चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहालाई ।
चौदण्डीगढी नगरपालिकामा सम्पन्न चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधी वडा नम्बर ४ बसहाले जितेको छ । युवा तथा खेलकुद बिकास समितको आयोजनामा पुस २ गतेदेखी संचालित प्रतियोगिताको वडा नम्बर ७ बेल्टार बजारस्थित शहिद रामप्रसाद राई रंगशालामा आज भएको फाईनल खेलमा वडा नम्बर १० हडियालाई ३–१ गोल अन्तरले पराजित गर्दे वडा नम्बर ४ बसहाले उपाधी जितेको हो । खेलको शुरुवातमै आत्मघाती गोल गरेर स्तभब्ध भएको हडियाको टिम सम्हालिएर खेल्न नसक्दा पराजय बेर्होन बाध्य भएको छ । खेलको ४ मिनेट मै हडियाका जर्सी नम्बर १२ का शेखरमणि राउतले कर्नर बचाउनेक्रममा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । एक गोलले पछि परेको हडिया त्यसपछि भने लय समाउन सकेन । खेलको १८ औं मिनेटमा बसहाका जर्सी नम्बर ७ का प्रदिप कार्कीले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारेका थिए । खेलको २५ औं मिनेटमा हडियाका जर्सी नम्बर ११ का विनोद केसीले एक गोल फर्क...


