आठौं थारु युवा खुल्ला फुटबल प्रतियोगिता को पहिलो सेमि फाइनल खेल लक्ष्मिपुर एफ सि र रातापानी एफ सि बिच आज सम्पन्न

आठौं थारु युवा खुल्ला फुटबल प्रतियोगिता को पहिलो सेमि फाइनल खेल लक्ष्मिपुर एफ सि र रातापानी एफ सि बिच आज सम्पन्न भएको छ ।


पहिलो हाफ गोल रहित बराबरी खेलेको दुबै टिमले दोस्रो हाफ को अन्तिम ७९ मिनेटमा लक्ष्मिपुरको जर्सि नम्बर ४ का लक्ष्मी चौधरी ले एक गोल गर्दै आफ्नो टिमलाई १-० गोल अन्तर ले बिजय गराए को हो ।


त्यस्तै दोस्रो सेमिफाइनल खेल मोतिगडा एफ सि र आयोजक कालिका थारु युवा समुह बिच हुने भनिए पनि मोतिगडा एफ सि निर्धारित समयमा उपस्थित नहुने जानकारी सङ्गै आयोजकटिम लाई बिजेता घोसित गरिएको थियो ।
११ गते कार्तिक देखि शुरु भएको आठौं संस्करण को थारु खुल्ला फुटबल प्रतियोगिता मा १६ गते लक्ष्मिपुर एफ सि र आयोजक बिच अन्तिम फाईनल खेल हुने जनाईएको छ ।