चौदण्डीगढीमा सामुदायिक बिद्यालयका बिद्यार्थी उत्कृष्ट / संस्थागततर्फ पुमा बोडिङ्ग स्कुलको नतिजा शत प्रतिशत ।
सोमबार सार्वजनिक कक्षा १२ को परिक्षामा उदयपुरको चौदण्डीगढी नगरपालिकामा सामुदायिक बिद्यालयका बिद्यार्थी उत्कृष्ट भएका छन् । वडा नम्बर ९ ज्यामिरेस्थित थानपोखरी मावीकी छात्रा निर्मला खड्काले नगरमै ३.७८ जिपिए ल्याएर उत्कृष्ट भएकी हुन् । खड्का जिल्ला मै उत्कृष्ट भएको सो विद्यालयका प्रधानाध्यापक दिनेश खड्काले जानकारी दिएका छन् । चौदण्डीगढीमा ९ वटा सामुदायिक र २ वटा संस्थागत बिद्यालयगरी ११ वटा बिद्यालयका ५ सय ८३ जनाले परिक्षा दिएकोमा ३ सय ४४ जना ग्रेडेड भएका छन् ।
नगर शिक्षा शाखाका शिक्षा शाखा प्रमुख रामेश्वर कुवँरका अनुसार कक्षा १२ को नतिजामा यस पटक सुधार देखिएको छ । वडा नम्बर ८ लुङिन्टारस्थित जनता माविको नतिजा सामुदायिक बिद्यालयतर्फ उत्कृष्टको देखिएको छ । जनता मावी लुङिन्टारबाट २९ जना बिद्यार्थी परीक्षामा सहभागी भएकोमा २७ जना अर्थात ९३.१ प्रतिशत बिद्यार्थी ग्रेडेड भएका छन् । यस्तै थानपोखरी ...








