लाइभ खबर

बेल्टार बजारबाट खोटाङ जिल्ला जोड्ने बङ्शिलाघाटसम्म नियमितरूपमा बस संचालन हुने ।

बेल्टार बजारबाट खोटाङ जिल्ला जोड्ने बङ्शिलाघाटसम्म नियमितरूपमा बस संचालन हुने ।

लाइभ खबर, स्थानीय
३० मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… अन्तर जिल्ला नाकाहरु जोड्ने चौदण्डीगढी नगरपालिकाको नीति अनुरुप आजदेखि उदयपुरको बेल्टार बजारबाट खोटाङ जिल्ला जोड्ने बङ्शिलाघाटसम्म नियमितरूपमा बस संचालन हुने भएको छ । बेल्टार बजारबाट बिहान ८ः३० बजे र दिउँसो १ः३० बजे गाडी छुट्ने छ भने बङ्शिलाघाट्बाट बिहान ११ बजे र दिउँसो ४ बजे गाडी संचालन हुने गाडी संचालक संजीव रौनियारले जानकारी दिएका छन् । हिजो बाटोको अबस्था हेर्न गाडीसहित संचालक रौनियारको टोली बेल्टारबजारबाट बङ्शिलाघाटसम्म केही यात्रुहरुसमेतलाई लिएर गएको थियो । बाटोको अबस्थामा ठिकै रहेको र केही स्थानहरुमा भने मोड सुधार र बाटो मर्मतको कार्य गर्नुपर्ने अबस्था रहेको उनले बताएका छन् । यद्यपी अहिलेको अबस्थामा यात्रुबहाक बस संचालन गर्न सकिने रौनियारले जानकारी दिएका छन् । तर हिजो बाटोको अबस्था हेरेर फर्केको गाडीलाई केही टेम्पो ब्यबसायीले अबरोध...
अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन चौदण्डीगढी नगरपालिकाद्वारा ३५ दिने सुचना जारी ।

अतिक्रमित सार्वजनिक जग्गा खाली गराउन चौदण्डीगढी नगरपालिकाद्वारा ३५ दिने सुचना जारी ।

लाइभ खबर, स्थानीय
२२ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… उदयपुरको चौदण्डीगढी नगरपालिकाले अतिक्रमणमा परेको करिव ३३ विगहा सार्वजनिक जग्गा खाली गराउन ३५ दिने सुचना जारी गरेको छ । नगरपालिकाको वडा नम्बर ५,६,७ र ८ मा पर्ने द्वारखोला आसपासको नदी उकास जग्गाको साथै वडा नम्बर ६ मा रहेको औद्योगिकग्रामको जग्गा बिभिन्न ब्यक्तीहरुबाट अतिक्रमण भएको जनगुनासो आएकोले उक्त अतिक्रमित जग्गाहरु ३५ दिनभित्र खाली गरिदिन सम्बन्धित ब्यक्तीहरुलाई आग्रह गरेको हो । हिजो एक सुचना जारी गर्दै नगरपालिकाले मंसिर १४ गते नगर प्रमुख कालुमान लामाको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकको निर्णय अनुसार सुचना प्रकाशन तथा प्रसारण भएको मंसिर २१ गतेको मितिबाट लागु हुनेगरी ३५ दिने सुचना जारी गरेको हो । तोकिएको समयभित्र अतिक्रमित जग्गा खाली नगरेमा कानून अनुसार नगरपालिकाले खाली गराई संरक्षण गर्न बाध्य हुने पनि जनाएको छ । नगरपालिकाले क...
ओखलढुंगाको हर्कपुरमा हुने जनसभाका लागि नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको  तयारी तिब्र ।

ओखलढुंगाको हर्कपुरमा हुने जनसभाका लागि नेकपा एमाले चौदण्डीगढी नगर कमिटीको तयारी तिब्र ।

लाइभ खबर, स्थानीय
२२ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा, २०८० अन्तर्गत मंसिर २६ गते ओखलढुंगाको हर्कपुरमा हुने जनसभाका लागि नेकपा एमाले चौदण्डीगढी नगर कमिटीले पनि तयारी तिब्र बनाएको छ । हिजो बेल्टार बजारस्थित एमाले पार्टी कार्यालयमा नगर कमिटी उपाध्यक्ष कृष्ण खत्रीको अध्यक्षतामा बसेको बैठकले चौदण्ढीगढी नगरपालिकाबाट २ सय जनाभन्दाबढी नेता कार्यकर्ताहरुलाई जनसभाका लागि लैजाने निर्णय गर्दै नगरमा एमालेबाट निर्वाचित जनप्रतिनीधि, नगर कमिटीका पदाधिकारी, वडा कमिटीको पदाधिकारी, जनबर्गीय संगठनका पदाधिकारीहरुलाई अनिवार्य जानुपर्ने निर्णय गरेको छ । यस्तै अन्य कार्यकर्ता तथा शुभेच्छुकहरुलाई पनि अनुरोध गर्ने बताएको छ । एमाले नगर कमिटी सचिव विकास बन्जराका अनुसार ओखलढुंगाको हर्कपुरमा हुने जनसभामा जानकालागि ६ वटा बसको ब्यबस्था गरिएको बताएक...
नेकपा एमालेको ओखलढुंगाको हर्कपुरमा मंसिर २६ गते हुने जनसभामा उदयपुरबाट ३ हजार सहभागी हुने ।

नेकपा एमालेको ओखलढुंगाको हर्कपुरमा मंसिर २६ गते हुने जनसभामा उदयपुरबाट ३ हजार सहभागी हुने ।

देश, लाइभ खबर, स्थानीय
१७ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर… नेकपा एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित ‘समृद्धिका लागि संकल्प यात्रा, २०८० अन्तर्गत मंसिर २६ गते ओखलढुंगाको हर्कपुरमा विशाल कार्यक्रम गर्ने तयारी गरेको छ । शुक्रवार उदयपुरको घुर्र्मीमा पार्टी स्थायी कमिटी सदस्य डा. शिवमाया तुम्बाहाम्फेको अध्यक्षतामा बसेको बैठकले हर्कपुरमा विशाल जनसभा गर्ने निर्णय गरेकोे हो । बैठकमा पोलिटव्यूरो सदस्य विशाल भट्टराई, नेताहरु यज्ञराज सुनुवार, अम्बिका थापा लगायतका केन्द्रीय नेताहरु र कोशी प्रदेशवाट प्रतिनीधित्व गर्ने स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय सदस्य, प्रदेश अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु यस्तै उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बूका जिल्ला कमिटीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । बैठकले सिन्धुली,उदयपुर र ओखलढुंगाको सिमानामा पर्ने हर्कपुरमा खोटाङ, सिन्धुली, सोलखुम्बू , उदयपुर लगायतका जिल्लाब...
उदयपुरमा बनभोजबाट फर्कदै गरेको स्कुल बस दुर्घटन, तीन जनाको मृत्यु ३६ घाइते ।

उदयपुरमा बनभोजबाट फर्कदै गरेको स्कुल बस दुर्घटन, तीन जनाको मृत्यु ३६ घाइते ।

बिबिध, लाइभ खबर, स्थानीय
९ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर... उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ५ देउरीको अन्नपूर्ण सेकेन्डरी बोर्डिङ स्कुलको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अँधेरीमा दुर्घटना हुँदा बस चालकसहित तीन जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार वनभोजबाट फर्कने क्रममा भएको बस दुर्घटनामा बसका चालक ४० वर्षीय भिखन चौधरी, सात वर्षीया सन्ध्या चौधरी र ६ वर्षीय बिकास चौधरीको ज्यान गएको छ भने दुर्घटनामा परी गम्भीर घाइते १२ जनालाई विराटनगर पठाइएको र अन्यको गाइघाटस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रदेश नम्बर १–०५–००१ ख ००४४ नम्बरको बस आज दिउँसो उदयपुरगढी गाउँपालिका वडा नम्बर ७ अँधेरीको ओरालोमा अनियन्त्रित भएर कर्ल्भट नजिक सडकबाट करिब ४० फिट तल खसेर पल्टिएको उदयपुरका प्रहरी प्रमुख एसपी रमेश थापाले बताएका छन् । स...
सिर्वानीमा संचालित वडा स्तरीय फुटवल प्रतियोगिताको आय ब्यय विवरण सार्वजनिक ।

सिर्वानीमा संचालित वडा स्तरीय फुटवल प्रतियोगिताको आय ब्यय विवरण सार्वजनिक ।

खेलकुद, लाइभ खबर, स्थानीय
१ मंसिर,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर…. गत श्रावण २५ गतेदेखी भदौ २ गतेसम्म उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ सिर्वानीस्थित खेल मैदानमा संचालन भएको वडा स्तरीय फुटवल प्रतियोगिता २०८० को आय ब्यय विवरण सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलन गरेर विवरण सार्वजनिक गर्ने भनिएको भएता पनि मिडियालाई आयब्ययको विवरण मात्र उपलब्ध गराइएको छ । वडा स्तरीय फुटवल प्रतियोगिताको आयोजक समितिका अध्यक्ष युवराज कार्कीले उपलब्ध गराएको विवरणमा कुल २ लाख ९४ हजार ५ सय ७४ रुपैयाँ संकलन भएको र २ लाख ४५ हजार ८ सय १४ रुपैयाँ बिभिन्न शिर्षकमा खर्च भएको उल्लेख छ । यस्तै प्रतियोगिताबाट ४८ हजार ७ सय ६० रुपैयाँ वचत भएको कार्कीले जनाएका छन् । आयतर्फ संस्थागत आर्थिक सहयोगबाट ३७ हजार ६ सय र ब्यक्तिगत आर्थिक सहयोगबाट २ लाख २६ हवार ९ सय ७४ रुपैयाँ गरी कुल २ लाख ९४ हजार ५ सय ७४ रुपैयाँ संकलन भएको जनाइएको छ । यस्त...
आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर कार्यसमितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम  सम्पन्न ।

आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर कार्यसमितिको आयोजनामा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न ।

लाइभ खबर, स्थानीय
२४ कार्तिक,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर.... पहिचानको आन्दोलनलाई अगाडी बढाउने बिषयमा नेपाल आदिबासी जनजाती महासंघ चौदण्डीगढी नगर कार्यसमितिले उदयपुरको बेल्टारमा एक दिने प्रशिक्षण कार्यक्रम गरेको छ । चौदण्डीगढी नगरपालिका वडा नम्बर ६ बेल्टार बजारस्थित बसाहा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ‘आदिवासी जनजाति पहिचान, संघीयता र समाजवाद’ बिषयक प्रशिक्षण कार्यक्रममा प्रशिक्षक मोहन गोले तामाङ्ग र वलदिप राईले सहभागीहरुलाई आदिवासी जनजातिको पहिचान, संघीयता र समाजवादको बारेमा प्रशिक्षण दिएका छन् । त्यसघि कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी चौदण्डीगढी नगरपालिकाकी उप प्रमुख मणिकादेवी दुलालले महिला, जनजाती, दलित सबैको आ आफ्नो पीडा रहेकोले सबैले अधिकारको लडाई लड्नु अन्यथा नभएको तर अरुलाई लागी गरेर अधिकार प्राप्त नहुने बताएकी छिन् । उनले राज्यसंग प्राप्त गर्नुपर्ने अधिकार सबैको सहकार्यमा म...
स्व. मानबहादुर मगर स्मृति कप फुटबल प्रतियोगिताको उपाधि अजम्बरी युथ क्लव भागलपुरलाई ।

स्व. मानबहादुर मगर स्मृति कप फुटबल प्रतियोगिताको उपाधि अजम्बरी युथ क्लव भागलपुरलाई ।

खेलकुद, लाइभ खबर, स्थानीय
२३, कार्तिक,सन्तोष कुमार रौनियार, बेल्टार उदयपुर उदयपुरको चौदण्डीगढी नगरपालिकाको विशेष सहयोग र सृजना युवा क्लब बसाहा बदेलपानीको आयोजनामा सञ्चालित प्रथम स्व. मानबहादुर मगर स्मृति कप फुटबल प्रतियोगिताको उपाधि अजम्बरी युथ क्लव भागलपुरले जितेको छ । चौदण्डीगढी नगरपालिका वडा नं.–३ को बदेलपानी खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा ब्रदर युथ क्लव बदेलपानीलाई १–० को गोल अन्तरले पछि पार्दै अजम्बरी युथ क्लव भागलपुरले उपाधि उचालेको हो । खेलको पहिलो हाफको ११ औं मिनेटमा अजम्बरी युथ क्लवका जर्सी नं. २० का खेलाडी दावा तामाङले गरेको गोल नै अजम्बरी युथ क्लवको जितको लागि निर्णायक गोल बनेको थियो । प्रतिस्पर्धात्मक खेलमा दुबैतर्फबाट थप गोल हुन नसकेपछि भागलपुरले १–० को गोल अन्तरले जित निकाल्दै उपाधी उचालेको छ । आजको खेलको म्यान अफ द म्याच भागलपुरका दावा तामाङ र म्यान अफ द टुर्नामेन्ट भागलपुरकै गोलकिपर नवीन राउत...
चौदण्डीगढी नगर खेलकुदको सहयोगमा भोलिबाट बसहामा फुटवल प्रतियोगिता शुरू हुदै ।

चौदण्डीगढी नगर खेलकुदको सहयोगमा भोलिबाट बसहामा फुटवल प्रतियोगिता शुरू हुदै ।

खेलकुद, लाइभ खबर
१६, कार्तिक,सन्तोष कुमार रौनियार.... चौदण्डीगढी नगरपालिका वडा नं. ३ मा भोलीदेखि शुरु हुने प्रथम स्व. मानबहादुर मगर स्मृति फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । चौदण्डीगढी नगरपालिकाको विशेष सहयोग र सृजना युवा क्लव बसाहा बदेलपानीको आयोजनामा हुन लागेको उक्त प्रतियोगितालाई चौदण्डीगढी नगर युवा तथा खेलकुद विकास समितिले आर्थिक सहयोग गर्नुको साथै फलामे गोल पोस्ट दुई थान , जाली तथा फुटवल सहयोग गरेको समितिका सदस्य सचिव अनुपराज खत्रीले बताएका छन् । आज एक कार्यक्रमको बिच नगर खेलकुद बिकास समितिका अध्यक्ष नन्दु मगरले सहयोग सामाग्री क्लबका पदाधिकारीहरुलाई हस्तान्तरण गरेका छन् । यस्तै बसहा क्लबले समेत प्राबिधिक सहयोग गरेको बसहा क्लबका अध्यक्ष गौतम राईले जानकारी दिएका छन् । सृजना युवा क्लवका पूर्व सदस्य तथा बसाहा क्लवका पूर्वखेलाडी समेत रहेका स्व. मानबहादुर मगरको स्मृतिमा बसाहा बदेलपा...
नेपाली कांग्रेसका नगर उपसभापति रामकुमार खड्का मोटरसाईकल दुघर्टनामा परी सख्त घाईते ।

नेपाली कांग्रेसका नगर उपसभापति रामकुमार खड्का मोटरसाईकल दुघर्टनामा परी सख्त घाईते ।

बिबिध, लाइभ खबर, स्थानीय
१० कार्तिक,सन्तोष कुमार रौनियार---   नेपाली कांग्रेस चौदण्डीगढी नगरपालिकाका उपसभापति रामकुमार खड्का मोटरसाईकल दुघर्टनामा परी सख्त घाईते भएका छन् । ६६ बर्षीय खड्का श्रीमति बिष्णु कुमारी खड्कालाई लिएर सिन्धुलीको दुधौलीबाट आज बिहान उदयपुरको हडिया आउनेक्रममा मदन भण्डारी राजमार्गको उदयपुरको नेपालटारमा आफैले चलाएको मोटरसाईकल अनियन्त्रित भई सडकसंगैको पोलमा ठोक्किदा घाईते भएका हुन् । खड्काको देव्रे खुट्टा, एउटा करङ्ग भाचिएको छ । त्यस्तै दुघर्टनामा संगै घाईते भएकी खड्का पत्नी बिष्णु कुमारी खड्कालाई पनि चोट लागेको छ । बिष्णु कुमारीको देव्रे खुट्टा भाचिएको, टाउकोमा १४ वटा टाका लागेको तथा टाउको रगत जमेको छ । सुगर, प्रेसर र कोलस्ट्रोलले पिडित दुबै जनाको विराटनगरस्थित विराट टिचिङ्ग मेडिकल कलेज टंकीसिनवारीमा आईसियुमा उपचार भै रहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।...