२८ घर भूमिहिन दलित , भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण ।
१२ चैत्र २०८०, सन्तोष कुमार रौनियार…
चौदण्डीगढी नगरपालिका वडा नम्बर २ स्थित झोडापाटा र चारघरे बस्तीका २८ घर भूमिहिन दलित , भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गरिएको छ । हिजो झोडापाटास्थित वडा नम्बर २ को कार्यालय परिसरमा वडा कार्यालयको समन्वय र नगरपालिकाको आयोजनामा भएको भुमीहिन दलित, भुमिहिन सुकुम्बासीका लागि निशुल्क जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण कार्यक्रममा २ नम्बर वडाका २८ घर भूमिहिन दलित , भूमिहीन सुकुम्बासी परिवारलाई अधिक्तम एक कठ्ठा जग्गा हुनेगरी लालपुर्जा वितरण गरिएको हो ।
गत भदौ महिनामा नै झोडापाटा र चारघरे बस्तीका भूमिहिन दलित परिवारको नाममा पुर्जा बनिसकेको भएपनि जिल्लास्थित भुमी आयोग र चौदण्डीगढी नगरपालिकाबीचको रस्साकस्सीका कारण हिजो मात्र लालपुर्जा वितरण गरिएको हो । भुमी आयोगले नगरपालिकाको आयोजनामा जग्गा वितरण गर्न खोजेकोमा चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लाम...









