थारु भाषा, संस्कृतीको संरक्षणका लागि चौदण्डीगढीमा प्रथम ऐतिहासिक सिरुवा महोत्सव सम्पन्न ।
१ बैशाख २०८१, सन्तोष कुमार रौनियार…
थारु भाषा, संस्कृतीको संरक्षण गर्ने उदेश्यले उदयपुरको चौदण्डीगढी नगरपालिकामा प्रथम ऐतिहासिक सिरुवा महोत्सव सम्पन्न भएको छ । थारु संस्कृती संरक्षण संघ नेपाल चौदण्डीगढी नगर समिति र उदयपुर जिल्ला समितिको संयुक्त आयोजनामा वडा नम्बर ९ ज्यामिरेस्थित थानपोखरीमा कार्यक्रम आयोजना गरिएको थियो । थारु कला संस्कृती, भाषा, भेषभुषा, आफ्नो पहिचान संरक्षण सम्बद्र्धनका लागि थारु संस्कृती संघको अभियान भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको थियो । थारु कलयाणकारी सभा उदयपुरका पुर्व जिल्ला सभापति तथा त्रियुगा नगरपालिकाका पुर्व मेयर बलदेब चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा थारु पौराणिक गीत तथा नृत्यको प्रदर्शन प्रतियोगिता समेत आयोजना गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी बलदेव चौधरीले बिभिन्न कारणले थारु समुदाय पछाडी परेको बताउदै समुदायको गत...









