर एफ.सि.का जर्स...

आठौं थारु युवा खुल्ला फुटबल प्रतियोगिता को पहिलो सेमि फाइनल खेल लक्ष्मिपुर एफ सि र रातापानी एफ सि बिच आज सम्पन्न

खेलकुद, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, स्थानीय
आठौं थारु युवा खुल्ला फुटबल प्रतियोगिता को पहिलो सेमि फाइनल खेल लक्ष्मिपुर एफ सि र रातापानी एफ सि बिच आज सम्पन्न भएको छ । पहिलो हाफ गोल रहित बराबरी खेलेको दुबै टिमले दोस्रो हाफ को अन्तिम ७९ मिनेटमा लक्ष्मिपुरको जर्सि नम्बर ४ का लक्ष्मी चौधरी ले एक गोल गर्दै आफ्नो टिमलाई १-० गोल अन्तर ले बिजय गराए को हो । त्यस्तै दोस्रो सेमिफाइनल खेल मोतिगडा एफ सि र आयोजक कालिका थारु युवा समुह बिच हुने भनिए पनि मोतिगडा एफ सि निर्धारित समयमा उपस्थित नहुने जानकारी सङ्गै आयोजकटिम लाई बिजेता घोसित गरिएको थियो । ११ गते कार्तिक देखि शुरु भएको आठौं संस्करण को थारु खुल्ला फुटबल प्रतियोगिता मा १६ गते लक्ष्मिपुर एफ सि र आयोजक बिच अन्तिम फाईनल खेल हुने जनाईएको छ ।...

आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को तेस्रो दिन पहिलो खेल NSYC बेल्हा र मोतीगढा FC, दोस्रो खेल लक्ष्मिपुर एफ सि र ज्यामिरे एफ सि बिच सम्पन्न

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को तेस्रो दिन पहिलो खेल NSYC बेल्हा र मोतीगढा FC भएको पहिलो खेलमा मोतिगडा एफ सि २ गोलले बिजय भयेको छ | खेलको पहिलो हाफ गोलरहित भयेको थियो भने दोस्रो हाफको ४२औ मिनेटमा मोतिगडा एफ सि को जर्सि नम्बर १७ को कृष्ण चौधरी ले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलायेको थियो, त्यसैगरी मोतिगडा एफ सि कै जर्सि नम्बर २७ को राधे चौधरी ले ५६ औ मिनेटमा दोस्रो गोल गर्दै टिमलाई जित दिलाए | त्यसैगरी दोस्रो खेल लक्ष्मिपुर एफ सि र ज्यामिरे एफ सि बिच भएको थियो  खेल सुरु भएको २ मिनेट मै लक्ष्मिपुर एफ सि को जर्सि नम्बर १९ को समोज चौधरी ले १ गोल गरेको थियो भने खेलको दोश्रो हाफ को ४५औ मिनेटमा जर्सि नम्बर ८ को देवराज चौधरी ले अर्को थप गोल गरेर टिमलाई अग्रता दिलायेको थियो त्यसैगरि लक्षमिपुर कै जर्सि नम्बर ११ को पृतम चौधरीले खेलको ५० .मिनेटमा तेस्रो गोल गरेक...

आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को दोस्रो दिन पहिलो खेल कलिका युवा क्लब(आयोजक) र पोर्ताहा क्लब पोर्ताहा बिच र दोस्रो खेल बसहा क्लब र लक्ष्मीपुर क्लब बिच सम्पन्ना

खेलकुद, देश, बिबिध, मनोरन्जन, मुख्य खबर, लाइभ खबर, विदेश, स्थानीय
आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को दोस्रो दिन पहिलो खेल कलिका युवा क्लब(आयोजक) र पोर्ताहा क्लब पोर्ताहा बिच र दोस्रो खेल बसहा क्लब र लक्ष्मीपुर क्लब बिच भएको छ ! आयोजक कालिका एफ सि र पोर्ताहा एफ सि बीच को निर्धारित  समय भित्र कुनै पनि गोल हुन नसके पश्चात खेल टाई ब्रेकर मा पुगी  ४-२ गोल गर्दै आयोजक कलिका फ सी बिजय भएको छ । आजै भएको दोश्रो खेलमा जन ज्योति युवा क्ल्ब बसहा र लक्ष्मीपुर एफ सि बिच सम्पन्न भएको खेलमा लक्ष्मीपुर एफ सि ३-१ ले बिजय भएको छ। लक्ष्मिपुर को तर्फबाट जर्सि नम्बर १७ का जय किशोर चौधरी ले पहिलो हाफको ११ मिनेटमा गोल गरेको छ भने दोस्रो गोल जन ज्योति क्ल्ब बसहाको जर्सि नम्बर ८ को सुनिल चौधरी ले २० मिनेटमा आत्मघाती गोल गरेको छ । त्यस्तै दोस्रो हाफको ३५ मिनेटमा लक्ष्मिपुर एफ सि को तर्फबाट जर्सि नम्बर ४ को लक्ष्मि चौधरी ले गोल गरेर ...

आठौ थारू युवा खुल्ला फुटबल प्रतियोगिता उद्धघाटन खेलमा रातापानी एफ.सि. विजयी

खेलकुद, बिबिध, मुख्य खबर, स्थानीय
चौदण्डीगढी नगरपालिकाको वडा नं ५ बेल्हा स्थित आधारभुत बिधालय शिवाइ बेल्हाको खेलमैदानमा शुक्रबार बाट आठौं थारू युवा खुल्ला फुटबल प्रतियोगिताको सुरुवात भएको छ। उक्त प्रतियोगिताको उद्धघाटन नगर प्रमुख कालुमान लामाले  गर्नु भएको हो। थारू युवा खुल्ला फुटबलको पहिलो संसकरणको प्रतियोगिता थारु कल्याणकारिनी सभा उदयपुरले आयोजना गरेको थियो। तेसपस्चात भने कालिका थारु युवा समुह बेल्हाले निरन्तर रुपमा यस प्रतियोगिताको आयोजना गर्दै आएको थियो। यद्धपी २०७१ सालमा भएको सातौं संस्करणको थारू युवा खुल्ला फुटबल प्रतियोगिता पस्चात भने केही सम्स्याले प्रतियोगिताको आयोजना गर्न नसक्दा प्रतियोगिता रोकिएको थियो। कालिका थारु युवा समुह बेल्हाले पुन: यस बर्ष देखी निरन्तररुपमा प्रतियोगिताको आयोजना गर्ने उद्धेश्य सहित यस बर्षको शुभ दिपावली एवम् छठ पर्वको अवसरमा आठौ संसकरणको थारू युवा खुल्ला फुटबल प्रतियोगिता २०७९ को आयोजना ...

हयाण्डबल टिमका सदस्यहरुको विदाई !

खेलकुद, मुख्य खबर
पोखरामा हुन गईरहेको ९औ राष्ट्रिय खेलकुद प्रतियोगीतामा चौदण्डीगढी नगरपालिकाबाट प्रदेश नम्बर १ को टिममा पर्न सफल महिला हयाण्डबल टिमका सदस्यहरुलाई नगर प्रमुख कालुमान लामाले आज बिदाई गरेका छन् । चौदण्डीगढी नगरपालिकाबाट १४ जना खेलाडीहरु मध्ये १० जना पर्न सफल भएका थिए भने टिम प्रशिक्षकमा बिदुर राई र टिम ब्यस्थापकमा सुस्मिता राई रहेका छन् । नगर प्रमुख लामाले खेलाडी र प्रशिक्षक तथा ब्यबस्थापकहरुलाई खादा लगाईदिदै जीतको शुभकामना दिएका थिए । यस्तै नगर युवा तथा खेलकुद बिकास समितिका सचिवअनुपराज खत्रीले पनि प्रदेश न.१ लाई पदक दिलाउन शुभकामना व्यक्त गरेका थिए । चौदण्डीगढीबाट महिला ह्याण्डबल टिममा पर्न सफल खेलाडीहरुमा बर्षा रौका मगर, सुनिता लोहार, प्रेक्क्षा कटुवाल, सपना बस्नेत, नमिता राउत, रक्क्षा राई, उसल राई, रिजना राई, आषिका मगर र दिपा पोखरेल रहेका छन् । त्यस्तै १४ सदस्य टिममा सुमित्रा राई र ...