चौदण्डीगढी नगरपालिकामा ग्रामिण सडकहरुको स्त्तरोन्नतीको कार्य शुरु ।
उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरको सबै ग्रामिण सडकहरुको स्त्तरोन्नतीको कार्य आज सोमबारबाट शुरु गरेको छ । गत असार ९ गते पालिकाहरुमध्ये देश मै सबैभन्दा पहिले आर्थिक बर्ष २०८२/८३ को बजेट पारित गर्दै भौतिक पुर्वाधार बर्षको रुपमा मनाउने घोषणा गरेको चौदण्डीगढी नगरपालिकाले आज वडा नम्बर २ माडिबासबाट ग्रामिण सडकहरुको स्त्तरोन्नतीको कार्य शुरु गरेको हो ।
आज नम्बर २ जोरबाटोमा भएको विशेष कार्यक्रममा नगर प्रमुख कालुमान लामाले सडक स्त्तरोन्नती कार्यको शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख लामाले नगरपालिकाले स्थानीय खोलानालाबाट उत्खन्न भएर विक्री वितरण भएको नदीजन्य पदार्थको आम्दानीबाट आएको पैसाको ५० प्रतिशत सोही खोलानालाको संरक्षणमा खर्च गरिएको र बाँकी पैसाबाट जेसिवी, टिफर, रोलर लगायतको मेशिनहरु खरिद गरिएको जानकारी दिदै वडा कार्यालयहरुको सहकार्यमा यस बर्ष नगरको सबै ग्रामिण सडक...









